chure pahad

सिन्धुली—चैत ५ ।

सिन्धुलीको सीमा क्षेत्रस्थित चुरे पहाड शृङ्खलामा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

सिन्धुलीसहित धनुषा, सिरहा, सर्लाही र महोत्तरीका सिमाक्षेत्रस्थित चुरे पहाड शङ्खलामा आइतबारदेखि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो ।

यहाँका सरकारी तथा सामुदायिक वनमा लागेको डढेलोका कारण ठूलो क्षति पुगेको छ । डढेलोको कारण त्यस क्षेत्रका वन, वनस्पति र वन्यजन्तुको विनास भइरहेको छ ।

साल जातको काठको भण्डार मानिने चुरे पहाडमा लागेको डढेलो नियन्त्रण गर्न चुरेवन आसपासका सामुदायिक वन उपभोक्ता समूह, डिभिजन कार्यालय र वन कार्यालयहरुले समेत प्रभावकारी कदम चाल्न सकेका छैनन् ।

(ईमेज खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here