आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

‘विप्लव’ नेतृत्वका १७ कार्यकर्ता रिहा

‘विप्लव’ नेतृत्वका १७ कार्यकर्ता रिहा

अपराध, समाचार, समाज
सिन्धुपाल्चोक— चैत्र १४ । प्रहरीले फागुन १७ गते साँगाचोकको कार्कीटारबाट पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा का १७ कार्यकर्तालाई जिल्ला अदालत सिन्धुपाल्चोकले थुनामुक्त गर्न आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश टिकाराम आचार्यको इजलासले उनीहरुमध्ये केहीलाई धरौटीमा र केहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयले राजद्रोह मुद्दा लगाएका १७ जनालाई मुद्दाको पुर्पक्षको लागि धरौटी र सामान्य तारेखमा अदालतले रिहा गर्न आदेश दिएको हो । उनीहरुमध्ये तीन जना किशोरीलाई साधारण तारेखमा रिहा गरिएको छ । सुनसरीकी १७ वर्षीय हीरा केसी, सुनसरीकै १७ वर्षीय सविना श्रेष्ठ र जाजरकोटकी १८ वर्षीय रमिता अधिकारीलाई नाबालिग भएका कारण साधारण तारेखमा रिहा गर्न आदेश गरिएको छ । त्यस्तै पार्टीका जिल्ला तहका नेता सिन्धुपाल्चोक बलेफी–४ का इन्द्रबहादुर ठकुरीलाई २५ हजार रुपैय...
सिरहाको कर्जन्हामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिरहाको कर्जन्हामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

समाचार, समाज
लहान— चैत्र १४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त ३७७७ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुर निवासी २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार कर्जन्हा नगरपलिका–१० निवासी १७ वर्षीय मो इरफान शेख घाइते भएका छन् । घाइते शेखको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । (रासस)...
उदयपुरमा श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमानलाई तीन बर्ष कैद

उदयपुरमा श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमानलाई तीन बर्ष कैद

अपराध, समाचार, समाज
उदयपुर— चैत्र १३ । एक श्रीमानले श्रीमतीलाइलाई बलात्कार गरेको अभियोगमा उदयपुर जिल्ला अदालतले तीन बर्ष कैद सजायको फैसला गरेको छ । मुलुकी ऐन जबर्जस्ती करणीको महल ३ (६) मुलुकी अपराधऐन२०७४ को २१९ कोउपदफा ४ मा ब्यबस्था भय बमोजीम ३बर्ष कैदको फैसला जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्माको इजलासले ४५ बर्षिय एक जनालाई सुनाएको हो । ३८ बर्षीया पत्नीलाई इच्छा विरुद्ध करणी गरेको कसुर ठहर गरेको हो । २०७५ साल साउन २१ गते आफ्नी श्रीमतीको ईच्छा विरुद्ध पटक पटक करणी गरेको र ७ बर्षीया छोरीलाई समेत यौन दुर्व्यवहर गरेको भन्दै २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यलय उदयपुरमा जाहेरी परेको थियो । आरोपितलाई प्रहरीले ५ गते नै पक्राउ परी अनुसन्धान थालेको थियो । आमा–छोरी दुबैलाइ स्वास्थ्य परिक्षण गरेको थियो । कसुरदारलाइलाई भदौ ३१ गते नै पुर्पक्षका लागि थुनामा राख्ने निर्णय दिएको थियो । छोरीको बिषयमा भन...
शिक्षक नै खोस्छन् छात्राको प्याड

शिक्षक नै खोस्छन् छात्राको प्याड

शिक्षा, समाचार, समाज
काठमाडौँ — चैत्र १३ । पञ्चदेवल विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारो पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो । ‘परिवारबाट टाढा हुँदा मनमा चिन्ता लागेको छ,’ उनले भनिन्, ‘खर्च जुटाउन पनि निकै अप्ठ्यारो भयो । ऋण गरेर आमाले ७ हजार जुटाइदिनुभयो र परीक्षा दिन आएँ ।’ परीक्षाका बेला महिनावारी हुने डर कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस्नुपर्दा महिनावारी भए कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले सुरुदेखि नै सताएको थियो । आखिर जे डर थियो, त्यही भयो । ‘परीक्षा सुरु भएको १५ मिनेटमै म महिनावारी भएँ । प्याड खल्तीमा बोकेरै लगेकी थिएँ ।...
‘एक घर, एक धारा’ जडानको अभियानपछि सेनाद्वारा सार्वजनिकस्थलमा धारा निर्माण, पर्यटकलाई सहज

‘एक घर, एक धारा’ जडानको अभियानपछि सेनाद्वारा सार्वजनिकस्थलमा धारा निर्माण, पर्यटकलाई सहज

समाचार, समाज
पाल्पा— चैत्र १३ । ‘एक घर, एक धारा’ जडानको अभियान सञ्चालनपछि सार्वजनिकस्थलमा खानेपानी समस्या खेप्न बाध्य भएका पर्यटकका लागि नेपाली सेनाले जिल्ला सदरमुकाम तानसेनमा सार्वजनिक धारा निर्माण गरेको छ । गोरखदल गणले करीब दुई महिनामा दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेको हो । नेपाली सेनाको तानसेनस्थित गोरखदल गणले तानसेनस्थित पाल्पा दरबार सङ्हग्रालय नजिकै टुँडिखेलमा ठूलो क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेसँगै मिनरल बोतलको महङ्गो पानी किनेर पिउनुपर्ने बाध्यता हटेको हो । पाल्पाको तानसेन पर्यटकीय नगरीका रूपमा रहेकाले पर्यटकको आवतजावत भइरहने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नेपाली सेनाले दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेपछि खानेपानीका लागि सहज भएको हो । गोरखदल गणका गणपति सुरज थापाले खानेपानी ट्याङ्की उद्घाटन गर्दै ट्याङ्की निर्माणले से...
मौसम बदलीसँगै देशका अधिकांश भू–भागमा हल्का वर्षाको सम्भावना

मौसम बदलीसँगै देशका अधिकांश भू–भागमा हल्का वर्षाको सम्भावना

समाचार, समाज
काठमाडौँ —चैत ११ । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार दिउँसो पश्चिमी क्षेत्रमा यसको प्रभाव देखिन्छ र बेलुकी पखबाट मध्य र पूर्वी भू–भागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रि–मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुने बताइएको छ । राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महा...
आइतबारदेखि एसईई परीक्षा सञ्चालन हुने, सम्पूर्ण तयारी पूरा

आइतबारदेखि एसईई परीक्षा सञ्चालन हुने, सम्पूर्ण तयारी पूरा

शिक्षा, समाचार, समाज
काठमाडौँ —चैत ८ । आइतबारदेखि सञ्चालन हुने यस वर्षको विद्यालयस्तरीय एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा सञ्चालन परीक्षा नियन्त्रण कार्यलयले गरे पनि आवश्यक खर्च, अनुगमन र जनशक्तिको व्यवस्थापन भने यस वर्षदेखि प्रदेश सरकारले गर्दैछ । एसईई परीक्षामा ४ लाख ७५ हजार विद्यार्थी सामेल हुँदैछन्, जसमा २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा छन् । यस्तै एक्जाम्टेडतर्फ १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको सम्पूर्ण विवरण अनलाईनमार्फत राख्ने प्रणाली सुरु गरेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । परीक्षाका लागि देशभर १ हजार ९६९ वटा परीक्षा केन्द्र छुट्याईएको छ । काठमाडौमा यस वर्ष १६ केन्द्र थपिएको छ । एउटा परीक्षा केन्द्रमा ४ सय भन्दा बढी विद्यार्थ...
आफ्नो जिम्मेवारीप्रति सजग छाैँ : सेना

आफ्नो जिम्मेवारीप्रति सजग छाैँ : सेना

समाचार, समाज
काठमाडौँ —चैत ७ । आधिकारीक श्रोतले दिएको औपचारिक सूचनाबाहेक श्रोतको हवला दिँदै केही सञ्चार माध्यमहरुमा प्रकाशित समाचारकाे सेनाले बिहीबार विज्ञप्तिमार्फत खण्डन गरेकाे छ । सेनासम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरु प्रति सेनाको ध्यानाकर्षण भएको भन्दै खण्डन गरेकाे हाे । सेना नेपालको संविधान, सैनिक ऐन र सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकाले सेना आफ्नो जिम्मेवारीप्रति सजग छाैँ । सोही मान्यतामा सेना सदैव अडिग रहेको विज्ञप्तिमा भनिएकाे छ । अहिले सेना पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यमा केन्द्रीत भएकाले यस्ता समाचारकाे भ्रममा नपर्न विज्ञप्तिमार्फत आग्रह गरेकाे छ । (नयाँ पत्रिका)...
काभ्रेमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहानको समाचार आधारहीन

काभ्रेमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहानको समाचार आधारहीन

अपराध, समाचार, समाज
काठमाडौँ —चैत ७ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको समाचार आधारहीन भएको जनाएको छ । पार्टीका मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रहरी आफैले एकतर्फी गोली चलाएर संगठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामाङ, नुमबाहदुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको उल्लेख छ । विज्ञप्तिमा आफ्नो आन्दोलन पुँजीवादीसँग भएको भन्दै अहिले प्रहरी तथा सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना नभएको स्पष्ट पारेको छ । बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारीहरू रहेको तर सेना, प्रहरी वा कुनै पनि सुरक्षा निकाय लक्षित आक्रमण गर्ने नीति नभएको स्पष्ट पारेको छ । (नयाँ पत्रिका)...
सरकारलाई महिला हिंसाविरुद्ध एम्नेस्टी नेपालले बुझायो २३ हजारभन्दा बढी पत्र

सरकारलाई महिला हिंसाविरुद्ध एम्नेस्टी नेपालले बुझायो २३ हजारभन्दा बढी पत्र

समाचार, समाज
काठमाडौँ —चैत ७ । विश्व मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाले नेपाल सरकारलाई २३ हजारभन्दा बढी पत्र हस्तान्तरण गरेको छ । पत्रलेखनकै माध्यमबाट जोखिमपूर्ण अवस्थामा रहेका मानिसको मानवअधिकार रक्षाका लागि कार्यरत् एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाले नेपालमा बढ्दो महिला हिंसा रोक्न माग गर्दै उक्त पत्रहरु नेपाल सरकारअन्तर्गत्को गृह मन्त्रालयमा बुझाएको हो । महिला हिंसा अन्त्यका लागि ठोस उपायहरूको माग राख्दै २३ हजार २४७ पत्र गृह मन्त्रालयलाई बुझाएको एम्नेस्टी नेपालले जनाएको हो । ती पत्र एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूले एम्नेस्टी इन्टरनेसनलको सन् २०१८ को २९ नोभेम्बर देखि २० डिसेम्बरसम्म चलेको विश्वव्यापी पत्रलेखन कार्यक्रम ‘राइट फर राइट्स’ अभियानकाक्रममा संकलन गरेका थिए । पत्रहरूमा स्थायी सरकार बनेको परिवर्तित राजनीतिक सन्दर्भमा पनि नेपालमा बढ्दो म...