आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

भ्रष्टाचार आरोपमा चाबहिल मालपोत कार्यालयका कार्यालय सहयोगी बस्नेतविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा चाबहिल मालपोत कार्यालयका कार्यालय सहयोगी बस्नेतविरुद्ध मुद्दा दायर

अपराध, समाचार, समाज
काठमाडौं, पुस- १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार जग्गा दाखिला खारेज गर्दा नियमानुसार लाग्ने दस्तुर सनिश मिश्रको नाममा काटेको तर राजश्व खातामा भने जम्मा नगरी रु पाँच लाख ६८ हजार २०८ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । एकै आर्थिक वर्षमा एउटै नम्बरको फरक–फरक रसिद भेटिएको छ । बस्नेतले काटेको रसिद नम्बर २१९७४ वि.सं. २०७३ असार २६ र वि.सं. २०७२ फागुन १६ गतेको रसिद एउटै देखिएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । एउटै रसिद काटी राजश्वमा दाखिला गर्नुपर्ने रकमसमेत उपलब्ध नगराएकाले बिगो असुल गरी कारबाहीको माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रासस...
समाजसेवी रन्जिता गुरुङद्वारा बोल्न नसक्नेलाई घर प्रदान, माओवादी द्वन्द्वपीडित बालबालिकालाई आर्थिक सहयोग

समाजसेवी रन्जिता गुरुङद्वारा बोल्न नसक्नेलाई घर प्रदान, माओवादी द्वन्द्वपीडित बालबालिकालाई आर्थिक सहयोग

समाचार, समाज
काठमाडौं, पुस- १७ । समाजसेवी रन्जिता गुरुङले आफनो जन्मदिनको अवसरमा द्वन्द्वपीडित बालबालिकाहरूको संस्थालाई नगद प्रदान गर्नुका साथै एकजना कान नसुन्ने बहिरा व्यक्तिलाई घर बनाइदिएकी छिन । काठमाडौंको दरबारमार्गमा आइतबार राति भएको विशेष कार्यक्रममा समाजसेवी गुरुङले सर्लाही जिल्लामा रहेको माओवादी द्वन्द्वपीडित बालबालिकाहरूको संस्थालाई पच्चीस हजार नगद प्रदान गरेकी हुन । कार्यक्रममा सहभागी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेमार्फत रन्जिताले चेक संस्थालाई हस्तान्तर गरेकी थिइन । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता ऋषि पुरीको पनि सहभागिता रहेको थियो । उनले बालबालिकाहरूको संस्थालाई नदग चेक हस्तान्तरण गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका युवा नेता निशान थापा मगरले जनाए । सोही कार्यक्रममा पोखराका समाजस...
तनहुँमा मोटरसाइकल दुर्घटनामा युवतीको मुत्यु

तनहुँमा मोटरसाइकल दुर्घटनामा युवतीको मुत्यु

समाचार, समाज
दमौलीपुस- १५। पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको म्याग्देमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । म्याग्दे–२ गुणादीकी १८ वर्षीया प्रमिसा मगरको पोखराबाट दमौली तर्फ आउँदै गरेको मोटरसाइकल अनिन्त्रित भई सडकमा पल्टिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ । ग १ ख ६५७७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल अनिन्त्रित भई सडकमा पल्टिदा मोटर साइकलको पछाडि सवार मगरको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक व्यास–११ का १९ वर्षीय मदन अधिकारी कास्की प्रहरीको नियन्त्रणमा रहेका छन् ।...
अर्घाखाँची, मालारानी गाउँपालिका २, का वडाध्यक्ष १३ दिनदेखि बेपत्ता

अर्घाखाँची, मालारानी गाउँपालिका २, का वडाध्यक्ष १३ दिनदेखि बेपत्ता

समाचार, समाज
अर्घाखाँची, पुस- १५। मालारानी गाउँपालिका २, का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) १३ दिनदेखि सम्पर्कविहीन छन । पुस २ गते घरबाट खाना खाएपछि परिवारलाई लु १ ब १७४५ नम्बरकोमोटरसाइकल मर्मत गर्न जनाएर सदरमुकाम सन्धिखर्क गएका थिए । मोटरसाइकल मर्मत पसलमा छाडेर शान्तिबगैंचाबाट बस चढेर गोरुसिंगे पुगेका थिए । उनी त्यहाँ ओर्लिएपछि कता गएअहिलेसम्म अत्तोपत्तो छैन । लु१ख ७१६० नम्बरको बसका चालक सन्तोष भुसालले दाङ जाने गाडी भए पनि यात्रु थोरै भएकाले सबैलाई गोरुसिंगेमा ओरालेको बताए । विनोद सिटमा बसेर त्यहाँसम्म पुगेका थिए । ‘त्यसपछि कता गए मैले देखिनँ,’ उनले भने ।’ उनले मोबाइल बसमै छाडेका थिए । उनी महेन्द्र राजमार्ग पुगेको केही समयपछि मोबाइलमा घण्टीबज्यो । ‘मैले सहचालकलाई उठाउन भने,’ बस चालक भुसालले भने, ‘उहाँकी श्रीमतीले फोन गर्नुभएको रहेछ ।’ आफूले उक्त मोबाइल घरमा पुर्‍याइदिएको उनले बताए । ...
वेभ सर्बरका संचालक सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोड ठगीको मुद्दा दायर हुने

वेभ सर्बरका संचालक सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोड ठगीको मुद्दा दायर हुने

अपराध, समाचार, समाज
काठमाडौं, पुस- १५। नेपालमा विदेशी लगानी भित्र्याएर लगानीकर्तालाई ठगी गरेको अभियोगमा पक्राउ परेका वेभ सर्वरका संचालकमाथि ३२ करोड मागदाबी सहित मुद्दा चल्ने भएको छ। काठमाडौं प्रहरी परिसरले अभियुक्त सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोडको मागदाबीसहित मुद्दा चलाउने तयारी गरिरहेको जनाएको छ। क्षेत्री ठगी गरेको अभियोगमा पक्राउ परे पनि उनका दाजुहरु सुमन क्षेत्री र शैलेन्द्र क्षेत्री फरार अझैसम्म फरार छन्। वेलायतका दिनेश विमलनाथनसँग नेपालको इन्टरनेट र आइटीमा लगानी गर्ने भन्दै १७ वर्ष अघि क्षेत्री दाजुभाइले साढे २ करोड रकम नेपाल भित्र्याएका थिए। क्षेत्री दाजुभाइले विमलनाथनलाई सेयरको नक्कली प्रमाणपत्र समेत दिएका थिए। उनीहरुले विमलनाथनसंगै मलेसियन नागरिक शशिधरणको ६ करोड रकम समेत नेपाल भित्र्याएका थिए। मलेसियन नागरिक समेत आफू ठगिए थाह पाएपछि प्रहरीमा पुगेका थिए। क्षेत्री दाजुभाइको मुद्दा उच...
सुन सफा गरिदिने निहुँमा ठगी गर्ने ६ जना भारतीय नागरिक पक्राउ

सुन सफा गरिदिने निहुँमा ठगी गर्ने ६ जना भारतीय नागरिक पक्राउ

अपराध, समाचार, समाज
भोजपुर, पुस-१३ । भोजपुरमा ठगी गर्दै हिँड्ने ६ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेले जानकारी दिए । पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश साह, जितेन्द्र साह, शरणकुमार साह, रवीन्द्र साह, रमेश कुमार र राकेशकुमार रहेको प्रमुख थेवेले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई बिहीबार भोजपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ । (रासस)...
राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको पिताको निधन

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको पिताको निधन

समाचार, समाज
काठमाडौं, पुस १३ । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ । उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित उपचारमा थिए । केही दिनयता अलि असहज महसुस गर्दैआएका राई गए राति शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए । विसं २००४ साल असोजमा जन्मिएका स्वर्गीय राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्तपछि सामाजिक सेवामा संलग्न थिए । आदर्श र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्व राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत भएका थिए । पिताको निधनको खबर सुनेलगत्तै ललितपुर तिखिदेवलमा बस्दै आएका व्याकुल माइला र उनकी धर्मपत्नी नानुकला राई शुक्रबार बिहानै...
चितवनको भरतपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु

चितवनको भरतपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु

अपराध, समाचार, समाज
चितवन, पुस- १३ । आज बिहान ७ः३० बजे चितवनको भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साइकलयात्री चौधरीलाई आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना७ख १३९४ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।...
धरहरा पुनःनिर्माणको शिलान्यास गरियो, अब छिट्टै धरहराको टुप्पोबाट काठमाडौं हेर्न पाइन्छ- प्रधानमन्त्री ओली

धरहरा पुनःनिर्माणको शिलान्यास गरियो, अब छिट्टै धरहराको टुप्पोबाट काठमाडौं हेर्न पाइन्छ- प्रधानमन्त्री ओली

समाचार, समाज
२०७२ वैशाखमा आएको शक्तिशाली भूकम्पका कारण क्षतिग्रस्त भएको धरहराको बाँकी भागलाई भूकम्प स्मारकको रूपमा संरक्षण गर्दै सोही परिसरमा नयाँ धरहरा पुनर्निर्माणको शिलान्यास गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन्। सो शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल,गृहमन्त्री रामबहादुर थापा रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरू, नेताहरू उपस्थित थिए। गजुरसहितको बन्ने नयाँ धरहरा २२ तले हुनेछ। यसको उचाइ करिब ७७ मिटर हुनेछ। भुइँचालोले भत्काएको धरहरा ९ तले थियो। नयाँ धरहरा पुरानोभन्दा शहिदगेटतिर १० मिटर अगाडितर्फ बन्नेछ। नयाँ बन्ने धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै भएपनि मोटाइ भने पहिलेको भन्दा बढी हुनेछ। ४२ रोपनी फैलने धरहरा नजिकै सङ्ग्रहालयसँगै मनोरम बगैंचासमेत निर्माण गरिने छ। धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ ...
इलाममा एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ

इलाममा एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ

अपराध, समाचार, समाज
इलाम, पुस- १२ । इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुधबारे निवासी २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । यसैगरी जिल्ला अस्पताल इलाममा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले माईजोगमाई गापा–४ की सामना लिम्बू र इलाम नगरपालिका–९ का २२ वर्षीय राजन राईलाई पक्राउ गरेको छ । ड्यूटीमा रहेका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले उनीहरूलाई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा ...