दमौलीपुस- १५।

पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको म्याग्देमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

म्याग्दे–२ गुणादीकी १८ वर्षीया प्रमिसा मगरको पोखराबाट दमौली तर्फ आउँदै गरेको मोटरसाइकल अनिन्त्रित भई सडकमा पल्टिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

ग १ ख ६५७७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल अनिन्त्रित भई सडकमा पल्टिदा मोटर साइकलको पछाडि सवार मगरको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक व्यास–११ का १९ वर्षीय मदन अधिकारी कास्की प्रहरीको नियन्त्रणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here