आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाजसेवी रन्जिता गुरुङद्वारा बोल्न नसक्नेलाई घर प्रदान, माओवादी द्वन्द्वपीडित बालबालिकालाई आर्थिक सहयोग

काठमाडौं, पुस- १७ ।

समाजसेवी रन्जिता गुरुङले आफनो जन्मदिनको अवसरमा द्वन्द्वपीडित बालबालिकाहरूको संस्थालाई नगद प्रदान गर्नुका साथै एकजना कान नसुन्ने बहिरा व्यक्तिलाई घर बनाइदिएकी छिन ।

काठमाडौंको दरबारमार्गमा आइतबार राति भएको विशेष कार्यक्रममा समाजसेवी गुरुङले सर्लाही जिल्लामा रहेको माओवादी द्वन्द्वपीडित बालबालिकाहरूको संस्थालाई पच्चीस हजार नगद प्रदान गरेकी हुन ।

कार्यक्रममा सहभागी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेमार्फत रन्जिताले चेक संस्थालाई हस्तान्तर गरेकी थिइन । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता ऋषि पुरीको पनि सहभागिता रहेको थियो ।

उनले बालबालिकाहरूको संस्थालाई नदग चेक हस्तान्तरण गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका युवा नेता निशान थापा मगरले जनाए ।

सोही कार्यक्रममा पोखराका समाजसेवी राजेन्द्र गोतामेले पनि पचास हजारको चेक बालबालिकाको संस्थालाई हस्तान्तर गरेका थिए ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ११ गणेशस्थानमा बस्दै आएका भीमबहादुर खत्रीलाई रन्जिता गुरुङले घर बनाइ दिएकी छिन ।

आफनै सहयोगमा रन्जिताले बोल्न नसक्ने भीमबहादुरलाई घर बनाइदिएकी हुन । एक हप्तापछि घर हस्तान्तर कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *