आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

प्रा.डा.गोविन्द केसीको अनशन दोस्रो दिन पनि जारी

प्रा.डा.गोविन्द केसीको अनशन दोस्रो दिन पनि जारी

समाचार, समाज, स्वास्थ्य
इलाम, पुस- २६ । बुधबारदेखि प्रा.डा. गोविन्द केसीले सुरु गरेको १६औं चरणको सत्याग्रह आज दोस्रो दिनपनि जारी छ । बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी इलाम सदरमुकामस्थित फूलगाछीमा प्रा.डा. केसीले अनशन सुरु गरेका थिए । सरकारले आफूसित साउन १० गते गरेको सहमति पालना नगरेको भन्दै उनले सरकारसँग भएको सम्झौतालाई अक्षरशः पालना गर्दै तत्काल चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने माग राख्दै उनी अनशन बसेका छन । अनशनको तयारीका लागि डा. केसी मंगलबार इलाम पुगेका थिए । अत्याधिक चिसोका कारण इलाममा मानिसहरुको चहलपल न्यून रहे पनि शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय इलामको पुरानो कार्यालय फूलगाछीमा उनले सत्याग्रह शुरु गरेका छन ।...
देशभरीनै मौसममा उतारचढाव जारी, काठमाडौंको तापक्रममा वृद्धि

देशभरीनै मौसममा उतारचढाव जारी, काठमाडौंको तापक्रममा वृद्धि

समाचार, समाज
काठमाडौं, पुस-२५ । काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेदीले जानकारी दिए । माघ महीना आउन बाँकी नैे रहेकाले उपत्यकाको मौसममा अझै केही दिन उतारचढाव आउने छ’’ उनले भने । उच्च हिमाली भेगका कही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । मध्य र पूर्वी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको म...
भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

समाचार, समाज
काठमाडौं, पुस-२५ । गएराति भक्तपुरको सुर्यविनायक नगरपालिका–५ सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति गम्भिर घाइते भएका छन् । दुर्घटनामा परि भक्तपुरको चाँगुनारायण बस्ने २९ वर्षीय शहिद तामाङको मृत्यु भएको हो । उनको उपचारको क्रममा डा ईवामुरा अस्पताल सल्लाघारीमा गएराति सवा १ बजे मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका मोटरसाइकल पछाडी सवार २७ वर्षीय शेखबहादुर तामाङको भने सोही अस्पतालमा उपचार भैरहेको छ । गएराति साढे १२ बजे सल्लाघारी चोक नजिकै तामाङद्वय सवार बा९४प ७१७४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो ।...
छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु

छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु

समाचार, समाज
काठमाडौं, पुस-२५ । बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । उनका अनुसार आमा र दुई छोरा सुतिरहेको बेलामा राति आगोे सल्केर उनीहरुको मृत्यु भएको हो । आमा र दुई बालक मृतावस्थामा फेला परेको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी घटनास्थल पुगेको थियो । मृतक बोहराका श्रीमान् विदेशमा नोकरीको लागि गएका छन् । (रासस)...
फेसबुकमार्फत चिनजान गरी जागिर लगाइदिन्छु भन्दै बोलाएर ४ दिन जबर्जस्ती बलात्कार !

फेसबुकमार्फत चिनजान गरी जागिर लगाइदिन्छु भन्दै बोलाएर ४ दिन जबर्जस्ती बलात्कार !

अपराध, समाचार, समाज
काठमाडौं, पुस-२५ । ईलाका प्रहरी कार्यालय ईटहरीले जबरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ईहटरी उपमहानगरपालिका–१० का २३ बर्षीय रमेश राईलाई पक्राउ गरिएको हो । प्रहरीले दिएको जानकारी अनुसार राईले फेसबुकमार्फत चिनजान भएकी भोजपुर पावादुम्बाकी एक ३५ बर्षीया महिलालाई जागिर लगाई दिन्छु भनी गत २० गते धरान बोलाएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा धरानमा भेटघाट गरी ईटहरी ल्याएर एक होटलमा राखी २० गतेदेखि २४ गतेसम्म ज्यान मार्ने धम्की दिँदै उनले ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । पीडित महिलाको जाहेरीका आधारमा निज राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
विचौलियाविरुद्द शुष्मा महराको नेतृत्वमा गठित काठमाडौं मल समन्वय समितिको अपिल

विचौलियाविरुद्द शुष्मा महराको नेतृत्वमा गठित काठमाडौं मल समन्वय समितिको अपिल

अपराध, समाचार, समाज
काठमाडौं, पुस-२५ । राजधानीको मुख्य भागमा रहेको काठमाडौं मल २०६२ सालदेखि सञ्चालनमा आएको हो । नेपाल सरकार सञ्चय कोषको लगानीमा निर्मित भवनलाई प्रख्यात व्यापारिक केन्द्र बनाउन यस मलमा व्यवसाय गरिरहेकाहरुको महत्वपूर्ण योगदान छ । तर, मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको छ । यसले व्यवसायी सधैं समस्यामा पर्ने गरेका छन् । सरकारको भवनको लाभ यो मलमा पसिना बगाइरहेका व्यवसायी र सरकारलाई नभइ विचौलियाले लिँदै आइरहेका छन् । मल एउटा भवन मात्रै नभइ व्यवसायिक केन्द्र पनि भएकाले यसको आफ्नै प्रतिष्ठा छ । जुन सिधा यहाँ व्यवसाय गरिरहेका ३ सय व्यवसायीहरुसँग जोडिन्छ । उनीहरुले आफ्नो व्यवसायलाई नाफामुखी मात्रै नभइ सेवामुखी समेत बनाएकाले नै एउटा भवन आज आमजनको विश्वासिलो किनमेल केन्द्रका रुपमा सुपरिचित छ । व्यवासाय क्षणिक लाभका लागि मात्रै गरिँदैन । दीर्घका...
राजधानीमा जथाभावी पार्किङ गरिएका चार पाङ्ग्रे सवारी साधनमा ट्राफिक प्रहरीले धमाधम ‘ह्विल लक’ लगाउदै

राजधानीमा जथाभावी पार्किङ गरिएका चार पाङ्ग्रे सवारी साधनमा ट्राफिक प्रहरीले धमाधम ‘ह्विल लक’ लगाउदै

समाचार, समाज
काठमाडौं, पुस- २४ ट्राफिक प्रहरीले राजधानीमा हुने अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न चारपाङ्ग्रे सवारी साधनमा लगाउँदै आएको 'ह्विल लक'लाई थप व्यवस्थित बनाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधित स्थान र समयमा पार्किङ गरिएका सवारी साधनमा ‘ह्विल लक’ लगाउने अभियान केही दिनदेखि सुरु गरेको छ । कुन कार्यालय र कसले ह्विल लक लगाएको हो भन्ने विस्तृत विवरणसहित सम्बन्धित सवारी साधनमा आजबाट स्टिकर टाँस्न थालिएको छ । यसअघी ह्विल लक लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने अन्योल बढ्ने गरेको थियो । त्यसैले जथाभावी पार्किङ गर्ने सवारी साधनको नम्बर, ठाउँ, मिति र समय पनि स्टिकरमा उल्लेख गरिएको महाशाखाले बताएको छ । ह्विल लक खुलाउनको निम्ति स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बरमा वा ट्राफिक प्रहरी...
जाडोको समयमा हिटर पड्किएर हुने आगोलागीको संख्या बढ्दो, सावधानी अपनाउन आग्रह

जाडोको समयमा हिटर पड्किएर हुने आगोलागीको संख्या बढ्दो, सावधानी अपनाउन आग्रह

समाचार, समाज
काठमाडौं, पुस- २४ जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले ग्यासजडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौं, कलंकीका इन्जिनियर दम्पतीको ज्यान गएको घटना सेलाउन नपाउँदै मंगलबार बिहानमात्रै काठमाडौंको टोखामा हिटर पड्किएर आगोलागी भएको छ । टोखा नगरपालिका–११ भण्डारीटोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगोलागी हुँदा लत्ताकपडा, टीभी, ग्यास चुलोलगायत सामग्री जल्दा करिब रु दुई लाख बराबरको मालसामान नस्ट भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन । रासस...
खुर्पा प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

खुर्पा प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

अपराध, समाचार, समाज
पाल्पा, पुस- २४ । पाल्पा जिल्लाको रामपुरमा छिमेकीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका–४ का ५५ बर्षिय भलबहादुर कुमालको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ३६ वर्षिय मनोज थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ । थापाले सामान्य विवादमा खुर्पा प्रहार गरी कुमालको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मृतक कुमालकी श्रीमती र ५ छोरा रहेका छन् ।...
१३ वर्षीया बालिका निर्मला पन्तको न्यायको निम्ति झिनो आशा

१३ वर्षीया बालिका निर्मला पन्तको न्यायको निम्ति झिनो आशा

अपराध, समाचार, समाज
काठमाडौं, पुस– २३ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको पाँच महिना बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । हत्याको छानबिन गर्न सरकारले बनाएका कुनैपनि समितिले दोषी पत्ता लगाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अब त्यसको जिम्मेवारी आफैंले लिने उद्घोष गरेका छन् । योसँगै निर्मलाले न्याय पाउने झिनो आशा त पलाएको छ तर त्यसका लागि कति समय लाग्छ भन्ने अझै टुंगो लागेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नेक्रममा राखेको भनाइले निर्मला पन्त हत्याकान्डलाई फेरिपनि झक्झकाएको छ । निर्मलाको हत्याकान्डको विषयलाई सरकारले छानबिन गर्न नसकेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले त्यसको जिम्मा सरकारको भएको भन्दै अनावश्यक हल्ला गर्नुको औचित्य नभएको बताए । निर्मलाकोमात्र होइन, जुनसुकै घटनाको छानबिन गर्ने जिम्मेवारी पनि सरका...