rape

काठमाडौं, पुस-२५ ।

ईलाका प्रहरी कार्यालय ईटहरीले जबरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ईहटरी उपमहानगरपालिका–१० का २३ बर्षीय रमेश राईलाई पक्राउ गरिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार राईले फेसबुकमार्फत चिनजान भएकी भोजपुर पावादुम्बाकी एक ३५ बर्षीया महिलालाई जागिर लगाई दिन्छु भनी गत २० गते धरान बोलाएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा धरानमा भेटघाट गरी ईटहरी ल्याएर एक होटलमा राखी २० गतेदेखि २४ गतेसम्म ज्यान मार्ने धम्की दिँदै उनले ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

पीडित महिलाको जाहेरीका आधारमा निज राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here