काठमाडौं, पुस-२५ ।

गएराति भक्तपुरको सुर्यविनायक नगरपालिका–५ सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा परि भक्तपुरको चाँगुनारायण बस्ने २९ वर्षीय शहिद तामाङको मृत्यु भएको हो । उनको उपचारको क्रममा डा ईवामुरा अस्पताल सल्लाघारीमा गएराति सवा १ बजे मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका मोटरसाइकल पछाडी सवार २७ वर्षीय शेखबहादुर तामाङको भने सोही अस्पतालमा उपचार भैरहेको छ ।

गएराति साढे १२ बजे सल्लाघारी चोक नजिकै तामाङद्वय सवार बा९४प ७१७४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here