आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

भारतमा १० किलो चरेससहित नेपाली नागरीक पक्राउ

भारतमा १० किलो चरेससहित नेपाली नागरीक पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुष-०२। छिमेकी राष्ट्र भारतको सिद्धार्थनगर जिल्लमा १० किलो चरेससहित एक नेपाली नागरीक पक्राउ परेका छन् । भारतिय एसएसबीका जवानहरुले गस्ती गर्ने क्रममा आईतबार दिउँसो विशेष सूचनाको आधारमा महादेव बुजुर्ग रेलवे स्टेशनमा चेकजाँचको क्रममा उनको झोलाबाट १० किलो चरेस बरामद भएको जनाएको छ । बरामद भएको चरेसको अनुमानित मूल्य अन्तर्राष्ट्रीय बजारमा २ करोड़ रुपैयाँ पर्ने समेत जनाईएको छ । भारतीय एसएसबीका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नो नाम सोमदत्त कोहार र ठेगाना कृष्णनगर नगरपालिका–५ डबरा बताएको जनाएका छन् । ...
मेस्सीको ह्याट्रिकमा लेभान्तेमाथि बार्सिलोनाले फराकिलो जित

मेस्सीको ह्याट्रिकमा लेभान्तेमाथि बार्सिलोनाले फराकिलो जित

खेलकुद, समाचार
काठमाडौं, पुष-०२। लेभान्तेलाई ५–० गोल अन्तरले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई कायम राखेको छ । गएराती भएको खेलमा बार्सीलोनालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गरे । ला लिगामा किर्तीमानी खेलाडी मेस्सीको यो ३१ औं ह्याट्रिक हो । गएराती बार्सीलोनाको जितकोन लागि लुइस सुवारेज र जेरार्ड पिकेले थप एक एक गोल थपे । गएरातीको जितपछि बार्सिलोनाले ३४ अंक बनाउदा दोस्रो स्थानमा रहेको सेभियाको ३१ अंक छ । ...
पर्याप्त स्रोत र साधनको अभावमा महानगरपालिकाले प्रभावकारी काम गर्न सकेन : मुख्यमन्त्री पौडेल

पर्याप्त स्रोत र साधनको अभावमा महानगरपालिकाले प्रभावकारी काम गर्न सकेन : मुख्यमन्त्री पौडेल

राजनीति, समाचार
ललितपुर, पुस २ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहको काम प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् । सोमबार ललितपुर महानगरपालिकाको शतबार्षिकी कार्यक्रम उद्घाटन गर्दै उनले पर्याप्त स्रोत र साधनको अभावमा काम प्रभावकारी रुपमा सन्चालन हुन नसकेको बताए । तीन तहका सरकारबीच राम्रोसंग समन्वय हुन नसक्दा काम गर्न समस्या भएको उनको भनाइ थियो । पौडेलले प्रदेश सरकारले अझै पनि संघीय सरकारको मुख ताक्नु पर्ने अवस्था रहेको भन्दै गुनासो समेत गरे । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जन चाहनाअनुसारको काम हुन नसकेको जनाए । उनले सबै महानगरपलिकाहरुबीच समन्व गरेर अगाडि बढे बिकास निर्माणको कामलाई गति दिन सकिने बताए ।...
सप्तरीको तिलाठीमा आगलागी हुँदा २० लाख मूल्य बराबरको क्षति

सप्तरीको तिलाठीमा आगलागी हुँदा २० लाख मूल्य बराबरको क्षति

समाचार, समाज
राजविराज, पुस २ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीमा सोमबार बिहान आगलागी हुँदा ६ घर जलेर करिव २० लाख मूल्य बराबरको क्षति भएको छ । विजयकुमार रायको गोठमा बालिएको घुरबाट सल्केको आगो फैलिएर उनको घर गोठ जलेर नष्ट हुनका साथै ४ वटा पशु चौपाया समेत जलेर मरेका छन । आगलागीबाट रायका छिमेकीहरु नागेश्वर राय, बब्लु भनिने किसुन राय, अजयकुमार राय, रामचन्द्र राय र अहिल्यदेवी रायको १/१ वटा घर तथा २२ वटा पशु चौपाया, अन्नपात, गरगहना, नगद, लत्ताकपडा, फर्निचर लगायतका सरसमान समेत जलेर नष्ट भएको प्रहरीले जनाए । आगलागी भएको ४ घण्टापछि वारुणयन्त्र, स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ...
फिलिपिन्सकी सुन्दरी क्याट्रिवना ग्रेले जितिन मिस युनिभर्सको उपाधि, नेपालि सुन्दरी मनिता उत्कृष्ट १० मा सिमित

फिलिपिन्सकी सुन्दरी क्याट्रिवना ग्रेले जितिन मिस युनिभर्सको उपाधि, नेपालि सुन्दरी मनिता उत्कृष्ट १० मा सिमित

मनोरन्जन, समाचार
काठमाडौं, पुष-०२। फिलिपिन्सकी सुन्दरी क्याट्रिवना ग्रेले मिस युनिभर्स २०१८ को ताज बाजी मारेकी छिन् । ९३ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त मिस युनिभर्सको उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् । ६७ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरिररहेकी मनिता देवकोटाको यात्रा भने शीर्ष १० मा पुगेर टुङ्गियो । शीर्ष पाँचमा फिलिपिन्स, पुयोर्टो रिको, भियतनाम, दक्षिण अफ्रिका र भेनेजुएलाका सुन्दरी परेका थिए । २४ वर्षे फिलिपिना–अष्ट्रेलियनले दक्षिण अफ्रिकाकी डेमी लिग नेल पिटर्सलाई पछि पार्दैै फिलिपिन्सका लागि ताज दिलाउने चौथो सुन्दरी बनेकी हुन । मिस भेनेजुएला, स्थेफानी गुटियरेजले तेस्रो स्थान हाँसिल गरेकी छिन् ।...
अभिनेता माइकललाई यौनउत्पीडनको आरोप, एलिजाले ९.५ मिलियन क्षतिपूर्ति पाईन

अभिनेता माइकललाई यौनउत्पीडनको आरोप, एलिजाले ९.५ मिलियन क्षतिपूर्ति पाईन

मनोरन्जन, समाचार
काठमाडौं, पुष-०२। हलिवूड अभिनेत्री एलिजा डुस्कुलाई युएस टेलिभिजन नेटवर्क सिबिएसले ९ दशमलव ५ अमेरिकी डलर भुक्तान गरेको छ । प्राइम टाइम नाटक ‘बुल’का मुख्य अभिनेता माइकलमाथि डुस्कुले यौनउत्पीडनको आरोप लगाएकी थिइन् । उनले बताए अनुसार, ‘शोको समयमा माइकलले मलाई अश्लील जोक्स बनाए, जुन सीधा रूपमा मेरो शरीरसँग जोडिएको थियो ।’ सुरुमा त माइकलले उक्त कुरालाई अस्वीकार गर्दै आएका थिए । तर, अहिले भने उनले उक्त कुरा स्वीकार गरिसकेका छन् । तर,अझैपनि आफ्नो जोक यौनसँग सम्बन्धित नभएको उनले दाबी गर्दै आएका छन् । एलिजा डुस्कुले प्रोडक्सन टिमसँग यो कुरा गर्नुभन्दा पहिला माइकलसँग यो मामलामा वार्ता गरेकी थिइन् । तर, सहमति नभएपछि सिबिएसविरुद्ध कानुनी प्रक्रियामा गए पनि उनले आफ्नो अनुबन्धको समय भने पूरा गरिन् । उनलाई क्षतिपूर्ति वापतको रकम प्रोडक्सन हाउसले भुक्तान गरिसकेको छ ।...
दीपिका र राजकुमार एउटै फिल्ममा देखिदै

दीपिका र राजकुमार एउटै फिल्ममा देखिदै

मनोरन्जन, समाचार
काठमाडौं, पुष-०२। नायक राजकुमार राव र नायिका दीपिका पादुकोणलाई एउटै फ्रेममा देख्ने दर्शकको चाहना अब भने पूरा हुने भएको छ । दीपिकाले आफ्नो आउने फिल्ममा राजकुमार रावल्संग खेल्ने पक्का गरेकी छिन् । जुन फिल्मको निर्माण ‘राजी’की निर्देशक मेघना गुलजारले गर्दै छिन् । एसिड आक्रमणको सिकार भएकी लक्ष्मी अग्रवालको बोयोपिकमा यी दुई कलाकार संगसँगै काम गर्न लागेका हुन् । लक्ष्मीमाथि १५ वर्षको कलिलो उमेरमा तेजाब प्रहार भएको थियो । पछि गएर लक्ष्मी एसिड आक्रमणमा परेकाहरूका लागि काम गर्न थालिन् । अर्को महिनाबाट दीपिका र राजकुमारको यस फिल्मको सुटिङ सुरु हुँदै छ । दुवै कलाकारलाई फिल्मको स्क्रिप्ट खुब मन परेको जनाइएको छ । दीपिकाको ‘पद्मावत्’पछिको यो नै पहिलो फिल्म हो भने राजकुमारकोे ‘एक लडकीको देखा तो ऐसा लगा’पछिको फिल्म हो ।...
फिल्म फ्लप भएपछि क्याट्रिनाले दर्शकसंग माफ मागिन

फिल्म फ्लप भएपछि क्याट्रिनाले दर्शकसंग माफ मागिन

मनोरन्जन, समाचार
काठमाडौं, पुष-०२। बलिउड्मा बार्बी गर्लको रुपमा परिचित क्याट्रिना कैफले केही दिनपहिले आफ्नो र रणवीर कपुरको सम्बन्धबारे खुलेर बोलेको थिइन् । त्यसैगरी खुलेर बोल्ने क्रममा अहिले मल्टिस्टार फिल्म ‘ठग्स अफ हिन्दुस्तान’लाई बोलेकी छिन् । यसबारे केही समयअघि आमिर खानले निकै सुन्दर बयान दिएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘हरकोहीले आफ्नो बेस्ट दिएका थियौँ । तर, हाम्रो कोसिस दर्शकको चाहनालाई पूरा गर्न असमर्थ रह्यो ।’ उक्त फिल्ममा बलिउड अभिनेता आमिर खान र अमिताभ बच्चन पहिलोपटक एकैसाथ ठूलो पर्दामा देखिएका थिए । यो फिल्मलाई २०१८ को सबैभन्दा ठूलो फिल्म मानिएको थियो । तर, आमिर खान र अमिताभ अभिनित यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । फिल्म फ्लप हुनुको सम्पूर्ण जिम्मेवारी आमिर खानले आफ्नो काँधमा लिएका थिए । उनले फिल्म फ्लप भएपछि दर्शकसँग माफी समेत मागेका थिए ।...
अमेरिकाले उत्तर कोरियाली अधिकारीविरुद्ध गरेको प्रतिवन्धले अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध चिसिदै

अमेरिकाले उत्तर कोरियाली अधिकारीविरुद्ध गरेको प्रतिवन्धले अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध चिसिदै

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुष-०२। अमेरिकाद्धारा आफ्ना तीन वरिष्ठ सरकारी अधिकारीहरुविरुद्ध लगाएको प्रतिवन्धको उत्तर कोरियाले चर्को रुपमा आलोचना गरेको छ । अमेरिकाको उक्त कदमको प्रतिक्रियास्वरुप उत्तर कोरियाले प्योङयाङको निशस्त्रीकरण अभियानलाई सधैंको लागि बन्द गर्ने चेतावनीसमेत दिएको छ । अमेरिकाले गत सोमबारमात्रै तीन उत्तर कोरियाली अधिकारीविरुद्ध प्रतिबन्ध लागाएको घोषणा भएपछि उत्तर कोरियाको यो चेतावनी आएको हो । गत जनु १२ मा उत्तर कोरियाली शासक किम जोन उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच सिंगापुरमा आणबिक निशस्त्रीकरण गर्नेबारे सहमति भएको जनाइएको छ । अमेरिकाले भने सोही सहमती तोड्ने उत्तर कोरियाको चेतावनीप्रति कुनै प्रतिक्रिया दिएको छैन । अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा पछिल्लो समय सुधार आएको जस्तो देखिएता पनि पछिल्लो समय अमेरिकाले उत्तर कोरियाका अधिकारीहरुमाथि लगाएको प्रतिबन्धपछी स...
देशभर सामान्यदेखि पूर्णतया बदली हुने तथा पूर्वी तथा मध्य क्षेत्रका उच्च पहाडी भेगमा हिमपात हुन सक्ने

देशभर सामान्यदेखि पूर्णतया बदली हुने तथा पूर्वी तथा मध्य क्षेत्रका उच्च पहाडी भेगमा हिमपात हुन सक्ने

समाचार
काठमाडौं, पुष-०२। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको पूर्वी तथा मध्य भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदली हुने जनाएको छ । देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा सोमबार हल्का वर्षा हुने सम्भावना रहेको साथै देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार राति देशभर सामान्यदेखि पूर्णतया बदली हुने तथा देशको पूर्वी एवं मध्य क्षेत्रका केही स्थान, पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा समेत हुनसक्ने सम्भावना रहेको छ । त्यसैगरी, मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रहनुको साथै पश्चिमी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाले जनाए ...