आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

मोदी सरकारको अहमले भारतसँग नेपाल र नेपाली जनता टाढिए : भारतीय कांग्रेस नेता अहमद

मोदी सरकारको अहमले भारतसँग नेपाल र नेपाली जनता टाढिए : भारतीय कांग्रेस नेता अहमद

अन्तराष्ट्रिय, समाचार
नयाँ दिल्ली, पुस ३ । भारतको विपक्षी दल कांग्रेस आइका वरिष्ठ नेता शकील अहमदले मोदी सरकारको अहंकारका कारण भारतसँग नेपाल र नेपाली जनता टाढिएको भन्ने आरोप लगाएका छन् । नेपालमा हालै १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोटमा लगाइएको प्रतिबन्धबारे टिप्पणी गर्दै उनले यसमा मोदी सरकारकै अहंकार नै मुख्य जिम्मेवार रहेको बताए । सोमबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भारत सरकारका अहंकारका कारण नेपालले भारतीय नोटमा प्रतिबन्ध लगाएको हो, यसको समाधानका लागि तत्काल सरकारले पहल गर्न आवश्यक छ ।’ पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका अहमदले ठूला दरका भारतीय नोटमाथि नेपालले लगाएको प्रतिबन्धका कारण सीमा क्षेत्रका नागरिकलाई समस्या भएको जनाए । ‘केन्द्र सरकारको अपरिपक्वता र कुटनीतिक क्षेत्रको खराब सोचका कारण छिमेकी मुलुक नेपालसँग हाम्रो सम्बन्धमा तनाब आएको छ,’ उनले भने, ‘केन्द्र सरकारले नेपाल र...
नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै, प्रधानमन्त्रीले दिए शुभकामना

नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै, प्रधानमन्त्रीले दिए शुभकामना

राजनीति, समाचार
काठमाडौं, पुस-०३ । आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । श्रमको सम्मान, राष्ट्रिय अभियान र सीपयुक्त जनशक्ति र स्वरोजगार: आर्थिक समृद्धिको मूल आधार भन्ने नाराको साथ नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाईंदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आप्रवासन दिवसका अवसरमा शुभकामना दिँदै दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मात्र देशले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । बर्षेनी लाखौं नेपाली युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको दिनको सम्झनामा सन् २००० देखि विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन थालिएको हो । अहिले विश्वका करिव २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहदै आएको कुरा एक तथ्यांकले देखाएको छ । विश्वव्या...
विधान संशोधनको विषयमा नेपाली कांग्रेस महासमिति बैठकमा विवाद

विधान संशोधनको विषयमा नेपाली कांग्रेस महासमिति बैठकमा विवाद

राजनीति, समाचार
काठमाडौं, पुस-०३ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसमा पदाधिकारी बढाउने र त्यसको निर्वाचन पद्दती के हुने भन्ने विषयको विवाद अझै टुंगो लाग्न सकेको छैन । कांग्रेस महासमितिको बैठकको मुख्य एजेन्डा विधान संशोधन गर्ने भए पनि पदाधिकारीका विषय टुंगो लाग्न नसक्दा अहिलेसम्म त्यसको छलफल नै प्रारम्भ भएको छैन । पदाधिकारी बढाउने विभिन्न विकल्पमा छलफल भएपनि अन्तिम सहमति जुट्न नसक्दा बैठकमा विधान संशोधन गर्ने विषयले प्रवेश पाउन नसकेको हो । पदाधिकारी संख्या ८ वा १२ बनाउने भन्ने विषयमा अहिले छलफल भइरहेको तर त्यसको निर्वाचन पद्दतीमा अझै कुरा मिल्न सकेको छैन । सभापति शेरबहादुर देउवा पक्षका नेता मनोनितको संख्या धेरै राख्नुपर्ने पक्षमा छन् भने अन्य पक्षका सबै निर्वाचित हुनुपर्नेमा अडिग छन् । पदाधिकारी विवादसँगै कार्यसमितिको म्यादका सम्बन्धमा समेत नेताहरुबीच कुरा बाझिएको छ । कांग्रेसको वर्तमान ...
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत नक आउट चरणको खेल तालिका सार्वजनिक भयो

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत नक आउट चरणको खेल तालिका सार्वजनिक भयो

खेलकुद, समाचार
काठमाडौं, पुस-०३ । युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक भएको छ । प्रि–क्वाटरफाइनल अर्थात् अन्तिम १६ मा तीन वटा इङ्लिस क्ललबे तीन वटा जर्मन क्लबसँग भिड्ने भएका छन् । इङ्लिश क्लब लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखसँग खेल्दा टोटनह्याम हट्सपरले बोरुसिया डर्टमण्डसँग तथा म्यान्चेस्टर सिटीले शाल्कासँग प्रतिस्पर्धा गर्ने भएको छ । त्यसैगरी अर्को इङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई आफ्नो प्रतिद्वन्द्वीको रुपमा पाएको छ । उता, स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सको लियोसँग भिडन्त पक्का गर्दा साबिक विजेता रियल मड्रिडको भेट नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग हुने भएकोछ । त्यस्तै, इटालिको युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्दा अर्को ईटालीयन क्लब ए.एस रोमाले पोर्चगलको एफसी पोर्टोसँग भिड्नुपर्ने छ । च्य...
मोडलिङ क्षेत्रमा आफ्नै पहिचान बनाउदै मोडल मनिषा

मोडलिङ क्षेत्रमा आफ्नै पहिचान बनाउदै मोडल मनिषा

मनोरन्जन, समाचार
काठमाडौं, पुस-०३ । नेपालमा अहिलेको समयमा युवा पुस्ताहरुबिच मोडलिङ क्षेत्र आकर्षणको केन्द्र बनिरहेको छ । आकर्षण बढेसंगै अवसर र चुनौतीहरु समेत धेरै नै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ,त्यस्तै मोडल तथा नायिका बन्ने लक्ष्य लिएर मोडलिङ क्षेत्रमा आफ्नो भविष्य सुरु गरेकी नब मोडल हुन् मनिषा सापकोटा । स्नातक तहमा अध्ययनरत मनिषा परिवारको साथ र सहयोगले नै यो क्षेत्रमा अगाडि बढ्न प्रेरणा मिलेको बताउछिन नृत्य तथा अभिनयमा रुची राख्ने मोडल मनिषा सापकोटा मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने जगतमा स्थापित हुन चाहेको बताउछिन । काठमाडौँस्थित धुम्बाराहीमा स्थायी रुपमा रहँदै आएकि मनिषा सापकोटा बिगत २ बर्ष देखि यहि क्षेत्रमा आबद्द रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन । यदि राम्रो चलचित्र तथा म्युजि...
पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको निधन

पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको निधन

राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३  वर्षीय गिरीको  बिहान निधन भएको छ । राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो । राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे । महेन्द्रलाई साग दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए । ०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्के र मन्त्रिपरिषदको उपाध्...
निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

समाचार, समाज
काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो । आजको नयाँ पत्रिकामा यो खबर छ, प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको अवस्था नरहेको समितिले निष्कर्ष निकालेको छ । सो घटनामा प्रहरीले वास्तविक अभियुक्त जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको छ । तर, नियोजित नभए पनि अनुसन्धानको क्रममा लापरबाही गरेको निष्कर्ष छानबिन समितिको छ । केही प्रहरीलाई सेवाबाटै हटाउने विभागीय सजाय गर्न समितिले राय दिएको छ । खासगरी घटनास्थलमा खटिने मुचुल्का बनाउने टिम र अनुसन्धान अधिकृतलाई अधिकतम सजाय हुने एक...
छोराले कोदालो प्रहार गरेर आमाको हत्या, दुई छिमेकी गम्भीर घाइते

छोराले कोदालो प्रहार गरेर आमाको हत्या, दुई छिमेकी गम्भीर घाइते

अपराध, समाचार, समाज
दैलेख, पुस २ । दैलेख जिल्लाको नारायण नगरपालिका–६ मा पालाराम नेपालीले सोमबार कोदालो ले प्रहार गरी आफ्नै आमा पार्वती नेपालीको हत्या गरेका छन् । साधारण घरायसी झगडा्को क्रममा आवेशमा आएर पालारामले कोदालो ले प्रहार गर्दा टाउकोमा चोट लागेकी ४५ वर्षीया पार्वतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । झगडा छुट्याउन गएका छिमेकी मन्दरी नेपाली र कौसिला नेपाली पनि गम्भीर घाइते भएका भएका थिए । उनीहरुको भने जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पालारामलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा राखिएको छ । ...
कसरी थाहा पाउने बिहेअघि कुनै केटीले यौन सम्पर्क गरे-नगरेको  …?

कसरी थाहा पाउने बिहेअघि कुनै केटीले यौन सम्पर्क गरे-नगरेको …?

समाचार, स्वास्थ्य
विवाहपूर्व यौनसम्पर्क राखिएको कुरा थाहा पाउन निकै गाह्रो छ । पुरुषलाई महिलाको यौनाङ्गका सम्बन्धमा सामान्य जानकारी भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरुप यस्तै थियो भन्ने थाहा हुँदैन । त्यसैले सामान्य तवरले यौनसम्पर्क राखिसकेको, नराखिसकेको वा योनि छुट्याउन गाह्रो हुन्छ । यसमा हाइमेन (योनिच्छद) लाई आधार मान्न सकिन्छ तर त्यसको क्षति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ । के हो हाइमेन ? एक अध्ययन अनुसार ४३ प्रतिशतमा मात्र पहिलो सम्पर्कमा रगत बग्छ त्यसैले पनि विश्वभर विवाहको पहिलो रात हाइमेन च्यातिएर महिलाको रगत बग्नुपर्छ भन्ने कपोकल्पित मान्यता छ । त्यसो त हाइमेन पूरै वा आंशिक रूपमा बाह्य योनिद्वार ढाक्ने पातलो झिल्ली हो । यही हाइमेनलाई कुमारीत्वको पर्यायका रूपमा लिइए पनि यो फरक कुरा हो । नेपालमा गरिएको एक अध्ययनअनुसार १४ दशमलव ८ प्रतिशत पुरुष तथा ७ दशमलव ५ प्रतिशत मह...
विराटनगरविरुद्द काठमाडौं ५ विकेटले विजयी, पारसको टिम बाहिरियो

विराटनगरविरुद्द काठमाडौं ५ विकेटले विजयी, पारसको टिम बाहिरियो

खेलकुद, समाचार
काठमाडौं, पुष-०२। एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको प्लेअफ समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा काठमाडौं किंग्स–११ ले विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गरेसँगै प्लेअफ समीकरण पूरा भएको हो । विराटनगर वारियर्सले दिएको १०१ रनको सामान्य चुनौती काठमाडौंले १७ ओभर ५ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो । केभिन ओ'ब्राइनले काठमाडौंका लागि ४३ बलमा अविजित रहँदै ४५ तथा प्रर्दीप साहुले २३ बलमा २१ रन जोड्दा विराटनगरका कप्तान पारस खड्का र रोएलोफ् भान्डर मार्वेले समान २/२ विकेट लिए । खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ५ बलमै अलआउट हुँदै १०० बनाएको थियो । काठमाडौंका लागि अलराउन्डर ओ'ब्राइनले ३, रोहन मुस्तफा, साहु र बिक्रम भुसालले समान २/२ विकेट लिएका थिए । जितसँगै काठमाडौं क्वालिफायरमा ...