आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

लेस्टर सिटीलाई टाईब्रेकरमा पछि पार्दै म्यान्चेस्टर सिटी सेमिफाइनलमा

लेस्टर सिटीलाई टाईब्रेकरमा पछि पार्दै म्यान्चेस्टर सिटी सेमिफाइनलमा

खेलकुद, समाचार
काठमाडौं, पुस ४ । लेस्टर सिटीलाई पराजित गरी म्यान्चेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले लेस्टरलाई टाईब्रेकरमा पछि पार्यो । चोटका कारण लामो समयपछि मैदानमा फर्किएका केभिन डे ब्रायनले म्यान्चेस्टर सिटीका लागि पहिलो गोल गरे । तर लेष्टरका म्याथ्यु अलब्राईटनले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याए । अतिरिक्त समयमा धकेलिएको खेलमा दुबै टोलीले गोल थप्न नसकेपछि खेल टाई ब्रकेरमा पुग्यो । टाइ ब्रेकरमा म्यान्चेस्टर सिटी ३–१ गोल अन्तरले विजयी भयो । लिग कपकै अर्को खेलमा मिडिल्सब्रोलाई १–० ले हराउँदै बुर्टन आल्बियोन पनि सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको बाँकी दुई क्वाटरफाईनल खेल भने आज राति हुदैछन् । आज आर्सनल र टोटनह्याम हट्सपर भिड्दा चेल्सीले बर्नमाउथसँग खेल्दैछ ।...
इपी एजुकेशनको चलचित्र ‘कागजपत्र’  को फर्स्ट लुक सार्वजनिक, चलचित्र चैत ८ गते रिलिज हुने

इपी एजुकेशनको चलचित्र ‘कागजपत्र’ को फर्स्ट लुक सार्वजनिक, चलचित्र चैत ८ गते रिलिज हुने

मनोरन्जन, समाचार
काठमाडौं, पुस ४ । विदेशमा रहेर नेपाली चलचित्रसँग साइनो जोड्ने नेपाली युवाले मिस्टर भर्जिनपछि फेरि नयाँ कथानक चलचित्र ‘कागज पत्र’ चाडै नै फिल्मी बजारमा ल्याउने भएका छन्। आगामी चैत ८ गते रिलिज मिति तय गरेर निर्माण गरिएको चलचित्रको फस्टलुक र पोस्टर मंगलबार एक कार्यक्रमविच सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई देखाइएको छ। इपी इजुकेशन अष्ट्रेलियाको प्रस्तुतिमा तयार गरिएको चलचित्रमा अपिल बिष्ट्को लेखन तथा निर्देशन रहेको छ । सामाजिक कथावस्तुलाई समेटेर तयार पारिएको यो चलचित्रले दर्शकलाई मनोरञ्जन दिने निर्देशक बिष्टले बताए। निर्देशक बिष्टको डेब्यू चलचित्र बक्स अफिसमा असफल भएकाले पनि उनका लागि ‘कागजपत्र’ विशेष बनेका छ। अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएर बसेको कानुन ब्यवशायी खिलेन्...
पुस लागेसंगै तराईका जिल्लामा शीतलहर बढ्यो , जनजीवन प्रभावित

पुस लागेसंगै तराईका जिल्लामा शीतलहर बढ्यो , जनजीवन प्रभावित

समाचार, समाज
वीरगञ्ज, पुस ४ । तराईका जिल्लाहरुमा शीतलहर चल्ने क्रम सुरु भएको छ । अत्यधिक चिसो र शीतलहरका कारण त्यहा्को जनजीवन प्रभावित हुन थालेको छ । पर्साको वीरगञ्जमा जाडो बढेसंगै तापक्रम एक्कासी झरेर ७ डिग्री सेल्सियससम्म पुगेको छ । शीतलहर, हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन सकेका छैनन् जसको कारण जनजीवनमा निकै कष्ट भएको देखिन्छ । बजार क्षेत्र लगभग सुनसानजस्तै देखिएका छन भने चिसो छल्न चोकचोकमा आगो बालेर ताप्दै गरेका सर्वसाधारण देख्न पाईन्छ । पुस लागेसंगै एक्कासी बढेको चिसोका कारण श्वास प्रश्वासको समस्या भएका विरामीको संख्यासमेत बढेको अस्पतालहरुले जनाएका छन् । अत्यधिक चिसोका कारण श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना हुनेहरुको संख्या समेत निकै नै बढेको देखिन्छ । चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक धेरै नै प्रभावित भएका छन ।...
प्याजेन्ट नेपालले बिराटनगरमा फेशन शो आयोजना गर्दै, भाग लिन ईच्छुक मोडलहरुले अडिसन दिन सकिने

प्याजेन्ट नेपालले बिराटनगरमा फेशन शो आयोजना गर्दै, भाग लिन ईच्छुक मोडलहरुले अडिसन दिन सकिने

मनोरन्जन, समाचार
देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको प्याजेन्ट नेपाल बुटवल फेशन शो पश्चात पूर्वान्चलको बिराटनगरमा पूर्वान्चल फेशन शो गर्ने भएको छ । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर कार्यक्रम गर्ने क्रममा यो पटक फेशन पारखीहरुको हव बन्दै गएको पूर्वान्चलकै उत्कृष्ट तथा राष्ट्रिय स्तरका चर्चित मोडलहरु छनौट गरि बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो आयोजना हुन लागेको जानकारी प्याजेन्ट नेपालका प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन । पौषको अन्तिम साता बिराटनगरको भव्य हलमा हुन लागेको उक्त शो का निमित्त मोडलहरुको ...
८ मिटरका कारण ८ बर्ष देखी रोकिएको अक्सबृज-थसिखेल सडक खण्डले पायो निकास

८ मिटरका कारण ८ बर्ष देखी रोकिएको अक्सबृज-थसिखेल सडक खण्डले पायो निकास

आर्थिक, समाचार
ललितपुर, मङ्सिर- ललितपुर महानगरपालिका ५ नम्बर वडा अन्तर्गतको अक्सबृज-थसिखेल सडक खण्डले निकास पाएको छ । वडा अध्यक्ष बिकासमान श्रेष्ठको नेत्रीत्वमा अाइतबार डोजर चलाइएसंगै उक्त सडकले योजना अनुरुप नै आकार ग्रहण गरेको हो । २०६८ साल मै सरकारी योजनामा परे पनि उक्त सडक खण्डलाई पूर्ण आकार दिन झन्डै ८ बर्ष नै लाग्यो, त्यो पनि करिब ८ मिटरमा कुरा बल्जिदा । महानगर अन्तर्गत रिङरोडको भित्री सडक खण्डको सरदर आठ मिटर क्षेत्र मात्रै बिगत ८ बर्ष देखी नछीचोलिदा सवारी आवागमनमा अवरोध उत्पन्न हुँदै आएको थियो । मुल सडकमा एका तर्फ सवारीको चाप अर्को तर्फ जाम, तसर्थ पनि दु:ख बिमारमा समेत घुमेर नै जानु पर्ने वाध्यता थियो । त्यसैले थुप्रैले यस बाटो कै कारण धेरै नै सकस खेपे । २०६८ सालमा नै खुल्न ठिक्क परेको सडक ८-८ बर्षसम्म रोकिइ राख्यो, कारण थियो मुद्धा र मुद्धा फैसला पस्चातको प्राविधिक नापजाचमा फरकपन । अब भने यस...
साउथवेस्टन स्कुलका विद्यार्थीहरुद्वारा ३ नं प्रदेश स्तरीय प्रथम दोरम्बा गाउँपालिका उपाध्यक्ष कप कराँतेमा उच्च प्रदर्शन

साउथवेस्टन स्कुलका विद्यार्थीहरुद्वारा ३ नं प्रदेश स्तरीय प्रथम दोरम्बा गाउँपालिका उपाध्यक्ष कप कराँतेमा उच्च प्रदर्शन

खेलकुद, समाचार
काठमाडौं, पुस-०३ । ३ नं प्रदेश स्तरीय प्रथम दोरम्बा गाउँपालिका उपाध्यक्ष कप कराँते प्रतियोगिता सम्पन्न भइसकेको छ । ३ नं. प्रदेश भित्रका विभिन्न संघ संस्था तथा बिद्यालयबाट विभिन्न तौल समूहका खेलाडीहरुले उक्त प्रतिस्पर्धामा भाग लिएका थिए । काठमाडौको गोंगवुस्थित साउथवेस्टन स्कुलबाट भाग लिएका खेलाडीहरुले प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरी ३ स्वर्ण, १ रजत र ४ काँस्य पदक जित्न सफल भएका छन । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक दीपक भण्डारीका अनुसार बिद्यालयको तर्फबा २० के.जी. तौल समूहमा भूमि थापा मगर ले प्रथम स्थान हात पार्न सफल भएकि छन् भने ,सोही समूहको काटा तर्फ पनि उनले प्रथम स्थान हात पारेकी छन् । त्यस्तै ६५ के.जी तौल समूहमा सोहि बिद्यालयका प्रतिक गुरुङ ले प्रथम स्थान हात पार्न सफल भएका छन् भने ४० के.जी समुहको काटा तर्फ साउथवेस्टनकै राज गुरुङले दोस्रो स्थान प्राप्त गरेका छन् ...
मलाइका अर्जुनसँगको अफेयरबारे मिडिया अगाडि खुलिन

मलाइका अर्जुनसँगको अफेयरबारे मिडिया अगाडि खुलिन

मनोरन्जन, समाचार
काठमाडौं, पुस-०३ । वलिवूडमा अर्जुन कपुर र मलाइका अरोराको अफेयर चर्चा लगातार भइरहेको छ । प्रायः, यी जोडी एकसाथ डिनर गर्छन् । ‘इन्डियाज गट ट्यालेन्ट’ सोमा समेत अर्जुन गएका थिए, जहाँ उनले मलाइकाको हात समातेको देखिएको थियो । अफेयरलाई लिएर मिडियामा भइरहेको हल्लापछि अब मलाइका यो बिषयमा आफैँ बोेलेकी छिन् । अर्जुनसँगको सम्बन्धबारे सोधिएपछि, उनले भनिन्, ‘म ब्यालेन्स गर्न जान्दछु र जब मैले नभन्नुपर्ने कुरा छ भने त्यही भनिदिन्छु ।’ सलमानको भाइ अरबाजसँग अलग भएपछि मलाइका र अर्जुनलाई पटक–पटक भारतीय मिडियाले एकसाथ समय बिताएको भेटाएका थिए । अर्जुनले भने उनीहरूविचको सम्बन्धलाई न खुलेआम स्विकारेका छन् न त अस्वीकार नै गरेका छन् । मलाइका र अरबाज भने सन २०१६ मा अलग भएका थिए । जब मलाइकालाई सोधिएको थियो कि उनले कसरी सम्बन्ध व्यवस्थापन गरिन् ? उनले भनेकी छिन्, ‘मेरा साथी, परिवार र योगाले गर्दा मलाई त्यो ...

गुल्मीको छापहिलेमा एक ८८ वर्षीया बृद्धा बलात्कृत

अपराध, समाचार, समाज
गुल्मी, पुस-०३ । गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा एक बृद्दा बलात्कृत भएकि छिन । सोमबार दिउँसो १६ वर्षका एक किशोरले ८८ वर्षीया वृद्धालाई घरमै बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जनाए ।...
पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार किरण अधिकारीलाई  सम्मान प्रदान

पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार किरण अधिकारीलाई सम्मान प्रदान

समाचार, समाज
काठमाडौं, पुस-०३ । पीम नेपाल पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार किरण अधिकारी सम्मानित भएका छन । बिगत लामो समय देखि मोफसलमा रहेर नेपाली कला संगीत र चलचित्र क्षेत्रको बिकास, बिस्तार तथा नव कलाकारहरुको खोजी गर्दै निरन्तर पत्रकारिता क्षेत्रमार्फत पुर्याएको योगदानको कदर गर्दै पत्रकार किरण अधिकारीलाई सम्मान गरिएको छ । पीम नेपालद्वारा आयोजित पीम नेपाल डकुमेन्ट्री फ्लिम फेस्टिभलको उद्घाटन समारोहमा अधिकारी सम्मानित भएका हुन् । फेस्टिभल उद्घाटनको अबसरमा आयोजित एक विशेष समारोहविच गणतन्त्र नेपालको प्रथम उपरास्ट्रपति परमान्नद झाले अधिकारीलाई सम्मानित गर्नु भएको हो । मोफसलमा रहेर नेपाली पत्रकारिता क्षेत्रको बृहत्तर बिकासको लागि पुराएको योगदानको समेत कदर गर्दै अधिकारीलाई पीम नेपाल पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित गरिएको आयोजक समितिको अध्यक्ष कमाल जोसीले बताउनुभयो । पत्रकार अधिकारी स...
नेकपा स्थायी समिति बैठकमा सदस्यहरुको धारणा प्रस्तुत हुने क्रम भोलि पनि चल्ने, नेता भीम रावलद्वारा फरक प्रतिवेदन पेश

नेकपा स्थायी समिति बैठकमा सदस्यहरुको धारणा प्रस्तुत हुने क्रम भोलि पनि चल्ने, नेता भीम रावलद्वारा फरक प्रतिवेदन पेश

राजनीति, समाचार
काठमाडौं, पुस-०३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बुझाएको प्रतिवेदनमाथि छलफल गरी समिती बैठक सकिएको छ । मंगलबार बिहान करिव आठ बजे सुरु भएको बैठकमा आठ जना स्थायी समिति सदस्यहरुले प्रतिवेदनमाथि आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए । उनीहरुले पार्टी एकतामा ढिलाई गर्न नहुने सुझाव दिदै सरकार्ले गरेका केहि काम प्रति असन्तुष्टी पनि व्यक्त गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । आजको बैठकमा केशव बराल, भीम रावल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, योगेश भट्टराई, साेमनाथ प्यासी, सत्य नारायण मण्डल र पृथ्वी सुब्बा गुरुङले बोलेका थिए । प्रत्येक सदस्यलाई आफ्नु धारणा प्रस्तुत गर्नको लागि २० मिनेटको समय दिइएको थियो । सोमबार बसेको बैठकमा १० जना सदस्यहरुले आफ्नो धार...