को बन्नेछ नेपाल आइडल सिजन–२
काठमाडौं, पुस-६ ।
‘नेपाल आइडल सिजन–२ को ग्रान्ड फिनाले हुन अब केही घण्टा मात्रै बाँकी रहेको छ । ग्रान्ड फिनालेको समय जति छोटिँदैछ त्यति नै सिजन–२ को विजेता को हुनेछ भन्ने कौतुहलता बढ्दैछ ।
३६ वटा श्रृंखला प्रशारण गरिसक्दा नेपाल आइडल सिजन–२ फिनाले राउण्डमा पुगेको छ । नेपाल आइडल सिजन–१ मा तीन जनालाई फिनालेका लागि प्रतिस्पर्धा गराएको नेपाल आइडलले दोस्रो सिजनमा चार जनालाई फिनालेमा उतार्दैछ ।
फिनालेमा पुग्नेमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड रहेका छन् ।
यी चार मध्ये नेपाल आइडल सिजन–२ मा कसले बाजी मार्ने हो, त्यो शुक्रबार साँझ ५ बजेसम्मका लागि खोलिएको भोटिङले निर्धारण गर्दैछ । त्यसैले अहिले नै यही विजेता बन्छन् भनेर भन्न सकिने अवस्था देखिदैन ।
उत्कृष्ट चार जना छनोट गरेपछि आयोजकले प्रतिस्पर्धीलाई भोटिङका लागि होम टाउन पठायो । होम टाउन पुगेका ...









