north korea and america

काठमाडौं, पुष-०२।

अमेरिकाद्धारा आफ्ना तीन वरिष्ठ सरकारी अधिकारीहरुविरुद्ध लगाएको प्रतिवन्धको उत्तर कोरियाले चर्को रुपमा आलोचना गरेको छ ।

अमेरिकाको उक्त कदमको प्रतिक्रियास्वरुप उत्तर कोरियाले प्योङयाङको निशस्त्रीकरण अभियानलाई सधैंको लागि बन्द गर्ने चेतावनीसमेत दिएको छ ।

अमेरिकाले गत सोमबारमात्रै तीन उत्तर कोरियाली अधिकारीविरुद्ध प्रतिबन्ध लागाएको घोषणा भएपछि उत्तर कोरियाको यो चेतावनी आएको हो ।

गत जनु १२ मा उत्तर कोरियाली शासक किम जोन उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच सिंगापुरमा आणबिक निशस्त्रीकरण गर्नेबारे सहमति भएको जनाइएको छ ।

अमेरिकाले भने सोही सहमती तोड्ने उत्तर कोरियाको चेतावनीप्रति कुनै प्रतिक्रिया दिएको छैन ।

अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा पछिल्लो समय सुधार आएको जस्तो देखिएता पनि पछिल्लो समय अमेरिकाले उत्तर कोरियाका अधिकारीहरुमाथि लगाएको प्रतिबन्धपछी सम्बन्धमा तुषारापात आएको हो ।

अब जसका कारण आणबिक निशस्त्रीकरणको सहमती समेत प्रभावित हुनसक्ने अड्कल गरिएको छ ।
(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here