आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

धर्मका बारेमा नेपाली कांग्रेसभित्र कुनै प्रस्ताव आएको छैनः सहमहामन्त्री डा.महत

धर्मका बारेमा नेपाली कांग्रेसभित्र कुनै प्रस्ताव आएको छैनः सहमहामन्त्री डा.महत

राजनीति, समाचार
काठमाडौं, पुस-१६ । नेपाली कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको जनाएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजनामा गरेको नेता तथा कार्यकर्ता साथै पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै डा. महतले हिन्दू धर्मको बारेमा पार्टीमा कुरा नउठेको स्पष्ट पारेका छन् । सहमहामन्त्री डा. महतले गुट बन्दी पार्टीका लागि घातक भएको भन्दै अब व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्न नहुने जनाए । डा महतले सरकारले संस्थागत रुपमा भ्रष्टाचार गरेको स,मेत आरोप लगाए । हिजोका दिनमा भएका कमीकमजोरीलाई सच्याएर अघि बढे नेपाली कांग्रेस पहिलो पार्टी हुने बिश्वास डा. महतले ब्यक्त गरे ।...
सन् २०१८ नेपालको पर्यटन प्रवर्द्धन क्षेत्रमा ऐतिहासिक सावित

सन् २०१८ नेपालको पर्यटन प्रवर्द्धन क्षेत्रमा ऐतिहासिक सावित

आर्थिक, समाचार
काठमाडौं, पुस १६ । नेपालको पर्यटन प्रवर्द्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महिनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । जसले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाएको छ । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक आएका थिए । बोर्डले छिमेकी मुलुक चीन र भारत लक्षित प्रभावकारी रुपमा चलाएको प्रवर्द्धनात्मक कार्यक्रमले पर्यटकको सङ्ख्या वृद्धि भएको हो । घुमफिरजस्ता प्रवर्द्धन अभियानले आन्तरिक पर्यटक पनि उल्लेख्य रुपमा बढेका छन् । नेपालीमा विभिन्न गन्तव्यमा घुम्न निस...
नेपाली काँग्रेसले आज विभिन्न कार्यक्रम गरी ४३ औं राष्ट्रिय एकता दिवस मनाउँदै

नेपाली काँग्रेसले आज विभिन्न कार्यक्रम गरी ४३ औं राष्ट्रिय एकता दिवस मनाउँदै

राजनीति, समाचार
काठमाडौं, पुस-१६ । आज देशभर विभिन्न कार्यक्रम गरी नेपाली काँग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ जसको तयारीको लागि पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र अन्य शीर्ष नेताहरु २०३३ साल पौष १६ गते आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा काँग्रेसले यो दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका विभिन्न कार्यक्रम गर्न काँग्रेसले केन्द्रीय प्रतिनिधिलाई खटाएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज काठमाडौमा हुने कार्यक्रममा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी पार्टीका अर्का नेता रामचन्द्र पौडेलले गोरखामा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम ...
उत्पादन बढेपछि अर्घाखाँचीका कृषक कफी खेतीतर्फ आकर्षित

उत्पादन बढेपछि अर्घाखाँचीका कृषक कफी खेतीतर्फ आकर्षित

आर्थिक, समाचार
अर्घाखाँची, पुस- १६ । अर्घाखाँची जिल्लाका कृषकहरु कफी खेतीमा आकर्षित हुन थालेका छन् । कफी बजारको सुनिश्चितता, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि कृषकहरु यसतर्फ आकर्षित हुन थालेका लागेका हुन् । अर्घाखाँची जिल्लाको कफीले विश्वमै उत्कृष्ट ब्रान्ड पाएको भएतापनि पछिल्लो पाँच वर्षदेखि रोग किराको प्रकोप देखिएपछि उत्पादनमा कमी आएको थियो । तर, गत बर्षदेखि कफीमा लाग्ने किरा नियन्त्रणमा आएसँगै कृषक फेरि यसतर्फ आकर्षित भएका देखिन्छन् । विश्वमा नेपालको कफी उत्कृष्ट भएर माग बढ्दै गएकाले कफी खेतीलाई व्यवस्थित बनाएर उत्पादनमा वृद्धि गर्न तर्फ लागेको कृषकहरु बताउछन् । अर्घाखाँची जिल्लामा एक सय हेक्टर भन्दा बढी जमिनमा कफी खेती हुँदै आएको छ । अर्घाखाँचीमा उत्पादन भएको कफी जापान, कोरिया, अमेरीकालगायतका देशमा निर्यात हुने गरेको छ ।...
रुसी राष्ट्रपति तथा शक्तिशाली नेता भ्लादिमिर पुटिनको तस्वीर सहितको क्यालेन्डरले जापानमा तहल्का

रुसी राष्ट्रपति तथा शक्तिशाली नेता भ्लादिमिर पुटिनको तस्वीर सहितको क्यालेन्डरले जापानमा तहल्का

अन्तराष्ट्रिय, समाचार
टोकियो, पुस-१६ । विश्वका शक्तिशाली नेतामध्ये एक मानिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनल रुसको राष्ट्रपतिका रुपमा चौथो कार्यकाल सम्हालिरहेका छन ।पुटिनलाई धेरैले ‘स्टाइलिस’ नेताको रुपमा पनि मान्दछन् । ६६ वर्षीय पुटिन ‘फिटनेस’ मा निकै ध्यान दिन्छन्, नियमित व्यायाम गर्नु, छुट्टीका समय घोडचडी, शिकार खेल्नु पुटिनको सोख हो । पुटिनको यही व्यक्तित्वलाई केन्द्रमा राखेर हालै एउटा क्यालेन्डर प्रकाशित भएको छ । सन् २०१९ का लागि प्रकाशित उक्त क्यालेन्डरमा पुटिनलाई उनको विभिन्न रुपमा देख्न पाईन्छ । उक्त क्यालेन्डरले जापानमा निकै लोकप्रियता प्राप्त गरेको छ । पुटिनको तस्वीरसहितको सो क्यालेन्डरले जापानमा प्रकाशित भएका अन्य क्यालेन्डरको तुलनामा धेरै नै बजार तताएको छ । त्यसो त जापानका नागरिक स्वदेशीपन मै रम्न चाहने प्रवृत्तिका मानिन्छन तर पुटिनको सवालमा उनीहरुले आफ्ना मुलुकका चर्चित खेलाडी तथा कल...
इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी, लिरभपूल शिर्ष स्थानमा

इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी, लिरभपूल शिर्ष स्थानमा

खेलकुद, समाचार
काठमाडौं, पुस-१६ । इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएका खेलमा शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनलाई ३–१ ले हरायो हराउदा डेभिड सिल्भा र सर्जियो अगुएरोले एक एक गोल गरे साउथह्याम्पटनका वार्ड प्रौजले एक आत्माघाति गोल गरे । अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । चेल्सीको जितमा एन्गोलो कान्तेले निर्णायक गोल गरे । गएरातीकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले बर्नमाउथलाई ४–१ ले हरायो । म्यान्चेस्टर युनाईटेडको जितमा पउल पोग्बाले दुई गोल गर्दा मार्कस रास्फोर्ड र रोमेलु लुकाकुले थप एक एक गोल गरे । बर्नमाउथका लागि भने नाथन आकेले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा बर्नलेले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हरायो । गएरातीका खेलहरुपछि इङलिस प्रिमियर लिग फुटबलको अंक तालिक...
तनहुँमा मोटरसाइकल दुर्घटनामा युवतीको मुत्यु

तनहुँमा मोटरसाइकल दुर्घटनामा युवतीको मुत्यु

समाचार, समाज
दमौलीपुस- १५। पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको म्याग्देमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । म्याग्दे–२ गुणादीकी १८ वर्षीया प्रमिसा मगरको पोखराबाट दमौली तर्फ आउँदै गरेको मोटरसाइकल अनिन्त्रित भई सडकमा पल्टिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ । ग १ ख ६५७७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल अनिन्त्रित भई सडकमा पल्टिदा मोटर साइकलको पछाडि सवार मगरको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक व्यास–११ का १९ वर्षीय मदन अधिकारी कास्की प्रहरीको नियन्त्रणमा रहेका छन् ।...
अर्घाखाँची, मालारानी गाउँपालिका २, का वडाध्यक्ष १३ दिनदेखि बेपत्ता

अर्घाखाँची, मालारानी गाउँपालिका २, का वडाध्यक्ष १३ दिनदेखि बेपत्ता

समाचार, समाज
अर्घाखाँची, पुस- १५। मालारानी गाउँपालिका २, का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) १३ दिनदेखि सम्पर्कविहीन छन । पुस २ गते घरबाट खाना खाएपछि परिवारलाई लु १ ब १७४५ नम्बरकोमोटरसाइकल मर्मत गर्न जनाएर सदरमुकाम सन्धिखर्क गएका थिए । मोटरसाइकल मर्मत पसलमा छाडेर शान्तिबगैंचाबाट बस चढेर गोरुसिंगे पुगेका थिए । उनी त्यहाँ ओर्लिएपछि कता गएअहिलेसम्म अत्तोपत्तो छैन । लु१ख ७१६० नम्बरको बसका चालक सन्तोष भुसालले दाङ जाने गाडी भए पनि यात्रु थोरै भएकाले सबैलाई गोरुसिंगेमा ओरालेको बताए । विनोद सिटमा बसेर त्यहाँसम्म पुगेका थिए । ‘त्यसपछि कता गए मैले देखिनँ,’ उनले भने ।’ उनले मोबाइल बसमै छाडेका थिए । उनी महेन्द्र राजमार्ग पुगेको केही समयपछि मोबाइलमा घण्टीबज्यो । ‘मैले सहचालकलाई उठाउन भने,’ बस चालक भुसालले भने, ‘उहाँकी श्रीमतीले फोन गर्नुभएको रहेछ ।’ आफूले उक्त मोबाइल घरमा पुर्‍याइदिएको उनले बताए । ...
बंगलादेशमा आज चुनाव हुँदै, चौथो कार्यकालको लागि हसिना प्रयासरत

बंगलादेशमा आज चुनाव हुँदै, चौथो कार्यकालको लागि हसिना प्रयासरत

अन्तराष्ट्रिय, समाचार
ढाकापुस- १५। बंगलादेशमा आज (आइतबार) हुने निर्वाचनका लागि सम्पूर्ण तयारी भएको अधिकरीहरूले जनाएका छन् । खासगरी ‘शेख हसिना र खालिदा जियाबीचको युद्ध’ का रूपमा व्याख्या गरिएको चुनावी प्रतिस्पर्धालाई विश्व समुदायले समेत निकै चासोका साथ हेरिरहेको जनाइएको छ । ७१ वर्षीया प्रधानमन्त्री हसिना बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानकी छोरी हुन् । दुई पटक प्रधानमन्त्री भइसकेकी ७३ वर्षीय जिया पूूर्व तानाशाह जियाउर रहमानकी विधवा हुन् । बंगलादेशमा विगत ३ दशकमा भएका चुनावमा मुख्यत: दुई नेतृबीचको प्रतिस्पर्धा हुँदै आएको छ । आइतबारको चुनावमार्फत हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने दाउमा छन् । तर भ्रष्टाचार मुद्दामा जेल सजाय काटिरहेकाले जिया प्रत्यक्ष रूपमा चुनावी प्रतिस्पर्धामा छैनन् । उनी बंगलादेशको पहिलो महिला प्रधानमन्त्री हुन् भने मुस्लिम बाहुल्य भएको देशकी दोस्रो । बंगलादेश स्वतन्त्र ...
एक मोडलले लगाएर नधोएका मोजा र जुत्ता बेचेर वर्षको एक करोड ४२ लाख कमाउँछिन्

एक मोडलले लगाएर नधोएका मोजा र जुत्ता बेचेर वर्षको एक करोड ४२ लाख कमाउँछिन्

मनोरन्जन, समाचार
काठमाडौं, पुस- १५। एक मोडलले आफूले लगाएको मोजा र जुत्ता बेचेर वर्षको एक लाख पाउन्ड (एक करोड ४२ लाख रुपैयाँ) कमाउँछिन् । कसैले उनको खुट्टा निकै सुन्दर भएको बताएपछि, रोक्सी साइक्स, ३३ ले यसको वास्तविकता जान्ने सोच बनाइन् । लण्डनमा बसेर घरजग्गामा लगानी गर्दै आएकी उनले मानिसहरुले उनको खुट्टामा कत्तिको रुची दिन्छन् भनेर इन्स्टाग्राम पेज बनाइन् । एक महिनामा दस हजार बढी फलोअर पुगेपछि उनले आफ्ना ‘फ्यान’ को कुरा सुन्ने निर्णय गरिन् । रोक्सीले त्यसपछि आफ्नो सोसल मिडिया अकाउन्टमा आफूले लगाएका तर नधोएका एक जोर मोजालाई २० पाउन्ड र जुत्तालाई दुई सय पाउन्डमा बेच्न थालिन् । विगत चार वर्षदेखि यो व्यवसायमा लागिरहेकी रोक्सीले व्यस्त महिनामा आठ हजार पाउन्डसम्म कमाई हुने गरेको बताइन् । रोक्सीले भनिन्, ‘एकजना साथीले मेरो खुट्टा एकदम राम्रो बताएपछि यसलाई देखाउन सोसल मिडियामा अकाउन्ट नै बनाउन मनला...