आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज होल्ड भएपछि छानबिन समिति गठन

प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज होल्ड भएपछि छानबिन समिति गठन

राजनीति, समाचार
काठमाडौँ —फागुन २३। प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज होल्ड भएको विषय छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति गठन गरेको हो। ४ सदस्यीय छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन्। अन्य सदस्यहरुमा मन्त्रालयको कानुन महाशाखाका उपसचिव सूर्यवंश शर्मा कँडेल, उपसचिव प्रकाश शर्मा ढकाल र नागरिक उड्डयन प्राधिकरणकी निर्देशक नबिना कर्माचार्य रहेका छन्। कर्माचार्यलाई समितिको सदस्य सचिव बनाइएको छ। गत फागुन २१ गते मंगलबार प्रधानमन्त्री ओली झापाबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन विमानस्थलमा जहाजको चाप रहेको भन्दै काठमाडौं एटिसीले २० मिनेट जहाज होल्ड गरेको थियो। भीभीआइपी फ्लाइट भएको बेला अन्य उडानहरु क्लियर गरेर भीभीआइपी उडानलाई अवतरण गर्न दिने चलन छ। यति एयरलाइन्सको एटिआरजहाज ह...
गण्डकी मेडिकल कलेज कास्कीका दुईजना सञ्चालक पक्राउ

गण्डकी मेडिकल कलेज कास्कीका दुईजना सञ्चालक पक्राउ

अपराध, समाचार, समाज
कास्की —फागुन २३। गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परेका छन् । विद्यार्थीले ठगी मुद्दामा उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले जानकारी दिए । 'कलेज सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक, रविन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोल युवराज शर्मा, लेखा शाखाका हरिपौडल, दिनेश पौडेल, तीलक पौडेल, कृष्ण पौडेलको जाहेरी दखास्तमा नाम छ' प्रहरी उपरीक्षक रानामगरले भने ।उनीहरुलाई अनुसन्धान गरि मुद्दा चलाउने र बाँकी ८ जनाको खोजी भइरहेको रानामगरले बताए । उनीहरु विरुद्ध सन् २०१५ देखि ०१८ सम्मका एमबीबीएस विद्यार्थीले बुधबार जाहेरी दखास्त दिएका थिए । हाम्रो माग सुनुवाइ नभएपछि प्रशासन विरुद्ध मुद्धा दिएको विद्यार्थी परिवर्तन भाटले बताए । सरकारले तोकेको नियम भन्दा व...
अमेरिकन पेस्तोलसहित दुईजना संखुवासभाबाट पक्राउ

अमेरिकन पेस्तोलसहित दुईजना संखुवासभाबाट पक्राउ

अपराध, समाचार, समाज
संखुवासभा—फागुन २३। संखुवासभाको मादी नगरपालिका–५ ढाडेगाउँबाट प्रहरीले गएराति अमेरिकन पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले एक थान अमेरिकन पोस्तोल, एक थान म्याग्जिन र सोही पेस्तोलमा लाग्ने गोली एक थानसहित सोही स्थान बस्ने बर्ष २३ को बुद्धिमान तामाङ र बर्ष ३६ को संजय तामाङलाई पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । (ईमेज खबर)...
शेर्पालगायत हिमाली भेगका बासिन्दाले ग्याल्बो ल्होसार मनाउँदै, प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

शेर्पालगायत हिमाली भेगका बासिन्दाले ग्याल्बो ल्होसार मनाउँदै, प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

समाचार, समाज
काठमाडौं—फागुन २३। शेर्पालगायत हिमाली भेगका बासिन्दाले आज ग्याल्बो ल्होसार मनाउँदैछन् । ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ । नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ । यसै सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका छन् । ओलीले नेपालको भूगोलमा १२५ जाती र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको बिषय भएको उल्लेख गरेका छन् । ‘नेपाल आफैंमा एउटा संग्राहलय हो । यस भूगोलमा यती धेरै साँस्कृति विविधता छ ,जो अन्यत्र पाइँदैन’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यी विविधतालाई ...
भारत र पाकिस्तानविचको  तनाव मत्थर

भारत र पाकिस्तानविचको तनाव मत्थर

अन्तराष्ट्रिय, समाचार
काठमाडौं—फागुन २३। पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले अमेरिका, चीन र साउदी अरबलगाएत मुुलुकहरुको कूटनीतिक पहलपछि भारतसँगको तनाव मत्थर भएको बताएका छन् । इस्लामावादमा संचारकर्मीहरुसँग कुरा गर्दै विदेशमन्त्री कुरेसीले भारतसँगको तनाव मत्थर भएको र यसलाई आफूहरुले सकारात्मकरुपमा लिएको बताए । उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओलाई विशेष धन्यवाद दिँदै कूटनीतिक माध्यमबाट स्थिति थप गम्भीर हुन नदिन प्रयास गर्ने चीन, रुस, साउदी अरब, टर्की, जोर्डन र यूएईको पनि प्रसंसा गरे । विदेशमन्त्री कुरेसीले स्थिति साम्य भएपछि पाकिस्तानले भारतमा हाई कमिस्नरलाई पठाइने पनि जानकारी दिए । उनले करतारपुर करिडोरका विषयमा निर्धारित वार्ता अघि बढाउने निर्णय भएको पनि बताए । यसैबीच भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकार...
च्याम्पियन्स लिग फुटबल्मा म्यानचेस्टर युनाइटेड च्याम्पियन्स क्वाटरफाइनलमा प्रवेश

च्याम्पियन्स लिग फुटबल्मा म्यानचेस्टर युनाइटेड च्याम्पियन्स क्वाटरफाइनलमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं—फागुन २३। च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड क्वाटरफाइनल प्रवेश गरेको छ । राउण्ड अफ सिक्सटिनको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई अवे गोलमा पराजित गर्दै म्यान्चेस्टर युनाइटेड अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । गएराति फ्रान्समा भएको दोस्रो लिगको खेलमा म्यान्चेस्टर युनाईटेड ३–१ ले विजयी भएको हो । उसका जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा मार्कस रास्फोर्डले एक गोल गरे त्यस्तै खेलको ईन्जुरी समयमा रास्फोर्डले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । पहिलो लिगको खेल २–० ले गुमाएको म्यान्चेस्टर युनाइटेडले गएरातिको जितपछि समग्र परिणाम ३–३ गोलको बराबरीमा पुर्यायो। ३–३ गोलको बराबरीको अवस्थामा अवे गोलको मद्दतले म्यान्चेस्टर युनाईटेड क्वाटरफाईनलमा पुगेको हो । अन्तरिम प्रशिक्षक ओले गुना सोल्सायरको नेतृत्वयमा निकै सुधा...
अमेरिकी राष्ट्रपतिमा क्लिन्टन नउठ्ने

अमेरिकी राष्ट्रपतिमा क्लिन्टन नउठ्ने

अन्तराष्ट्रिय, समाचार
वासिङ्टन —फागुन २२। अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने प्रष्ट पारेकि छिन  । अमेरिकी टेलिभिजन न्युज १२ ले गरेको अन्तर्वार्तामा हिलारीले भनिन्, ‘म निर्वाचनमा सक्रियतासाथ डिमोक्र्याटिक पार्टीको प्रचारप्रसारमा भने लाग्नेछु  । उनले थपिन्, ‘हाम्रो देशमा निर्वाचनमा को–को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले मलाई बिभिन्न समयमा समस्यामा पार्ने गरेको छ ।’ (एजेन्सी)...
द्वन्द्व व्यवस्थापन गर्दा दण्डित हुन परे पनि तयार छु : बाबुराम भट्टराई

द्वन्द्व व्यवस्थापन गर्दा दण्डित हुन परे पनि तयार छु : बाबुराम भट्टराई

राजनीति, समाचार
काठमाडौं—फागुन २२। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल द्वन्द्व व्यवस्थापन गरिनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले द्वन्द्व व्यवस्थापन छिटो गर्नुको विकल्प नभएको बताए । ‘क्षमा गर र भुल’ भन्ने नीतिका साथ द्वन्द्वको व्यवस्थापन गरिनुपर्ने भन्दै उनले द्वन्द्व व्यवस्थापनका क्रममा आफु दण्डित हुन पनि तयार रहेको बताए । उनले भने ‘साँच्ची नै साथीहरुलाई अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुहोस् म दण्ड व्यहोर्न तयार छु । ’ द्वन्द्व व्यवस्थापन समयमै हुन नसक्दा विकास र शान्तिको बाटोमा अवरोध श्रृजना भएको भन्दै उनले समयमै द्वन्द्व व्यवस्थापन गर्नुपर्ने जोड दिए । उनले बिप्लब लगायत तराईका असन्तुष्ठ समुहसंग छलफल गरि समयमै माग सम्बोधन गर्नुपर्नेमा पनि उनले जोड दिए । विकास र सम्मृद्धिका सपना समयमै प...
भतिजद्वारा बन्चरो प्रहार गरि काकाको हत्या

भतिजद्वारा बन्चरो प्रहार गरि काकाको हत्या

अपराध, समाचार, समाज
कञ्चनपुर—फागुन २२। भतिजले बञ्चरो प्रहार गरि कञ्चनपुरमा आफ्नै काकाको हत्या गरेका छन् । भीमदत्त नगरपालिका–१३ बडैपुरका सिवी लुहारले काका गोरे लुहारमाथि बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । २० फागुन महाशिवरात्रीको राती भाङ र मदिरा सेवन गरेका सिवीले जमिनको विषयलाई लिएर ६१ वर्षीय काकाको टाउकोमा बन्चरो प्रहार गरेका थिए । भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष शंकर उपाध्यायले घरमै बसेका गोरेमाथि एक्कासी आएर सिवीले तीन पटक उल्टो तर्फवाट बन्चरो प्रहार गरेको जनाए । घाइते गोरे्लाई महाकाली अञ्चल अस्पताल हुँदै भारतीय तपन र बरेली उपचारका लागि लगिएको थियो । बरेली अस्पतालका भारतीय चिकित्सकले उपचार सम्भव नभएका बताएपछि उनलाई घर ल्याइएको थियो । गएराति गोरेको मृत्यु भएको छ । गोरोको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बन्चरो प्रहार गर्...
कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीसहित १० जनालाई २० वर्ष कैद फैसला

कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीसहित १० जनालाई २० वर्ष कैद फैसला

अपराध, समाचार
काठमाडौं—फागुन २२। जिल्ला अदालत कैलालीले टीकापुर घटनाका दोषी रेशमलाल चौधरीसहित १० जनालाई २० वर्ष कैद सजाएको फैसला गरेको छ । आज बुधबार चौधरीसहित १० जनालाई सो सजाय हुने फैसला सुनाइएको हो । यस्तै लक्ष्मण चौधरी, लाहुराम चौधरीसहित अन्य १२ जनालाई ३ वर्षको कैद तोक्दै तीन जनालाई सफाइ दिइएको छ।