आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

ट्रकले किच्दा एक बालकको मृत्यु, कटारी बजारमा तनाव

ट्रकले किच्दा एक बालकको मृत्यु, कटारी बजारमा तनाव

अपराध, समाचार, समाज
उदयपुर —फागुन २२। उदयपुरको कटारी नगरपालिका- ४ स्थित कटारी बजारमा मध्याह्न ट्रकले किच्दा एक बालकको मृत्यु भएको छ । कटारीबाट सोलुखुम्बुका लागि हिँडेकेा ना ४ ख ८८९८ नम्बर ट्रकले किच्दा स्थानीय दिलबहादुर राईको ४ वर्षीय छोरा मौसम राईको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए । स्थानीयका अनुसार तीव्रगतिमा गुडेको ट्रकले सडकमा खेल्दै गरेकाआवस्थामा बालकलाई ठक्कर दिएको हो । बालकको मृत्युपछि कटारी बजारमा मृतकका आफन्तले बजार क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् । ट्रक र चालकलाई नियन्त्रणमा लिई विस्तृत अनुसन्धान गरिरहेको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ ।...
प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना

राजनीति, समाचार
काठमाडौं—फागुन २२। प्रधानमन्त्री केपी ओलीलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ । मुटुको नियमित परिक्षणको लागि भन्दै बुधबार अस्पताल पुगेका प्रधानमन्त्री ओली भर्ना भएका हुन् । थप परीक्षण गर्नुपर्ने देखिएको भन्दै अब्जरभेसनमा राखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्तिमार्फत जनाएको छ ।...
नेकपा महासचिव नेत्रविक्रम चन्दविरुद्ध मुद्दा ,दाङ र रोल्पामा गरी ६ जना जिल्ला नेता पक्राउ

नेकपा महासचिव नेत्रविक्रम चन्दविरुद्ध मुद्दा ,दाङ र रोल्पामा गरी ६ जना जिल्ला नेता पक्राउ

अपराध, समाचार
रोल्पा —फागुन २२। सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दविरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । तीन वर्षअघि नयाँ पार्टी गठन गरी नेतृत्व गर्दै आएका चन्दलाई राज्यका तर्फबाट पहिलोपटक मुद्दा दर्ता भएको हो । यस्तै प्रहरीले रोल्पामा ३ र दाङमा ३ जना जिल्ला नेतालाई पक्राउ गरेको छ । चन्दसहित दर्जन नेताविरुद्ध प्रहरीले मंगलबार मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार सरकारवादी फौजदारी मुद्दा दर्ता गरेको हो । रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार चन्द नेकपाका नेता कार्यकर्ताविरुद्ध राष्ट्र, राष्ट्रियता र सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा मुद्दा दर्ता गरिएको हो । पूर्वी रोल्पाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलस्थित एनसेलको टेलिफोन टावरमा क्षति पुर्‍याएको अभियोग उनीहरूमाथि लगाइएको छ । सोही अभियोगमा ...
नेपाल वायुसेवा निगमले एयरबस मर्मतमा बढी मूल्यलाई ठेक्का

नेपाल वायुसेवा निगमले एयरबस मर्मतमा बढी मूल्यलाई ठेक्का

आर्थिक, समाचार
काठमाडौं—फागुन २२। चारवटा एयरबस (दुइटा न्यारो र दुइटा वाइडबडी) को नियमित मर्मतसम्भार तथा इन्जिन भाडामा ल्याउनका लागि नेपाल वायुसेवा निगमले आहवान गरेको ठेक्कामा १ अर्ब ५३ करोड रुपैयाँ बराबरको मूल्य अन्तर देखिएपछि ठेक्का पुरस्कृत कार्य रोकिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले यस विषयमा विस्तृत छलफलका लागि बिहीबार निगमको सञ्चालक समितिका पदाधिकारीलाई बोलाएको छ । ‘बोलपत्रमा १ अर्ब ५३ करोड रुपैयाँ हाराहारी अन्तर देखियो,’ समितिका सभापति भरतकुमार शाहले कान्तिपुरसँग भने, ‘निगम सञ्चालक समितिका सदस्यलाई बोलाई थप छलफल गर्दैछौं ।’ विमान मर्मतसम्भारबारे १२ दिनअघि समितिले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई बोलाई सोधपुछ गरेको थियो । ‘तर कार्यकारी अध्यक्ष खरेलले समितिलाई डेढ अर्ब रुपैयाँ मूल्य अन्तर देखिएको ठेक्कामा प्रस्ट पार्न नसकेको समितिका सचिव रोजनाथ पाण्डेले कान्तिपुरलाई बताए । ‘निग...
टीकापुर हत्याकाण्ड घटनाको फैसला हुँदै

टीकापुर हत्याकाण्ड घटनाको फैसला हुँदै

अपराध, समाचार
काठमाडौं—फागुन २२। टीकापुर घटना मुद्दाको बहस सकिएपछि जिल्ला अदालत कैलालीले बुधबार फैसला गर्ने तयारी रहेको अदालतका रजिष्ट्रारले जनाएका छन् । दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएपछि फैसलाको तयारी भएको हो । एक बालक सहित ९ जनाको ज्यान जानेगरी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य २६ जनाको फैसला हुन लागेको हो। प्रतिवादीहरुका तर्फबाट अधिवक्ताहरुले बेग्लाबेग्ले बहस गरेका छन्। काठमाडौंबाट आएका वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्व न्यायधिवक्त हरि फुयाल र अधिवक्ता दिनमणि पोख्रेलले रेशम चौधरीका लागि मात्रै बहस गरेका छन्। यस्तै दिनमणि पोख्रेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमासमेत बहस गरेका हुन्। कैलालीका अधिवक्ताहरु गंगाराम पाध्याय, गजेन्द्र केसी, गम्भीरसिंह ऐर, बीरबहादुर जे...
किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं—फागुन २२। राजधानिको परेली रेस्टुरेन्टमा किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स फेशन मोडल २०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेशन मोडल २०१९ सहश्र प्रधान त्यस्तै किड्स फिमेल मोडल २०१९ स्लेशा बिष्ट त्यसैगरी प्रि टिन मेल फेशन मोडल २०१९ स्वागत मल्ल भए भने प्रि टिन फिमेल फेशन मोडल २०१९ बेवीशा भण्डारी भएका छन् । यि पाँचजना विजेताहरुलाई ट्रफिसँँगै विभिन्न गिफ्टह्याम्पर र ७,५००।– नगद साथै थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेस्टिवल २०१९ मा भाग लिन पाउने छन् । त्यस्तै क्रमश रनरअपहरुमा डी.एस.ए. मिनि किड्स सुपर मोडल २०१९ सान्वी शाक्य, डी.एस.ए. प्रि किड्स सुपर मोडल २०१९ निर्जला थापा, डी.एस.ए. किड्स सुपर मोडल २०१९ विनोना डंगोल, डी.एस.ए. किड्स फेशन सुपर मोडल २०१९ विदुर भण्डारी, डी.एस.एन. किड्स मेल सुपर मोडल ...
संसदीय समितिले माग्यो अन्सारीका बुबा आमाको नागरिकता संसदीय समितिले माग्यो

संसदीय समितिले माग्यो अन्सारीका बुबा आमाको नागरिकता संसदीय समितिले माग्यो

राजनीति, समाचार
काठमाडौं—फागुन २२। संसद्को सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीका बाआमाको नागरिकताको विवरणमाथि पनि छानबिन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त अन्सारीको नागरिकताको विवरण ढड्डामा दुई प्रकारको जन्ममिति पाइएको र वंशजको नागरिकता भएकाले बाआमाको नागरिकतामार्फत थप छानबिन गर्न लागेको हो । समितिले जिप्रकासँग विवरण माग गरेको छ । संवैधानिक परिषद्ले ६ माघमा प्रस्ताव गरेका पाँच आयोगका अध्यक्षमा चारजनाको नाम मंगलबार अनुमोदन गरेकोमा सार्वजनिक सुनुवाइ समितिले अन्सारीको सम्बन्धमा निर्णय लम्ब्याएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीलाई अनुमोदन गरेको छ । सुनुवाइ समितिमा अन्सारीविरुद्ध नक्कली नागरिकता र शैक्षिक प्रमाणपत्र, राजनीतिक आबद्धत...
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले भने, ‘पागल अल्पसंख्यक’लाई हराएरै छाड्छु’

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले भने, ‘पागल अल्पसंख्यक’लाई हराएरै छाड्छु’

अन्तराष्ट्रिय, समाचार
काठमाडौं—फागुन २२। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफूलाई सत्ताबाट हटाउने प्रयासमा लागेका ‘पागल अल्पसंख्यक’ लाई हराएरै छोड्ने बताए । विपक्षी नेता हुँवा गुइदोलाई चुनौति दिँदै राष्ट्रपति मदुरोले शनिबारका लागि ‘साम्राज्यवादी विरोधी मार्च’ आह्वानसमेत गरेका छन् । आफ्ना राजनीतिक गुरु ह्युगो चावेजको निधन भएको छैटौं वर्षगाँठ पुगेको दिनमा भएको कार्यक्रमा राष्ट्रपति मदुरोले पालग अल्पसंख्यकले उनीहरुको घृणा तथा द्वेषको यात्रा कायम राखेको भन्दै त्यो उनीहरुकै समस्या भएको बताए । उनले त्यतातिर आफूहरुले ध्यान नदिने पनि बताए । सेनाका अधिकारीसहित उपस्थित कार्यक्रममा मदुरोले विपक्षीको बाटो जसरी भए पनि रोक्ने प्रतिबद्धता व्यक्त गरे । चावेज र देशको समृद्ध इतिहासका लागि विपक्षीलाई हराउनु पर्ने उनको भनाइ थियो । अदालतको आदेशको अवज्ञा गर्दै विपक्षी नेता हुँवा गुइदो दक्षिण अमेरिकी देशको भ्रमण गर...
ग्रेस इभेन्टको आयोजनामा ‘मिस ग्रेस, २०१९’ सौन्दर्य प्रतियोगगिताको अडिसन फागुन २४ गत्ते क्लव देजाभूमा हुदै

ग्रेस इभेन्टको आयोजनामा ‘मिस ग्रेस, २०१९’ सौन्दर्य प्रतियोगगिताको अडिसन फागुन २४ गत्ते क्लव देजाभूमा हुदै

मनोरन्जन, समाचार
काठमाडौं—फागुन २१। राजधानीमा मिस ग्रेस, २०१९ आयोजना हुने भएको छ। ग्रेस इभेन्टको आयोजनामा आयोजनामा संचालन हुने 'मिस ग्रेस, २०१९' सौन्दर्य प्रतियोगीताको आउँदो फागुन २४ गते नारी दिवशको अवसर पारेर राजधानीको दरवारमार्गस्थित क्लव देजाभूमा अडिसन सम्पन्न हुने भएको छ । आयोजकले क्लव देजाभूमा पत्रकार सम्मेलन गरि अडिसन लगायत प्रतियोगिता सम्वन्धी विस्तृत जानकारी प्रदान गराएका हुन् । उक्त पत्रकार सम्मेलनमा ग्रेस इभेन्टका तर्फबाट अध्यक्ष सुरज थापा, सचिव पवन कोइराला, ब्राण्ड एम्वासडर(फिमेल) प्रमिता आर.एल राणा(नायिका/गायिका), ब्राण्ड एम्वासडर(मेल) महेश काफ्ले(गायक), एफ्लिक्टेड एम्वासडर एन्जल लामा(मिस पिंक,२०१८), तथा नमिता भण्डारी रहेका थिए भने अतिथिको रुपमा कमेडियन महादेव त्रिपाठी(जादुगर) तथा संचारकर्मी तथा इभेन्ट अर्गनाईजर राज लुइटेल रहेका थिए । प्रतियोगितामा सहभागि हुनका लागि १५ देखि २५ वर...
‘नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन’— पाकिस्तानी प्र.म. इमरान खान

‘नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन’— पाकिस्तानी प्र.म. इमरान खान

अन्तराष्ट्रिय, समाचार
काठमाडौं—फागुन २१। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् । जनताको चाहनाअनुसार कश्मीर समस्या समाधान गर्नेलाई व्यक्ति पुरस्कारका लागि योग्य हुने उनको भनाइ छ । सामाजिक सञ्जालमा इमरानले लेखेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ, जसले कश्मीरी जनताको इच्छाअनुसार कश्मीर विवाद अन्त्य गराउनेछ ।’ भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय विमान चालक अभिनन्दन वर्थमानलाई रिहा गरिदिएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न माग गर्दै अभियान पाकिस्तानमा चलाइएको छ । इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने माग गर्दै करिब ३ लाख मानिसले हस्ताक्षर संकलन गरिसकेका छन् । द्वन्द्व थप बढेर हिंसा फैलिने अवस्था सृजना हुन नदिन इमरानले अनपेक्षित र प्रशंसनीय भूमिका ...