मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

विश्व कीर्तिमानी गीतकार डीआर उपाध्यायको सामाजिक विभेद विरुद्धको गीत ‘हेला नगर’सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डीआर उपाध्यायको सामाजिक विभेद विरुद्धको गीत ‘हेला नगर’सार्वजनिक

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सामाजिक विभेद विरुद्धको गीत हेला नगर को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् । भिडिओ गीतकार उपाध्यायको आधिकारिक युट्युब च्यानल DR Music & Creations बाट २ घण्टा अघि मात्र रिलिज भएको हो। सन्तोष श्रेष्ठको सङ्गीत र अग्रज गायिका ज्ञानु राणाको स्वर रहेको यस गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ । https://youtu.be/9nglpkZ44BE सङ्गीतका भिन्न भिन्न ३२ विधामा वर्ल्ड रेकर्ड राख्न सफल डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । यसअघि प्रकाशित उनका २३ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत रहेका छन...
महंगीले धेरै मान्छेलाई तनाव

महंगीले धेरै मान्छेलाई तनाव

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, कोरोनाका कारणले नै अझै देशको अर्थतन्त्र माथि उठन सकिरहेको छैन । कोरोनाकै कारण धेरैले जागीर गुमाए । स्कुलमा पढाउने शिक्षक , शिक्षिकाहरु आधा तलवमा काम गर्न बाध्य भए । अझै पनि त्यहि स्थिती छ । निजी कम्पनीमा काम गर्ने कामदारहरुको पनि अवस्था यस्तै छ । कोरोना कहरको वहानामा श्रमजीविहरु मर्कामा परेका छन । व्यापार, व्यवसाय गर्नेहरूको आफनै पीडा छ । उनीहरु सटर , कोठाको भाडा तिर्न नसकेर रुदै हिडेको हामीले देखिरहेका छौ । कोरोनाका कारण सवै क्षेत्रको भविष्य डामाडोल बनेको छ । धेरै मान्छेको आम्दानी घट्दो छ । त्यसकारणले उनीहरुलाई बाँच्न धौ धौ छ । महंगीले धेरै मान्छेलाई तनाव बनाएको छ । महंगीले श्रमजीवी वर्ग शहरमा टिक्नै नसक्ने अवस्थामा पुगेका छन । मूल्यवृद्धि कसले रोक्ने ? जनता मार्कामा परे । कोरोनाले आम्दानीको बाटो हराएकाहरू पनि भौतारी रहेका छन । बिहान खाए बेलुकी र बेलुकी खाए बिहान...
एक वर्षमा सुनको मूल्य ३३.७ प्रतिशतले बढ्यो

एक वर्षमा सुनको मूल्य ३३.७ प्रतिशतले बढ्यो

आर्थिक, समाचार
एक वर्षमा सुनको मूल्य ३३.७ प्रतिशतले बढेको छ । एक वर्ष पहिला सुन चाँदीको मूल्य प्रति तोला ५९ हजार ६ सय रुपैयाँ प्रति तोला थियो । एक वर्षमा सुनको  ३० हजार ३०० रुपैयाँ प्रति तोलाले सुनको मूल्य बढेर ८९ हजार ९ सय रुपैयाँ प्रति तोला भएको थियो । शुक्रबार सुन चैत महिनाकै महंगो मूल्यमा खरिदबिक्री भयो । शुक्रबार  सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ प्रति तोलामा कारोबार भएको  छ ।   चाँदीको मूल्यमा भने ७७.७७ प्रतिशतले बढेको छ । एक वर्ष पहिला बैशाख २ गते ७ सय २० रुपैयाँ रहेको छ । २०७७ चैत २८ गते एक हजार दुई सय ८० रुपैयाँ रहेको छ । एक वर्षको बीचमा पाँच सय ६० रुपैयाँ बढेको छ । गत वर्षको पहिलो महिना बैंशाखमा स्थिर देखिएको सुनचाँदीको बजारमा बैखाशको अन्तिम हप्ता ६० हजार रुपैयाँ प्रति तोला पुगको थियो भने चाँदीमा भने पाँच रुपैयाँ घटेको थियो । गत वर्षको दोस्रो महिना जेठ...
भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ: पर्यटन मन्त्री भानुभक्त ढकाल

भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ: पर्यटन मन्त्री भानुभक्त ढकाल

राजनीति, समाचार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताए । उनले भने, “विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ । कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।” पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढ...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने १५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । यस्तै हालसम्म ३ हजार ३९ जनाको मृत्यु हुँदा सक्रिय संक्रमित २८ सय जना रहेका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती महारानीका श्रीमान ड्युक अफ एडिनबरा फिलिपको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती महारानीका श्रीमान ड्युक अफ एडिनबरा फिलिपको निधनप्रति दुःख व्यक्त

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती महारानीका श्रीमान ड्युक अफ एडिनबरा फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमार्फत प्रधानमन्त्रीले समवेदना प्रकट गरेका हुन्। ट्वीटरमा बोरिस जोन्सनलाई मेन्सन गर्दै ओलीले राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गर्दै नेपालले एक सच्चा मित्र गुमाएको उल्लेख गरेका छन्। राजकुमार निधनको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको थियो। यस्तै प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री काँग्रेस सभापति शेरबहादुर देउवाले पनि राजकुमार निधनप्रति दुःख व्यक्त गरेका छन्। ...
नेपाल राष्ट्र बैंकको आजको  विदेशी विनिमयदर

नेपाल राष्ट्र बैंकको आजको विदेशी विनिमयदर

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले आज (शनिवार) का लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८८ रहेको छ । त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ५३ पैसा रहेको छ । यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ६४ रुपैया २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । ...
विश्वभर कोरोना भाइरसको संक्रमणबाट २९ लाख भन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसको संक्रमणबाट २९ लाख भन्दा बढीको मृत्यु

अन्तराष्ट्रिय, समाचार
 विश्वभर कोरोना भाइरसको संक्रमणबाट २९ लाख भन्दा बढीको मृत्यु भइसकेको छ । भने १० करोडभन्दा बढी मानिसले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा मात्र ५ लाख ६ सय ३० जनाले कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरु संक्रमणमुक्त भएसँगै विश्वभर कोरोना संक्रमण मुक्त हुनेको संख्या १० करोड ८८ लाख ४५ हजार ४ सय ३१ पुगेको छ । यस्तै अहिलेसम्म विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा २९ लाख २७ हजार ४ सय ४० जना पुगेको विश्व स्वास्थ्य संगठन डब्लुएच्ओले जनाएको छ । ...
आइपीएलको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित

आइपीएलको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित

खेलकुद, समाचार
१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो । बैंगलोरको जितमा एवि डी भिलियर्स २७ बलमा ४ चौका र २ छक्का सहित ४८ रनको योगदानी दिए । अन्तिम दुई बलमा जितको लागि दुई रन चाहिएको थियो । पाँचौं बलमा मोहम्मद सिराजले एक रन लिए । अन्तिम बलमा हर्षल पटेलले एक रन जोड्दै बैंगलोरालाई रोमाञ्चक जित दिलाएका थिए । यस्तै, बैंगलोरका ग्लेन म्याक्सवेल २८ बलमा ३ चौका र २ छक्का सहित ३९ रनमा क्याच आउट भए । मुम्बईका लागि जस्प्रित बुमराहले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मार्को जानसेनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्या र ट्रेन्ट बोल्टले १/१ विकेट लिए । त्यसअघि टस हारेर ब्याट...
आज चैत २८ गते शनिवारको राशिफल

आज चैत २८ गते शनिवारको राशिफल

राशिफल, समाचार
आज विक्रम सम्बत २०७७ चैत २८ गते शनिवार । इश्वी सम्बत २०२१ अप्रिल १० तारिख । नेपाल सम्वत् ११४१ चिल्लागा । चैत्र कृष्णपक्ष चतुर्दशी , ३०:०५ बजे उप्रान्त औंसी । नक्षत्र: पूर्वभाद्रपदा , ०७:२९ बजे उप्रान्त उत्तरभाद्रपदा । करण: भद्रा १७:३२ बजेदेखि शकुनि , ४२:४४ बजे उप्रान्त नाग । योग : वब्रह्म , १४:१५ बजे उप्रान्त वैधृति । आज सूर्योदय बिहान ५ बजेर ४७ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर २५ मिनेटमा हुने छ । आजको राशिफल निम्नानुसार छ– मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक जीवन यथावत रहने छ । व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । वृष (इ, उ,...