विश्वभरमा गत २४ घण्टामा साढे ४ लाख बढि कोरोनाका संक्रमित थपिए
विश्वभरमा गत २४ घण्टामा साढे ४ लाख बढि कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार गत २४ घण्टामा ४ लाख ५१ हजर ६ सय बढि कोरोनाका संक्रमितहरु थपिएका हुन्। यो सँगै विश्वमा हालसम्म कोरोनाका संक्रमितको संख्या ४ करोड २९ लाख १७ हजार बढि रहेको छ।
तथ्यांक अनुसार २४ घण्टामा मात्र कोरोनाका कारण ५ हजार ५ सय बढिले ज्यान गुमाएका छन्। गत वर्षको डिसेम्बरमा चीनबाट देखिएको कोरोना भाइरसले हालसम्म ११ लाख ५४ हजार ३ सय बढिको ज्यान लिइसकेको छ। विश्वमै सबैभन्दा बढि अमेरिकामा २ लाख ३० हजार बढिको कोरोनाका काराण ज्यान गएको छ।
गत २४ घण्टामा सबैभन्दा बढि अमेरिकामा ७८ हजार ६ सय ७१ कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ लाख २७ हजार १ सय बढि रहेको छ। गत २४ घण्टामा कोरोनाकै कारण अमेरिकामा करिव ८ सयले ज्यान गुमाउनु परेको छ।
अमेरिकापछि विश्वका कोरोना प्...









