बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरयो

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको आइपिएल–१३ को ४० औँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरको छ।

जितका लागि प्राप्त १५५ रनका लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टा गर ।

हैदराबादका मनिष पाण्डे र विजय शंकरले शानदार प्रदर्शन गरे। पाण्डे ८३ रनमा अविजित रहँदा शंकरले अविजित ५२ रन बनाए ।

पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे । यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

जितसँगै १० खेलमा ८ अंक जोडेको हैदराबाद तालिकाको पाँचौ स्थानमा उक्लेको छ। ११ खेलमा ८ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *