बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

लियोनल मेस्सीको सम्झौताका सम्बन्धमा गरेको व्यवहारलाई लिएर डिफेन्डर जेराड पिकेले बार्सिलोनाको गरे आलोचना

लियोनल मेस्सीको सम्झौताका सम्बन्धमा गरेको व्यवहारलाई लिएर डिफेन्डर जेराड पिकेले बार्सिलोनाको आलोचना गरेका छन् ।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति एल क्लासिको अर्थात बार्सिलोना र रियल मड्रिडबिच खेल हुँदैछ । सिजनको पहिलो एल क्लासिकोको अघि पिकेले क्लबको आलोचना गरेका हुन् ।

कप्तान मेस्सीले यो सिजन क्लबबाट बाहिरिन इच्छा व्यक्त गरेका थिए । तर बार्सिलोनाले उनलाई बाध्य पारेर क्लबमै राखेको छ ।

क्लबका सर्वकालीन सर्वाधिक गोलकर्ता मेस्सी सम्झौता रहेको नियमका कारण अदालती झमेला हुन सक्ने भन्दै मन नभएर पनि बार्सिलोनामै बस्ने निर्णय गरे ।

मेस्सी सबथोक पाउनका लागि योग्य रहेको बताएका पिकेले भने, ‘हाम्रो शक्ति सुरक्षित हुनु पर्छ, यसलाई बेवास्ता गर्न मिल्दैन । नयाँ रंगशाला मेस्सीको नाममा राखिनु पर्छ र त्यसपछि स्पोन्सर गरिनु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *