शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

अमेरिकामा यो पटकको राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या झण्डै ३० प्रतिशत

अमेरिकामा यो पटकको राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या लगातार बढ्दो क्रममा देखिएको छ ।

हालसम्म चार करोड बढी मतदाताले आफ्नो मत खसालेको निर्वाचन आयोगलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले लेखेका छन् ।

सन् २०१६ को चुनावमा १३ करोड ६० लाख मत खसेको थियो ।

अहिलेसम्म खसेको मत त्यसको झण्डै ३० प्रतिशत हो ।

आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा हालका रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिएका छन् ।

पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन अघि देखिएका छन् ।

तर केही महत्वपूर्ण राज्यहरुमा भने उनको अग्रता साँघुरो छ ।

चुनावका लागि दुई हप्ता कम समय रहेका बेला ४७ राज्य र डिसीबाट प्राप्त भएको तथ्यांक अनुसार हुलाक वा अग्रिम मतदान स्थलमा गएर भोट हाल्नेको संख्या विगतको भन्दा धेरै पुगिसकेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *