आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

बैंगलोर कोलकत्तामाथि आठ विकेटले विजयी

बैंगलोर कोलकत्तामाथि आठ विकेटले विजयी

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ६ काठमाडौं । कोलकत्ता नाइट राइडर्सले दिएको झिनो लक्ष्य १३ ओभरमा भेट्दै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति शेख जायद क्रिकेट स्टेडियममा भएको खेलमा बैंगलोरले कोलकत्तालाई आठ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेकोको कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । ​बैंगलोरका लागि देवदूत पड्डीकल २५ र आरोन फिन्चले १६ रन जोडे । गुर्किरात सिंह २१ र कप्तान विराट कोहली १८ रनमा अविजित रहे । पहिलो ब्याटिङ गरेको कोलकत्ता बैंगलोरसामू निरिह देखियो । उसले २० ओभर खेल्दा ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाउँदा कोलकत्ताका लागि लक्की फर्गुसन १९, कुलदिप यादवले १२ र टम बानटनले १० रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक ...
अमेरिकी राष्ट्रपति ट्रम्पको चिनियाँ बैंकमा खाता

अमेरिकी राष्ट्रपति ट्रम्पको चिनियाँ बैंकमा खाता

अन्तराष्ट्रिय
कात्तिक ५ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक चिनियाँ बैंकमा आफ्नो खाता भएको बताएका छन् ।यस बैंकको खातालाई ट्रम्प इन्टरनेशनल होटल्स म्यानेजमेन्टले नियन्त्रित गर्छ र सन् २०१३ र २०१५ को बीच यस बैंक खाताबाट स्थानीय करको भुक्तानी पनि गरिएको न्युयोर्क टाइम्सको एक रिपोर्टमा जनाइएको छ । डोनाल्ड ट्रम्पका प्रवक्ताका अनुसार एसियामा होटल उद्योगसँग जोडिएका सम्भाव्यताहरु खोज्नको लागि यो बैंक खाता खोलिएको थियो । राष्ट्रपति ट्रम्पले चीनमा व्यापार गर्ने अमेरिकी कम्पनीहरुको आलोचना गर्दै आएका छन् र उनले चीनविरुद्ध व्यापारिक लडाइँ पनि गरिरहेका छन् । न्युयोर्क टाइम्स अखबारले डोनाल्ड ट्रम्पको कर तिरिएको रेकर्डबाट यो बैंक खाताको बारेमा पत्ता लगायो, जसमा ट्रम्पको व्यक्तिगत र कम्पनी, दुवैको वित्तीय विवरण समावेश थियो । अखबारले आफ्नो पछिल्लो रिपोर्टमा सन् २०१६–२०१७ मा ट्रम्प अमेरिकाको राष...
बार्सिलोनाको विजयी सुरुवात

बार्सिलोनाको विजयी सुरुवात

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ५ काठमाडौं । लियोनल मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन शानदार जितबाट गरेको छ। अन्तिमको २२ मिनेट १० खेलाडीमा सीमित भएको समूह जी मा रहेको बार्सिलोनाले फेरेनक्सारोसी टिसीलाई ५–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि २७ औँ मिनेटमा पाएको पेनाल्टीमा कप्तान लियोनल मेस्सीले गोल गरे। उनले च्याम्पियन्स लिगको १६ औँ सिजनमा गोल गरेर म्यानचेस्टर युनाइटेडका पूर्व वेङ्गर रायन गिग्सले च्याम्पियन्स लिगका १६ सिजनमा गोल गरी बनाएको कीर्तिमानसँग बराबरी गरे । ४२ औँ मिनेटमा आन्सु फातीले गोल गरे । ५२ औँ मिनेटमा फिलिप कोन्टिन्होले गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता लियो । ८२ औँ मिनेटमा १७ वर्षे किशोर पेद्रो गोन्जालेज लोपेजले बार्सिलोनाका लागि गोल गरे । उनले सिनियर गेममा पहिलो गोल गरेका हुन् । यस्तै ८९ औँ मिनेटमा उसमान डेम्बेल...
अर्जेन्टिनामा सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो

अर्जेन्टिनामा सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो

अन्तराष्ट्रिय
कात्तिक ५ काठमाडौं । अर्जेनिटनामा सोमबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी सङ्क्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । विवरण अनुसार पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अर्जेनिटनामा सङ्क्रमितमध्ये अहिलेसम्म कूल २६ हजार ७०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको तथ्याङ्क अनुसार अर्जेन्टिनामा कूल आठ लाख सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । विश्वमा अमेरिका, भारत, ब्राजिल र रूसपछि धेरै कोभिड–१९ सङ्क्रमित रहेको मुलुक अर्जेन्टिना हो । विश्वमा कोरोनाभाइरसका कारण मङ्गलबारसम्म चार करोड ७१ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित बनेका पुष्टि भएको छ । विश्वभर कोभिड–१९ सङ्क्रमित ११ लाख २३ हजार ८६८ व्यक्तिको मृत्यु भएको छ ...
क्षतिपूर्ति तिर्ने प्रतिबद्धता पूरा गरे सुडानलाई आतंकवाद राष्ट्रको सूचीबाट हटाइने

क्षतिपूर्ति तिर्ने प्रतिबद्धता पूरा गरे सुडानलाई आतंकवाद राष्ट्रको सूचीबाट हटाइने

अन्तराष्ट्रिय
कात्तिक ५ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद पीडितहरू र उनीहरूका परिवारलाई ३३ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्ने प्रतिबद्धता पूरा गरेमा सुडानलाई आतंकवाद प्रायोजक राष्ट्रहरूको सूचीबाट हटाइने बताएका छन्। तर सुडानी आक्रमणमा घाइते भएकाहरुमध्ये केहीले राष्ट्रपति ट्रम्पको शर्त स्वीकार्य नभएको प्रतिक्रिया दिएका छन्। यो कदमले अफ्रिकी मुलुक सुडानका लागि अन्तर्राष्ट्रिय ऋण र सहायता लिन बाटो खुल्नेछ जसबाट पहिल्यै संकटग्रस्त सुडानी अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन र देशको लोकतन्त्रलाई सही मार्गमा ल्याउन ढोका खोल्नेछ।  अमेरिकी राष्ट्रपति पदको चुनाव हुनु दुई हप्ता अगाडि उक्त घोषणा गरिएको छ। ट्रम्प प्रशासनले सुडान समेत अन्य अरब देशहरूलाई इजरायलसँग दौत्य सम्बन्ध स्थापना गर्न सहजीकरण समेत गरिरहेको छ।  सुडान र इजरायलबीचको सम्बन्ध सामान्यीकरण गर्न सुडानला...
इटालीमा कोरोना संक्रमण रोक्न कर्फ्यू

इटालीमा कोरोना संक्रमण रोक्न कर्फ्यू

अन्तराष्ट्रिय
कात्तिक ५ काठमाडौं । इटालीमा कोरोना संक्रमण रोक्न कर्फ्यू लाग्ने भएको छ। इटालीको लोम्बार्डिया क्षेत्रमा बिहीवार राती ११ बजे देखी बिहान ५ बजेसम्म कर्फ्यू लाग्ने भएको हो। अहिले तत्कालको लागि कर्फ्यूको समय तीन हप्ताको लागि तोकिएको छ। यो समयमा कसैलाई पनि घरबाट बाहिर निक्लन अनुमति नभए पनि बाहिर निक्लन आवश्यक परेको खण्डमा के गर्ने भन्ने बारे जानकारी आउन बाँकी छ। लोम्बार्डिया क्षेत्रमा सङ्क्रमितको संख्या दैनिक रूपमा बढीरहेको छ। यो क्षेत्रबाट नै फेब्रुअरी २१ मा पहिलो पटक इटालीमा कोरोना संक्रमण देखिन सुरु भएको थियो। अहिले आठ महिनापछि पनि लोम्बार्डिया क्षेत्रमै संक्रमणको संख्यामा तीब्र वृद्धि भएको छ। यसअघि नै इटालीको सबै शहरहरुमा मास्क अनिवार्य गरिएको थियो। रेस्टुरेन्ट, वार र पबहरु राती १२ बजे सम्म मात्रै खोल्न अनुमति दिइएको थियो भने बेलुका ९ बजे पछि रेस्टुरेन्ट, वार र पब बाहिर जम्मा हुन प...
पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हरायो

पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हरायो

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ५ काठमाडौं । यूएईमा जारी आईपीएल २०२० को हिजो मंगलबार रातिको खेलमा किंग्स एलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ ।दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान १४ रन जोडेका थिए ।पञ्जाबका लागि मोहम्मद शमीले २ विकेट लिन सफल भए । जिम्मि निशम, मुरूगन अश्विन र ग्लेन म्याक्सवेलले १र१ विकेट लिए । ‘ पञ्जाबले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै जित हासिल गर्यो।पञ्जाबका निकोलस पूरनले सर्वाधिक ५३ रन बनाए ।ग्लेन म्याक्सवेलले ३२ रन तथा क्रिस गेलले २९, कप्तान केएल राहुलले १५ रन जोडे । ...
विश्वभरमा अहिले ३ करोड कोरोनामुक्त,९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित

विश्वभरमा अहिले ३ करोड कोरोनामुक्त,९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वल्ड्रोमिटरले जनाएको छ । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित छन् । जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ । ११ लाख २२ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् । २ लाख २५ हजारको भने ज्यान गएको छ । यस्तै ७५ लाख ९४ हजार सङ्क्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको ज्यान गएको छ । ...
सवालजवाफ दिँदै डब्लूएचओले भन्यो – ‘कोरोनाको खोप लगाउन २०२२ सम्म पर्खनुपर्छ’

सवालजवाफ दिँदै डब्लूएचओले भन्यो – ‘कोरोनाको खोप लगाउन २०२२ सम्म पर्खनुपर्छ’

अन्तराष्ट्रिय
कात्तिक ४ काठमाडौं । कम उमेरका र स्वस्थ मानिसले कोरोना खोप आइसकेपछि पनि आफ्नो पालोका लागि लामो समय पर्खन तयार रहनुपर्ने विज्ञहरुले बताएका छन् । डब्लूएचओले सञ्चालन गरेको सवालजवाफ कार्यक्रममा स्वास्थ्यविद् सौम्या स्वामिनाथमले भनिन्, “धेरै मानिसहरुले यस्तो सोचिरहेका होलान् कि जनवरी या अप्रिलमा खोप आउनासाथ म लगाउँछु अनि सबै पहिलेकै सामान्य अवस्थामा पुग्नेछ । तर, वास्तविकता त्योभन्दा धेरै फरक हुनेछ ।” उनले थप भनेकी छन्, “खोप लगाउने सम्बन्धी धेरै नयाँ निर्देशिकाहरु आउनेछन् र मेरो विचारमा एक साधारण व्यक्ति जो स्वस्थ छ उसले खोप लगाउन २०२२ सम्म कुर्नुपर्ने हुन्छ ।” युवाको पनि कोरोना लागेर गम्भीर बिरामी परि मृत्यु हुन सक्छ भने उनीहरुले संक्रमण पनि फैलाउन सक्छन् तर अहिलेसम्मका डाटाबाट प्राप्त प्रमाणहरु हेर्दा उनीहरुको स्वास्थ्यमा कोभिडका कारण जटिल समस्या आउने सम्भावना वृद्ध र दीर्ग रोग...
कोरोना महामारीसँग जुधिरहेको अमेरिकमा गयो शक्तीशाली भूकम्प, सुनामीको चेतावनी

कोरोना महामारीसँग जुधिरहेको अमेरिकमा गयो शक्तीशाली भूकम्प, सुनामीको चेतावनी

अन्तराष्ट्रिय
कात्तिक ४ काठमाडौं । कोरोना संकटकोमहामारीमा गुर्जिरहेको अमेरिकामा फेरी शक्तीशाली भुकम्प गएको छ । समाचारमा जनाइए अनुसार अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको हो । भुकम्प पछि अब त्यहा सुनामी आउने चेतावनी जारी गरिएको छ । केही स्थानमा सुनामीका साना लहर देखिइसकेको समेत समाचारमा जनाइएको छ । कम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम छ । भूकम्प १० किलोमिटरको गहिराइमा गएको थियो । भूकम्प नेपाली समयअनुसार बिहान साढे २ बजेतिर गएको हो । ...