आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हरायो

कात्तिक ५ काठमाडौं । यूएईमा जारी आईपीएल २०२० को हिजो मंगलबार रातिको खेलमा किंग्स एलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ ।दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान १४ रन जोडेका थिए ।पञ्जाबका लागि मोहम्मद शमीले २ विकेट लिन सफल भए । जिम्मि निशम, मुरूगन अश्विन र ग्लेन म्याक्सवेलले १र१ विकेट लिए । ‘

पञ्जाबले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै जित हासिल गर्यो।पञ्जाबका निकोलस पूरनले सर्वाधिक ५३ रन बनाए ।ग्लेन म्याक्सवेलले ३२ रन तथा क्रिस गेलले २९, कप्तान केएल राहुलले १५ रन जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *