आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

काठमाडौं उपत्यकामा मेघगर्जन सहित बर्षा

काठमाडौं उपत्यकामा मेघगर्जन सहित बर्षा

माैसम, समाचार
काठमाडौं उपत्यकामा अहिले मेघगर्जन सहित बर्षा भइरहेको छ। लामो समयपछि उपत्यकामा पानी परेको हो। उपत्यकाका केहि क्षेत्रमा चट्याङ समेत परेको छ। मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा हावाहुरी तथा चट्याङसहित असिनापानीको सम्भावना रहेको उल्लेख गर्दै सचेत रहन आग्रह गरेको छ। शुक्रबार अपरान्ह सामाजिक सञ्जालमार्फत महाशाखाले ‘हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ को पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरुमा मेघ गर्जन, चट्टयाङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकसित भैरहेकोले सतर्कता अपनाउन’ अनुरोध गरेको छ। ...
पछिल्लो २४ घण्टामा ९ सय जना कोभिड–१९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ९ सय जना कोभिड–१९ संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा कोरोना भाइरस संक्रमणका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पछिल्लो २४ घण्टामा ९ सय जना कोभिड–१९ संक्रमित थपिएका छन्। यो मंसिर महिनायताकै उच्च संक्रमितको संख्या हो । ६ हजार १५८ वटा नमुामाको परीक्षण गरिएकोमा नौ सय जनाको नतिजा पोजेटिभ आएको हो। योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ९० सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज २ सय ८ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७४ हजार ४ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। आज संक्रमित भएकामा ८१ जना बालबालिका मात्रै छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका हुन्। ...
नेपालमा ४९० जना नयाँ संक्रमित थपिए

नेपालमा ४९० जना नयाँ संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा ४९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४९० जना नयाँ संक्रमित थपिएका हुन् ।    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ रहेको छ । संक्रमित मध्ये दुई लाख ७४ हजार ६०४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या तीन हजार ६६ रहेको छ ।        पछिल्लो २४ घण्टामा १५७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०६६ पुगेको छ ।   ...
नेप्से आज  उच्च विन्दुमा,८ अर्ब ६३ करोड ६६ लाख बराबरको कारोबार

नेप्से आज उच्च विन्दुमा,८ अर्ब ६३ करोड ६६ लाख बराबरको कारोबार

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से नेप्से दुई हजार सात सय ३५ दशमलब ४६ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र ३१ गते बुधबार नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।        नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २०.६१ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ४० विन्दुमा पुगेको छ ।     त्यस्तै, आज ८ अर्ब ६३ करोड ६६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये दुई समूह बाहेक अन्यसबै समूह बढेका छन् ।   ...
नेपाल आयल निगमको  (इआरपी) परियोजना सञ्चालनमा

नेपाल आयल निगमको (इआरपी) परियोजना सञ्चालनमा

आर्थिक, समाचार
 नेपाल आयल निगम अहिले आफूलाई पूर्णतः डिजिटाइज गर्ने अभियानमा जुटेको छ । निगमका आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण कार्य गर्ने गरी निगमले नयाँ सफ्टवेयर भित्र्याउँदै छ । तेल र ग्यासको कारोवार गर्ने विश्वका ७० प्रतिशतभन्दा बढी संस्था, कम्पनीले यो सफ्टवेयर प्रयोगमा ल्याइरहेको निगमका इञ्जिनीयर राजन नेपाल बताउछन् । निगमले हाल विभिन्न कार्यका लागि भिन्नभिन्न सफ्टवेयर प्रयोग गरिरहेको छ । यसका लागि कर्मचारी प्रशासन, लेखा, बिलिङ जस्ता सफ्टवेयर प्रयोगमा रहेका छन् । अब यो नयाँ प्रणाली शुरु भएपछि त्यस्तो हुने छैन । यी सबै इकाइलाई एकै सफ्टवेयरभित्र एकीकृत गरिने छ । निगमले यो योजना सफल बनाउन अहिले इन्टरप्राइज रिसोर्स प्लान (इआरपी) परियोजना सञ्चालन गरिरहेको छ । के हो इआरपी ? विसं २०७७ साउन १ गतेदेखि शुरु भएको यो इन्टरप्राइज रिसोर्स प्ला...
मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

समाचार, समाज
 तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते छन् । बुधबार मध्यराति नयाँ वर्षको दिन भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा५३प ६९३८ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकनजिक दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार धुलिखेल नगरपालिका-१० का ३२ वर्षीय महेश शाहको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँ बस्ने चालक २२ वर्षीय महेन्द्र शाह घाइते छन् । उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ । मोटरसाइकल सडकको बायाँतर्फको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुबैले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । नयाँ वर्ष मनाउने क्रममा मदिरा सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ...
रुरु जलविद्युतको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने

रुरु जलविद्युतको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने

आर्थिक, समाचार
रुरु जलविद्युतले जारी गरेको आईपीओमा भोलि (शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओ शुक्रबार बिहान साढे ८ बजे एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको हो। कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा करिब १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो। यस अनुसार कम्पनीको आइपीओमा आवेदन दिने झण्डै ९८ प्रतिशत लगानीकर्ताको हात खालि हुने प्रारम्भिक तथ्याँकले देखाउछ। ...
काठमाडौं उपत्यका सहित१४ जिल्ला सरकारको अति प्रभावित सूचीमा,सर्तकता अपनाउन अनुरोध

काठमाडौं उपत्यका सहित१४ जिल्ला सरकारको अति प्रभावित सूचीमा,सर्तकता अपनाउन अनुरोध

समाचार, स्वास्थ्य
नेपालमा कोरोना भाइरस संक्रमणका घटना बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्तकता अपनाउन अनुरोध गर्दै अपील जारी गरेको छ। मन्त्रालयले काठमाडौं उपत्यका सहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको जनाएको छ। यस क्षेत्रमा विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। आग्रह गरेको छ। ...
नयाँ सरकार गठनबारे शेरबहादुर देउवा र  ‘प्रचण्ड’बीच छलफल

नयाँ सरकार गठनबारे शेरबहादुर देउवा र ‘प्रचण्ड’बीच छलफल

राजनीति, समाचार
नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार राति अबेरसम्म वार्ता भएको छ। देउवासँग छलफल गरेर जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई  देउवा निवास (बूढानीलकण्ठ) बाट मंगलबार साँझ साढे ५ बजेतिर निस्किएका थिए। त्यसपछि देउवा र प्रचण्डबीच देउवाको ससुराली नाता पार्ने प्रमोद राणाको निवास (महाराजगन्ज) मा छलफल भएको हो। ...
राष्ट्रपति विद्यादेवी भण्डारीको नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीको नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश

समाचार, समाज
राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन्। नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेकी हुन्। उनले संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, विश्व खुशी प्रतिवेदन–२०२१ मा नेपाललाई दक्षिण एशियाको सबैभन्दा खुशी मुलुकको रूपमा उल्लेख गरिनु, कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्...