आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

राजनीति, समाचार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ४ बजेका लागि बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । बैठक शुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो । छलफलपछि तयारी नपुगको भन्दै आइतबारको बैठक स्थगित गरिएको थियो । कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डाकिएको जनाइएको छ । आजको वैठकमा पछिल्लो राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । ...
नेप्से आज (आइतबार) भारी अंकले गिरावट,८ अर्ब ८० करोड १८ लाख बराबरको कारोबार

नेप्से आज (आइतबार) भारी अंकले गिरावट,८ अर्ब ८० करोड १८ लाख बराबरको कारोबार

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (आइतबार) भारी अंकको गिरावट आएको छ । आज नेप्से ३५.८९ अंकले घटेर दुई हजार छ सय ९९ दशमलब ५१ विन्दुमा थामिएको छ ।    नेप्सेका अनुसार आज ८ अर्ब ८० करोड १८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये एक समूह बाहेक अन्य सबै समूह घटेका छन् ।   त्यस्तै, आज चार कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज सर्वाधिक शेयर बढ्नेमा महिला लघुवित्त वित्तिय संस्था, ज्याति लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड र दिव्याश्वरी हाइड्रोपावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेका छन् ।   ...
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अथ्यांक सार्वजनिक गर्दै करिब ६ हजारको परीक्षण गरिएकोमा १०९६ जना संक्रमित पुष्टि भएको बताए। उनका अनुसार ५०८४ जनाको पीसीआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण देखिएको थियो भने ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जना संक्रमित रहेको पुष्टि भएको छ। गत असाजे यता नयाँ संक्रमितको संख्या एकहजार नाघेको यो पहिलो पटक हो। नेपालमा अहिले संक्रमण दर उच्च रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमणदर १८ प्रतिशतभन्दा माथि देखिएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २९० पुगेको छ। प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले कोरोनाबारे बोल्ने जनस्वास्थ्य विद्हरुलाई पनि जथाभावी नबोल्न भनेका छन्। उनले नेपालमा हरेक उमेर समूह कोरोनाको जोखिममा रहेको भन्दै कुनै...
संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरियो:सभामुख अग्निप्रसाद सापकोटा

संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरियो:सभामुख अग्निप्रसाद सापकोटा

राजनीति, समाचार
सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमाथि घेराबन्दी गरिएको बताएका छन्। संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरिएको र बिभिन्न अभिव्यक्ति आउने गरेको उनले बताए। यसलाई कुनै व्यक्ति वा अधिकारीबीचको टक्करको रुपमा लिन नहुने र यो प्रवृत्तिबीचको टक्कर भएको उनको भनाइ छ। यो टक्कर दृष्टिकोणमा र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भएको उनले बताए। सापकोटाले अहिलेको टक्कर संविधानको रक्षा गर्ने कुरासँग पनि सम्बन्धित रहेको बताए। ‘भन्नेले के भनेको छ, मैले वास्ता गरेको छैन, मैले लुरुलुरु काम गरेको छु,’ आइतबार आयोजित पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण कार्यक्रममा उनले भने ‘मैले देश र जनताका विपक्षमा केहि गरेको छैन।’ उनले अहिले पनि संघीय संसदमाथि घेराबन्दी भइरहेको बताए। कसले घेराबन्दी गरेको हो भन्ने भने उनले खुलाएनन्। उनले आफूले कसैको दबाव, प्रभावबिन...
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे

समाचार, समाज
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन्। तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन्। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैँडा मृतावस्थामा फेला परेको थियो। गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए। तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैँडा मरेपछि निकुञ्जले गैँडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ। प्राकृतिक कारणले मरेका गैँडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन्। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ। हालै गैँडा गणना भएपछि कुन क्षेत्रमा कति गैँडा छन् भन्ने यकिन तथ्याङ्क आइसकेको छैन। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बर...
फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

आर्थिक, समाचार
पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको छ। नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ। यसअघि सरकारले गत चैत २२ गते मूल्य बढाएको थियो। अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल, मटितेलको १०४ रुपैयाँ तय गरिएको छ। विद्यार्थीहरुले मूल्य वृद्धिविरुद्ध आन्दोलन गरिरहेका बेला फेरि मूल्य बढाइएको हो। ...
विश्वभरमा कोभिड–१९ का कारण ३० लाख बढीको मृत्यु

विश्वभरमा कोभिड–१९ का कारण ३० लाख बढीको मृत्यु

अन्तराष्ट्रिय, समाचार
विश्वभरमा कोभिड–१९ का कारण ३० लाख बढीको मृत्यु भएको छ । अमेरिकाको जोन्स हपिकिंस विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरैको मृत्यु भएको हाे । यी तीन देशहरुमा मृत्यु हुनेको संख्या १० भन्दा बढी रहेको छ । समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले विश्वभर पछिल्लो केही हप्तामा औसमत १२ हजार संक्रमितको व्यक्ति मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गीब्रिएसुसले शुक्रबार चेतावनी दिँदै भनेका छन्, ‘अवस्था निकै चिन्ताजनक भएको छ र मृत्यु हुनेको संख्या पनि चिन्ताजनक रुपमा बढिरहेको छ । विश्वभर हरेक हप्ता मृत्यु हुनेको संख्या पछिल्लो दुई महिनाको भन्दा दुई गुणा भएको छ ।’ केहि हप्ता पहिलेसम्म भारतमा महामारी अपेक्षाकृतरुपमा नियन्त्रणमा थियो । जनवरी र फेब्रअरीका अधिकांश दिनमा २०,००० भन्दा कम थियो । १३० करोड जनसंख्या भएको देशमा यो संख्या कम हो ।...
प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन एमसीसीलाई पारित गर्ने तयारीमा

प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन एमसीसीलाई पारित गर्ने तयारीमा

राजनीति, समाचार
प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले विजनेस नदिइकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ । संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत विषयलाई सभामुखले आड्काएको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवासा बेलाएको सर्वदलीय बैठकमा सभामुखले एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा पेस नगर्नु संविधानविपरीत भन्दै आलोचना गरेकाे खबर नागरिक दैनिकमा छ । बैठकमा एसीसी सदनबाट पास गर्नुपर्ने विषय आएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतले विरोध गरेका थिए भने नेपाली काँग्रेसका सभापति शेरबहादु...
कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेकोले  विद्यार्थीलाई आलोपाले गरेर पढाउन शिक्षा मन्त्रालयले निर्देशन

कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेकोले विद्यार्थीलाई आलोपाले गरेर पढाउन शिक्षा मन्त्रालयले निर्देशन

शिक्षा, समाचार
कोरोना भाइरसको संक्रमण पुनः बढ्दो अवस्थामा रहेकोले विद्यालयमा विद्यार्थीलाई आलोपाले गरेर पढाउन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव दीपक शर्माद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा संक्रमण पुनः बढ्दो अवस्थामा रहेकोले विद्यालयमा विद्यार्थीलाई आलोपाले गरेर पढाउन भनिएको हो ।  विज्ञेप्तीमा भनिएको छ, ‘शिक्षण संस्थाहरु सञ्चालन गर्दा भीडभाड नहुने गरि विद्यार्थीको संख्या एवम् संस्थाको मौजु्दा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको पछिललो अवस्थासमेतलाई विचार गरी स्थानिय तहसंग समन्वय एवम् परामर्श गरि आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई सम्बन्धीत संस्थाले सिकाई कृयाकलाप सञ्चालन गर्ने वयवस्था मिलाउनु ।’    शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय कोरोना संक्रमण उच्च भएका जिल्लामा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा स्थानीय निकायको निर...
रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट

रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट

आर्थिक, समाचार
रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट भएको छ। शुक्रबार बिहान आईपीओ  बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो। जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये ३७ हजार ९१६ जना आवेदकले कम्पनीको १० कित्ता शेयर प्राप्त गरेका छन्। आईपीओ रिजल्ट सम्बन्धित कम्पनी, विक्री प्रबन्धकको वेवसाइट र सिडिएससीको मेरो शेयरसँगै सिडिएससीले निर्माण गरेको नयाँ वेवसाइट डट सिडिएससी डट कम डट एनपी (www.iporesult.cdsc.com.np) बाट बाँडफाँटको नज...