आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा

अन्तराष्ट्रिय, समाचार
कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन घोषणा गरिएको हो । लकडाउनका समयमा सरकारी कार्यालयहरुमा १५ प्रतिशत कर्मचारी मात्र काममा रहने व्यवस्था मिलाइएको त्यहाँको सरकारले जनाएको छ । विवाह महोत्सव २५ जनाको समूहमा २ घण्टामा उपस्थित हुन पाउने प्रावधान तय गरिएको छ । साथै एक जिल्लाबाट अर्को जिल्लामा कोही पनि आवतजावत गर्न नपाइने नियम लागु गरिएको छ । महाराष्ट्र राज्यमा हिजो एकै दिन ६७ हजार भन्दा बढी संक्रमित पुष्टी हुनुका साथै ५ सय बढीको मृत्यु भएपछि त्यहाँ लकडाउन गरिएको महाkराष्ट्र राज्य सरकारले जनाएको छ । यसैबीच महाराष्ट्रमै अक्सिजन ट्यांक लिक हुँदा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जकिर हुसेन नगर अस्पतालमा बिरामीले अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको एनडीटीभीले उल्लेख गरेको छ । ट्यांकबाट अक्सिजन चु...
भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

समाचार, समाज
भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् । बुधवार राति सवा ९ बजे बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको ज्यान गएको हो । पाठकको उपचारका क्रममा बुधवार राति मध्यपुर अस्पताल थिमिमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका र उनको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । ...
राष्ट्रिय सभातर्फ रिक्त  पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव

राष्ट्रिय सभातर्फ रिक्त पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव

राजनीति, समाचार
निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय सभातर्फको रिक्त पदका लागि उपनिर्वाचन गर्न प्रस्ताव गरेको खबर राजधानी दैनिकमा छ । तर, सरकारले भने आयोगको प्रस्तावलाई सुनेको छैन । यस्तै प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका रिक्त पदमा पनि उपनिर्वाचन कहिले हुने टुंगो छैन । आयोगले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर उपनिर्वाचनका लागि तयार रहेको सन्देश दिइसकेको छ । आयोगका एक आयुक्तले उपनिर्वाचन हुन्छ कि जस्तो भएको तर हुने अवस्था नरहेको बताए । ‘उपनिर्वाचन गर्न आयोग तयार छ, निर्वाचन हुन्छ कि जस्तो हुन्छ तर हुने वातावरण बनेको छैन, प्रधानमन्त्रीज्यूलाई थोरै संख्यामा भए ६० दिनमा सक्छौं भनेका छौं, संख्या बढ्ने क्रम जारी छ,’ आयोगका...
आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा

आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले बढेको छ । सोमबार नेप्से ३७.५८ अंकले घटेर दुई हजार छ सय ६१ दशमलब ९४ विन्दुमा थामिएको थियो ।  आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा थामिएको छ भने ५ अर्ब ५३ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका एउटा समूहमध्ये चार समूह बाहेक अन्यसबै समूह बढेका छन् । त्यस्तै, आज आठ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।    ...
कुम्भ मेलाबाट फर्केका पूर्वराजा- रानीलाई कोरोना संक्रमण

कुम्भ मेलाबाट फर्केका पूर्वराजा- रानीलाई कोरोना संक्रमण

समाचार, समाज
कुम्भ मेलाबाट फर्केका पूर्वराजा दम्पत्तिलाई कोरोना संक्रमण भएको छ। भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएका पूर्वराजा रानीले नेपाल फर्केपछि कोरोना संक्रमण परीक्षण गराएका थिए। उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ। कन्ट्याक्ट ट्रेसिङ थालिएको अधिकारीहरुले बताएका छन्। भारतको कुम्भमेलामा सहभागी भएका केहि भक्तजनलाई कोरोना देखएिपछि पूर्वराजाको पनि परीक्षण गरिएको थियो। ...
मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

खेलकुद, समाचार
 नेपाल धितोपत्र बोर्ड मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डले यही वैशाख ५ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले गत माघ ७ गते प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। त्यस अनुसार कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ। यो कम्पनीको चुक्ता पूँजीको २५ प्रतिशत हो। कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गर्ने छ भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीले उक्त शेयर प्रत्याभूतिका लाग...
सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै

सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै

समाचार, स्वास्थ्य
सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ। गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन्। पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो। विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ ...
आज चैते दसैं , घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

आज चैते दसैं , घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

समाचार, समाज
काठमाडौं । चैते दसैं पर्व आज हिन्दु नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन्। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने दशैं यो वर्ष बैशाख महिनामा परेको छ । बडादसैंको जसो मान्यजनबाट टीका र जमरा लगाउने परम्परा नभए पनि चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ। देशका विभिन्न शक्क्तिपीठमा भक्तजनहरु आजको दिन पूजाआजा गर्ने चलन छ । यो वर्ष कोभिड १९ को जोखिमका कारण सामाजिक दुरी कायम गरेर पूजापाठ गर्ने व्यवस्था मिलाइएको छ । सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी जम्मा नहुन निर्देशन गरेको छ । प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दसैं घरमा चैते दसैंका दिन पनि बलिसहित पूजा गरिन्छ। पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्‍ने कामनाले बलि दिइन्छ। गत वर्षको चैते दसैंमा कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढु...
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

समाचार, समाज
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। ‘केही दिनभित्रै संसदको बजेट अधिवेशन आह्वन गर्नुपर्ने भएकाले चालु अधिवशने अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको हो,’ एक मन्त्रीले भने। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो। त्यसअघि नै प्रि–बजेटमाथि छलफल र नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएकाले केही दिनभित्रै संसदको बजेट अधिवेशन आह्वान गर्नु पर्ने भएकाले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो। ...
भारतमा कोरोना संक्रमणको महामारी भयावह बन्दै ,२ लाख ६१ हजार ५००  संक्रमित थपिए

भारतमा कोरोना संक्रमणको महामारी भयावह बन्दै ,२ लाख ६१ हजार ५०० संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार
भारतमा कोरोना संक्रमणको महामारी भयावह बन्दै गएको छ । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६१ हजार ५०० कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा यो संख्या २ लाख ३४ हजार ६९२ थियो । पछिल्लो २४ घण्टामा भारतमा एक हजार ६२५ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा १ हजार ३४१ कोरोना संक्रमितले ज्यान गुमाएका थिए । भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार १५० पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको तथ्यांक छ । भारतमा अहिलेसम्म एक करोड ५० लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ७८ हजार सात सयभन्दा धेरैको ज्यान गइसकेको छ । भारतमै देखिएको नयाँ भेरियन्ट, बेलायतमा देखिएको यू...