आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

गृह मन्त्रालयले  बुधबारदेखि मुलुकभर दुई हप्ते घटना दर्ता विशेष अभियान सञ्चालन

गृह मन्त्रालयले बुधबारदेखि मुलुकभर दुई हप्ते घटना दर्ता विशेष अभियान सञ्चालन

समाचार, समाज
गृह मन्त्रालयले नागरिकको घटना दर्ता गराउने कार्यलाई तीव्रताका साथ अघि बढाएको छ । घटना दर्ता कार्यक्रमलाई प्रभावकारी बनाउन र छुटेकालाई समावेश गर्न बुधबारदेखि मुलुकभर दुई हप्ते घटना दर्ता विशेष अभियान सञ्चालन गर्न लागेको मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । वैशाख १ देखि १६ गतेसम्म मुलकुभर एक साथ अभियान चलाउन लागिएको विभागले जानकारी दिएको छ । उक्त अभियान सबै स्थानीय तहबाट सञ्चालन हुने गरी संयन्त्रसमेत निर्माण गरिएको छ । विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले यस वर्ष घुम्ती शिविरसमेत सञ्चालन गरी विशेष दर्ता अभियान सञ्चालन गर्न लागिएको बताए । नेपाल सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिकता दिँदै सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शत–प्रतिशत पुर्‍याउने तथा अन्य घटना उल्लेख्यरुपमा वृद्धि गर्ने उद्देश्य राखेको छ । नेपालमा हरेक वैशाख १ लाई व्यक्तिगत घट...
नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

समाचार, समाज
आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन् । ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने । सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानको भनाइ छ । सौरमान र च...
आज बि.सं.२०७८ साल बैशाख १ गते वुधवारको राशि

आज बि.सं.२०७८ साल बैशाख १ गते वुधवारको राशि

राशिफल, समाचार
आज बि.सं.२०७८ साल बैशाख १ गते वुधवार ई. सं. २०२१ अप्रील १४ नेपाल सम्बत ११४१ पोहेलागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल द्धितीया, चन्द्रमा कुम्भ राशिमा, भरणी नक्षत्र, प्रीति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५:४० बजे, सूर्यास्त साँझ ६:२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४० मिनेट देखि ७ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने य...
एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् र (सिसिएमसी)मा बैठक

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् र (सिसिएमसी)मा बैठक

शिक्षा, समाचार
 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौंलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।   स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिए ।   “शहरी क्षेत्रमा कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने तयारी छ”, उनले भने, “अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमि आउने देखिएको छ ।” मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डर लाग्दो रहेको बताए । “१८ वर्षभन्दा मुन...
नेप्से आज  हालसम्मकै उच्च विन्दुमा

नेप्से आज हालसम्मकै उच्च विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र २५ गते बुधबार नेप्से दुई हजार छ सय ८४ दशमलब ७८ विन्दुमा पुगेको थियो ।   नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २३.२३ अंकले बढेर दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेको छ ।   आज ७ अर्ब १४ करोड ३१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये सात समूह बाहेक अन्यसबै समूह बढेका छन् ।  आज ६ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।  ...
स्वास्थ्य  मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस

समाचार, स्वास्थ्य
 कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर फैलिने जोखिम कम गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले काठमाडौंसहित देशका १५ वटा जिल्लाका ठूला शहरका विद्यालय कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दोस्रो लहरको कोरोना संक्रमण फैलिने जोखिम कम गर्न विद्यालय बन्द गर्नुपर्ने सुझावसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिस गरिएको जानकारी दिए । काठमाडौं उपत्यकासहित भरतपुर, पोखरा, वीरगन्ज, विराटनगरसहितका शहरका विद्यालय १ महिनाका लागि बन्द गर्नुपर्ने भनेर सिफारिस गरिएको सचिव न्यौपानेले जानकारी दिए । फछिल्लो समय नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरसको संक्रमण देखिन थालेको मन्त्रालय...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३ हजार ५८ पुगेको छ । मन्त्रालयका अनुसार आज थप १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ रहेको र भने ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । यसअघि सोमवार नेपालमा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने १३ जनाको मृत्यु भएको थियो । ...
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को  शानदार जित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को शानदार जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हात पारेको छ । पीएसजीले घरेलु टोली स्टार्सवर्गलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पे, पाब्लो साराविया, मोइस किन र लियान्द्रो ड्यानियल पारेडेसले गोल गरे । घरेलु टोलीका डिओन सहीले एक गोल फर्काए । पीएसजीले पहिलो हाफमा ३–० को अग्रता लिदा दोस्रो हाफमा एक गोल थप्दा एक गोल बेहोरेको थियो । यस जितसँगै दोस्रो स्थानमा रहेको पीएसजीको ३२ खेलबाट ६६ अंक पुगेको छ । समान खेलबाटै ६९ अंक जोडेको लिल शीर्षस्थानमा रहेको छ । स्टार्सवर्ग ३६ अंक जोडेर १४औं स्थानमा रहेको छ । एजेन्सी ...
कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने:कांग्रेस नेता डा. कोइराला

कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने:कांग्रेस नेता डा. कोइराला

राजनीति, समाचार
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बर्तमान संसद अनिर्णयको बन्दी बनेको भन्दै अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन्।कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको पनि दावी गरे ।‘हिजो संविधान गुम्ने अवस्था थियो र हामीले संविधान जोगाउनकै लागि संसद पुनर्स्थापना भन्यौं। तर अहिले पुनर्स्थापित संसदले बिजनेश दिन सकेन। सभामुखको भूमिका पनि शंकास्पद रहन गयो’, डा कोइरालाले भने। कोइरालाले यो सरकार र संसदलाई राखिराख्नु पर्ने कुनै कारण नभएको बताए। गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन कोइरालाले आगामी महाधिवेशनमा सभापति बाहेक कुनै पदमा आफूले उम्मेदवारी नदिने पनि प्रष्ट पारे। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे र जीवन परियारले कांग्रेसको अहिल...
सुनचाँदीको पसल गर्ने एक युवकको  गोली हानी हत्या

सुनचाँदीको पसल गर्ने एक युवकको गोली हानी हत्या

अपराध, समाचार
लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको छ । मध्यराति सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई हत्या गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालकाअनुसार डकैती गर्न आएका आएका हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको छ । उनीमाथि हतियारधारी समूहले गोली प्रहार गरेको बुझिएको छ । पोष्टमापर्टम रिपोर्ट आएपछि कुन हतियार प्रयोग भएकोबारे यकिन हुन्छ । हतियारधारी समूहले विश्वकर्माकी श्रीमती अमिता विश्वकर्मामाथि पनि धारिलो हतियार प्रहार गरेको छ । घाइते उनको लहान अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दहालले बताए । हतियारधारी समूह विश्वकर्मा बस्दै आएको घरमा सिढी हालेर भ...