लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको छ ।

मध्यराति सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई हत्या गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालकाअनुसार डकैती गर्न आएका आएका हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको छ ।

उनीमाथि हतियारधारी समूहले गोली प्रहार गरेको बुझिएको छ । पोष्टमापर्टम रिपोर्ट आएपछि कुन हतियार प्रयोग भएकोबारे यकिन हुन्छ ।

हतियारधारी समूहले विश्वकर्माकी श्रीमती अमिता विश्वकर्मामाथि पनि धारिलो हतियार प्रहार गरेको छ । घाइते उनको लहान अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दहालले बताए । हतियारधारी समूह विश्वकर्मा बस्दै आएको घरमा सिढी हालेर भित्र प्रवेश गरेको स्थानीयले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here