आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

स्पेनिस लिगमा उपाधिको नजिक पुगेको बार्सिलोनालाई गंभिर धक्का

स्पेनिस लिगमा उपाधिको नजिक पुगेको बार्सिलोनालाई गंभिर धक्का

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस लिगमा उपाधिको नजिक पुगेको बार्सिलोनालाई गंभिर धक्का लागेको छ । तर अझै पनि उसको संभावना भने जिवितै छ । शुक्रबार राति ग्रानाडा विरुद्द घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले नराम्रो झड्का बेहोर्यो । पहिलो हाफको २३ औं मिनेटमा लियोनल मेसीको गोलबाट अग्रता लिएर अंक तालिकाको पहिलो स्थानमा उक्लदै उपाधि यात्रा सहज बनाएको बार्सिलोनाले दोश्रो हाफमा लय गुमायो । खेलमा प्रसस्त नियन्त्रण कायम गरेपनि बार्सिलोनाले ग्रानाडाको काउण्टर आक्रमण रोक्न सकेन भने डिफेन्सलाईनमा देखिएको कमजोरीबाट ग्रानाडाको खेलाडीले फाईदा उठाउदै दोश्रो हाफकाो ६३ र ७९आंै मिनेटमा २ गोल गरे । ग्रानाडाको २ गोलका विरुद्ध बार्सिलोना १ गोलले पराजित भएको हो । खेलमा ८१ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल भएपनि बार्सिलोनाले थप गोल गर्न सकेन । बार्सिलोनाले भोगेको पराजयले पहिलो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई सोझो फाईदा पुगे...
उपत्यकाको निषेधाज्ञा दोस्रो दिन आजदेखि थप कडा गर्ने प्रशासनको तयारी

उपत्यकाको निषेधाज्ञा दोस्रो दिन आजदेखि थप कडा गर्ने प्रशासनको तयारी

समाचार, समाज
बिहिबारबाट लागू गरिएको उपत्यकाको निषेधाज्ञा दोस्रो दिन आजदेखि थप कडा गर्ने प्रशासनले तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाए पनि शुक्रबारदेखि थप प्रभावकारी बनाउन लागेको हो । निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केहि भीड देखिएपनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाए पनि नियमानुसार पास नभएका थुप्रै नीजि तथा यात्रुबाहक सावरी साधनहरु चेकमा परेका थिए । उपत्यकाभित्रका ती सवारी साधनहरुलाई सडकमै होल्ड गरिएकाे थियाे । तर प्रहरीले राजमार्गमा होल्डमा परेका यात्रुहरुलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुराइसकिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनले कलंकी र बसपार्कमा पनि अलपत्र परेको यात्रु नभेटिएको भएपनि कोहि यात्रु अलपत्र परेको पाइए उद्धार गरिने जानकारी...
चर्चित अभिनेता इरफान खानको निधन भएको आज १ वर्ष पूरा

चर्चित अभिनेता इरफान खानको निधन भएको आज १ वर्ष पूरा

अन्तराष्ट्रिय, समाचार
चर्चित अभिनेता इरफान खानको निधन भएको आज १ वर्ष पूरा भएको छ । गतवर्ष २९ अप्रिलका दिन इरफानको निधन भएको थियो । इरफानको मृत्युको झण्डै १ वर्षपछि उनका छोरा बाबिलले उनको अन्तिम समयको घटना साझा गरेका छन् । हालै एक अन्तरवार्तामा बाबिलले पितासँग बिताएको अन्तिम समयको भावनात्मक समयबारे बताए । बाबिल र उनकी आमा सुतापा सिकदरले एक मनोरञ्जन पोर्टललाई दिएको अन्तरवार्तामा इरफानको अन्तिम समयबारे बताएका हुन् । सुतापाले भनिन् ‘हामी सकारात्मक रहने कोसिस गरिरहेका छौं । एक वर्ष भयो तर म अझै पनि मानिसहरुसँग भेट्न, उनीहरुसँग कुरा गर्न तयार छैन । म मानिसहरुसँग अन्तरक्रिया गर्न भन्दा धेरै लेख्न रुचाउँछु ।’ बाबिलले आफ्ना पिता गुमाएको पीडा साझा गर्दै भने ‘म एक सुरक्षित घेरामा बाँचिरहेको थिएँ, इरफान खानको छोरा बनेर । अचानक त्यो घेरा टुट्यो । त्यसपछि तपाइँसँग कुनै विकल्प बाँकी रहँदैन । तपाइँले त्यही गर्नुपर्छ जे जिन...
एपोलो ११ का कमाण्ड पाइलट पहिलो अन्तरिक्ष यात्री माइक्ल कोलिन्सको  निधन

एपोलो ११ का कमाण्ड पाइलट पहिलो अन्तरिक्ष यात्री माइक्ल कोलिन्सको निधन

अन्तराष्ट्रिय, समाचार
(एजेन्सी)। अमेरिकी चन्द्र अभियान एपोलो ११ का कमाण्ड पाइलट पहिलो अन्तरिक्ष यात्री माइक्ल कोलिन्सको बुधबार निधन भएको छ। १९३० मा अमेरिकामा जन्मिएका उनको बुधबार निधन भएको अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)ले जनाएको छ। कोलिन्सले १९६९ मा पहिलो अमेरिकी मानवसहितको अन्तरिक्ष मिसनमा एपोलो ११ को कमाण्ड पाइलटको रुपमा अन्तरिक्षको यात्रा गरेका थिए। उनको निधनप्रति नासाले एक अन्वेषणका लागि अग्रगामी र आजीवन समर्थक गुमाएको बताएको छ। नासाका कार्यकारी प्रशासक स्टिभ जुर्जिकले एक विज्ञप्ति जारी गर्दै कोलिन्सले अमेरिकालाई नयाँ परिभाषा दिएको समेत बताएका छन्। यस्तै कोलिन्सका परिवारले भनेका छन्, ‘ हाम्रो प्यारो बुबा र हजुरबुबाको आज क्यान्सरसित कोरिसकेपछि बित्नुभयो भन्ने कुरा बताउन पाउँदा हामी पछुताउँछौं। तिनले आफ्नो परिवारसँगै शान्तिपूर्वक आफ्नो अन्तिम दिन बिताए । माइकले सधैं अनुग्रह र नम्रतासाथ जीवनका चुनौतीह...
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

समाचार, समाज
पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराईको शल्यक्रिया गर्न लागेको हो । त्यसका लागि अध्यक्ष भट्टराई विहीबार अस्पताल भर्ना हुने छन् । शल्यक्रिया भने वैशाख १७ गते हुनेछ । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो । वायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो । चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् । ...
निषेधाज्ञाको समयमा पनि उपत्यकाका पेट्रोल पम्प खुलै रहने :नेपाल आयल निगम

निषेधाज्ञाको समयमा पनि उपत्यकाका पेट्रोल पम्प खुलै रहने :नेपाल आयल निगम

आर्थिक, समाचार
नेपाल आयल निगमले निषेधाज्ञाको समयमा पनि उपत्यकाका पेट्रोल पम्प खुलै रहने जनाएको छ । बुधबार सूचना प्रकाशित गरी निगमले निषेधाज्ञाको समयमा पनि थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुलै रहने र उपत्यकाका पेट्रोल पम्पहरु पनि खुला रहने स्पष्ट पारेको छ । उपत्यकाका तीनै जिल्लामा आज बिहानैदेखि १५ दिनका लागि निषेधाज्ञा लागू भएकाे छ । सो समयमा पनि एम्बुलेन्स, सुरक्षा, प्रेस, पानी, खाद्यान्न लगायतका अत्यावश्यक सावारी साधन सञ्चालन हुनेछन् । ...
कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित

कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित

समाचार, स्वास्थ्य
 कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित भएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभागले कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गतेदेखि स्थगित गर्ने निर्णय गरेको हो । यस अघि आज वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर सन्चालन गर्ने भनिएकोमा केही समयको लागि स्थगित गर्ने निर्णय भएको हो । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनश्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भेरोसेल खोप लगाउने कार्य स्थगित भएको जनाइएको छ । आठ लाख डोज भेरोसेल खोप चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो । ...
काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बाट १५ दिनका लागि पहिलो चरणको निषेधाज्ञा शुरु

काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बाट १५ दिनका लागि पहिलो चरणको निषेधाज्ञा शुरु

समाचार, समाज
काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बाट १५ दिनका लागि पहिलो चरणको निषेधाज्ञा शुरु भएको छ । काठमाडौं, ललितपुर र भुक्तपुरमा एकसाथ आज (वैशाख १६ गते) बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो । लकडाउन शुरु हुनु भन्दा अघि (बुधबार) बेलुकासम्ममा काठमाडौं उपत्यकाबाट पाँच लाख सर्वसाधरण बाहिरएका छन् । प्रमुख जिल्ला अधिकारीहरूले शुरुमा एक हप्ता (वैशाख २२) सम्मका लागि निषेधाज्ञा घोषणा गरेका भए पनि पछि मन्त्रिपरिषदको बैठकले यसको अवधि १५ दिन तोकेकाले २२ गते पुनः अर्काे एक हप्ता निषेधाज्ञा जारी गरिनेछ । ...
निषेधाज्ञामा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सुचारु बनाउन सरकारको उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम

निषेधाज्ञामा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सुचारु बनाउन सरकारको उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम

आर्थिक, समाचार
 निषेधाज्ञामा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सुचारु बनाउन सरकारले उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम बनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा सुचारु राख्न र्‍यापिड रेस्पोन्स टिम बनाएको हो। मंगलबार मन्त्रालयले विज्ञप्ति जारी गरी विज्ञप्तिमा निषेधाज्ञाको समयमा आपूर्ति प्रणाली सहन पार्न सरोकारवाला मन्त्रालयका अधिकारीहरु सम्मिलित टिम बनाएको जानकारी दिएको छ।  मन्त्रालयका अधिकारीहरु सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्नेछ। मन्त्रालयले निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ, दैनिक उपभोग्य समाग्रीको ढुवानी र आपूर्ति तथा त्यस्ता वस्तुहरुको उत्पादन र वितरणमा केहि समस्या देखिए सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न मोबाइल नम्बरसहित जिम्मेबार व्यक्ति तोकिदिएको छ। आपूर्ति व्यवस्थापनमा आपूर्ति मन्त्रालय सह(सचिव प्...
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने

समाचार, समाज
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मङ्गलबार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो। “हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु¥याउनेछन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए। नागरिकका समस्या सुनुवाइ गरेर समाधान गर्न टोल फ्रि नं ११८० लाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ। यसैगरी समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने,...