(एजेन्सी)। अमेरिकी चन्द्र अभियान एपोलो ११ का कमाण्ड पाइलट पहिलो अन्तरिक्ष यात्री माइक्ल कोलिन्सको बुधबार निधन भएको छ। १९३० मा अमेरिकामा जन्मिएका उनको बुधबार निधन भएको अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)ले जनाएको छ। कोलिन्सले १९६९ मा पहिलो अमेरिकी मानवसहितको अन्तरिक्ष मिसनमा एपोलो ११ को कमाण्ड पाइलटको रुपमा अन्तरिक्षको यात्रा गरेका थिए।
उनको निधनप्रति नासाले एक अन्वेषणका लागि अग्रगामी र आजीवन समर्थक गुमाएको बताएको छ। नासाका कार्यकारी प्रशासक स्टिभ जुर्जिकले एक विज्ञप्ति जारी गर्दै कोलिन्सले अमेरिकालाई नयाँ परिभाषा दिएको समेत बताएका छन्।
यस्तै कोलिन्सका परिवारले भनेका छन्, ‘ हाम्रो प्यारो बुबा र हजुरबुबाको आज क्यान्सरसित कोरिसकेपछि बित्नुभयो भन्ने कुरा बताउन पाउँदा हामी पछुताउँछौं। तिनले आफ्नो परिवारसँगै शान्तिपूर्वक आफ्नो अन्तिम दिन बिताए । माइकले सधैं अनुग्रह र नम्रतासाथ जीवनका चुनौतीहरूको सामना गर्नुपऱ्यो र त्यसरी नै तिनले आफ्नो अन्तिम चुनौतीको पनि सामना गर्नुपऱ्यो। हामी उहाँलाई असाध्यै याद गर्नेछौं।’
