आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।

काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराईको शल्यक्रिया गर्न लागेको हो । त्यसका लागि अध्यक्ष भट्टराई विहीबार अस्पताल भर्ना हुने छन् । शल्यक्रिया भने वैशाख १७ गते हुनेछ ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो । वायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो ।

चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *