आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पाेखरेलद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पाेखरेलद्वारा राजीनामा

राजनीति
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आज पदबाट राजीनामा दिएका हुन्। पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ। पोखरेलले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्र। ...
भारतबाट अमेरिका र अष्ट्रेलिया आउन  सरकारको प्रतिवन्ध

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन सरकारको प्रतिवन्ध

अन्तराष्ट्रिय, समाचार
 भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ। भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो। भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउनेसम्वन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबार हस्ताक्षर गर्नुभएको छ। अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिइनमा बस्नु पर्ने व्यवस्था गरिएको पनि अधिकारीहरूले जनाएका छन्। भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउने निर्णय मे ४ देखि लागु हुने र यो निर्णय अस्थायी भएको जनाइएको छ। अस्थायी भएपनि कहिलेसम्म लागु हुनेछ भन्ने अनिश्चित नै रहेको छ। भारतमा अहिले कोरोनाभाइरसको महामारी अत्यधिक छ भने दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन् । अरु हजारौंको मृत्यु हुने गरेको छ। भारतको महामारी सर्ने डरले अन्य देशहरूले पनि भा...
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जना नयाँ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दैनिक संक्रमित भेटिनेमा यो संख्या हालसम्मकै धेरै हो। यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको। आज थपिएका मध्येकाठमाडौं उपत्यकामा मात्रै २४९५ कोरोना संक्रमित छन्। काठमाडौंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ कोरोना संक्रमित थपिएका हुन्। यस्तै, उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक हजार २८७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। मन्त्रालयका अनुसार देशभर ४० हजार ...
अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न सीसीएमसीको मन्त्रिपरिषद्लाई सिफारिस

अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न सीसीएमसीको मन्त्रिपरिषद्लाई सिफारिस

समाचार, समाज
अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न कोभिड(१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले मन्त्रिपरिषद्लाई सिफारिस छ ।अन्तराष्ट्रिय र आन्तरिक उडानका कारण संक्रमण फैलिएको भन्दै सीसीएमसीको बैठकले हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकाल्दै बन्द गर्न सिफारिस गरेको सीसीएमसी सचिवालयले जनाएको छ ।अहिले सरकारले  संक्रमण बढी देखिएका २३ जिल्लामा प्रशासनले निषेधाज्ञा लगाइसकेका छन्  । वाह्य र आन्तरिक हवाई सेवा भने सुचारु रहेको छ ।  ...
विभिन्न २३ जिल्लामा निषेधाज्ञा जारी

विभिन्न २३ जिल्लामा निषेधाज्ञा जारी

समाचार, स्वास्थ्य
सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार आजसम्मको प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ। त्यसमध्ये आजसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ। केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ। आदेश जारी भएका जिल्लामध्ये एक जिल्लामा यही वैशाख १८ र अन्य तीन जिल्लामा १९ गतेदेखि कार्यान्वयन गरिने जनाइएको छ। सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो। सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत,...
१३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

१३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

समाचार, समाज
नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो । अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसल...
आज बैशाख १८ गते शनिबारको  राशिफल

आज बैशाख १८ गते शनिबारको राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । भौतिक शुःख साधन प्राप्त हुने योग रहेकोछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणिमा मधुरता छाउनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाम्पत्य सम्बन्ध बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खुशिको खवरको श्रवणले मन प्रशन्न रहला ।स्तान्तरण को योग रहको छ । पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । ब्यापार ब्यबसायका निम्ती समय...
काठमाडौं उपत्यका सहित २२ जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएकोले संवेदनशील हुन  स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं उपत्यका सहित २२ जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएकोले संवेदनशील हुन स्वास्थ्य मन्त्रालयको अपील

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका सहित २२ जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको जनाएको छ। कोरोना फैलिएका जिल्लाका अस्पतालहरुमा बेड नरहेकोले संवेदनशील हुन पनि स्वास्थ्य मन्त्रालयको अपील गरेको छ। मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै यस्तो अपील गरेका हुन। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचार गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ...
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ बिक्री खुला

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ बिक्री खुला

आर्थिक, समाचार
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबार (वैशाख १७ गते) बाट कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ। बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन दिन पाइनेछ। यस कम्पनीको आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म भर्न खुला रहनेछ। बिक्री प्रबन्धक सनराइज क्यापिटल तोकिएको छ। इच्छुक लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले कति कित्ताका लागि दिने आवेदन ?हाल आइपीओमा औसतमा १५ लाख भन्दा बढी लगानीकर्त...
गत २४ घण्टामा विश्वभरमा ८ लाख ७५ हजार १ सय ४६ जना कोरोनाका संक्रमित थपिए

गत २४ घण्टामा विश्वभरमा ८ लाख ७५ हजार १ सय ४६ जना कोरोनाका संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
गत २४ घण्टामा विश्वभरमा ८ लाख ७५ हजार १ सय ४६ जना कोरोनाका संक्रमित थपिएका छन्। तथ्यांक अनुसार सबैभन्दा बढी भारतमा पौने ४ लाख भन्दा बढी कोरोनाका संक्रमित थपिएका हुन। भारतमा गत २४ घण्टामा ३ लाख ८६ हजार ८ सय २९ जना कोरोनाका संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ८७ लाख ५४ हजार ९सय २५ पुगेको छ। गत २४ घण्टामा ३ हजार ५ सय बढीले कोरोनाका कारण ज्यान गुमाए भने हालसम्म कोरोनाबाट २ लाख ८ हजार ३ सय १३ जनाको मृत्यु भइसकेको छ। भारतपछि ब्राजिलमा कोरोनाका संक्रमित थपिएका छन्। ब्राजिलमा गत २४ घण्टामा ६९ हजार ७९ कोरोनाका संक्रमित थपिएका छन्। ३ हजार बढीले ज्यान गुमाएका छन् भने कोरोनाको थपिएका संक्रमित सँगै ब्राजिलमा १ करोड ४५ लाख ९२ हजार ८ सय ९६ जना कोरोनाका संक्रमित रहेका छन्। सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा पछिल्लो समय कोरोनाको संक्रमणदर घट्दो क्रममा छ। ...