आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

कांग्रेसको आकस्मिक पदाधिकारी बैठक स्थगित

राजनीति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । कांग्रेसका प्रवक्ता शर्मालाई लक्षणसहितको कोरोना संक्रमणनेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्टार हस्पिटलमा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार बेलुका स्वाब दिएको र आज रिपोर्ट पोजिटिभ आएको प्रवक्ता शर्माले जानकारी दिएका छन् । लक्षणले च्यापे पनि मनोब...
प्रधानमन्त्री ओलीको अपिल : कोरोनाबाट बच्न सावधानी अपनाऔं, आतंकित नहोऔं

प्रधानमन्त्री ओलीको अपिल : कोरोनाबाट बच्न सावधानी अपनाऔं, आतंकित नहोऔं

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउन नेपाली जनतामा अनुरोध गरेका छन् । हामीहरुकै असावधानी र हेलचेक्र्याइका कारण कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको भन्दै यसबाट बच्न सबै जनता सजग र सचेत हुनुपर्ने उनले बताएका हुन् । आज सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्न सावधानी अपनाउँदा आतंकित नहुन पनि अपिल गरेका छन् । सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न तथा कोरोना संक्रमणलाई हेलचेक्र्याइ नगर्न पनि सर्वसाधारणमा आग्रह गरेका छन् । कोरोना नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग गर्न आम नागरिसँग उनले अपिल गरेका छन् । यस्तै प्रधानमन्त्री ओलीले निजी अस्पतालहरुले शय्या लुकाएको भेटिए तत्काल कारवाही गरिने पनि बताएका छन् । सम्बोधनका क्रममा उनले कोरोना संक्रमितको उपचारमा सहजता ल्याउन सरकारले हरसम्भव ...
काठमाडौंमा २९२२ जनासहित उपत्यका थपिए ३६६६ जना संक्रमित

काठमाडौंमा २९२२ जनासहित उपत्यका थपिए ३६६६ जना संक्रमित

समाचार
सोमबार देशभर कोरोना भाइरसका ७ हजार ४४८ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६६६ जना थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ९२२ जना, ललितपुरमा ५२२ जना र भक्तपुरमा २२२ संक्रमित थपिएका हुन् । यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा आइतबार ४ हजार १३२ जना संक्रमित थपिएका छन् । सोमबार काभ्रेपलाञ्चोकमा ११९, चितवनमा १७५, दोलखामा २, धादिङमा २५, नुवाकोटमा ३९, मकवानपुरमा ४४, रसुवामा ४, रामेछापमा १० जना, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा १६ जना संक्रमित थपिएका छन् । ...
बैङ्क तथा वित्तीय संस्थाले आजदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने

बैङ्क तथा वित्तीय संस्थाले आजदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने

आर्थिक, समाचार
बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ। पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि नियामक निकाय नेपाल राष्ट्र बैङ्कले आइतबार निर्देशन जारी गर्दै केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको हो। सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि बिहीबारदेखि काठमाडौँ उपत्यकालगायतका केही जिल्लामा १५ दिनसम्म निषेधाज्ञा जारी गरिसकेको छ। राष्ट्र बैङ्कले विभिन्न निकायबाट जारी भएका/हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैङ्किङ सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ। निषेधाज्ञाको समयमा पनि बैङ्किङ सेवा अत्यावश्यकीय भएको र सेवा प्रवाह...
विश्वमा हालसम्म १५ करोड ३४ लाख ६९ हजार ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि,गत २४ घण्टामा ९ हजार ५ सय ४ जनाको मृत्यु

विश्वमा हालसम्म १५ करोड ३४ लाख ६९ हजार ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि,गत २४ घण्टामा ९ हजार ५ सय ४ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
भारतमा कोरोना संक्रमितको संख्या २ करोड नजिक पुगेको छ। गत २४ घण्टामा थपिएका ३ लाख ७० हजार ५९ जनासहित भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ९९ लाख १९ हजार ७ सय १५ पुगेको हो। भारतमा हालसम्म १ करोड ६२ लाख ८१ हजार ३ सय ३८ जना निको भएका छन्। गत २४ घण्टामा ज्यान गुमाउने ३ हजार ४ सय २२ जनसँगै भारतमा कोरोनाका कारण २ लाख १८ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ। हालसम्म ३४ लाख १९ हजार ३२ सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ९ सय ४४ जन गम्भिर अवस्थामा रहेको जनाइएको छ। भारतपछि गत २४ घण्टामा ब्राजिलमा १ हजार २ सय बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्। हालसम्म ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ७ हजार ७ सय ७५ पुगेको छ। पछिल्ला २४ घण्टामा ब्राजिलमा २८ हजार ९ सय बढी कोरोनाका संक्रमित थपिएका छन् योसँगै ब्राजिलममा कोरोना संक्रमित हुनेको संख्या १ करोड ४७ लाख ५४ हजार ९ सय १० पुगेक...
सरकारले डाक्टरी पढ्दै गरेका सबै विद्यार्थी तथा शिक्षकहरुलाई कोरोना संक्रमितको उपचारमा खटाउने

सरकारले डाक्टरी पढ्दै गरेका सबै विद्यार्थी तथा शिक्षकहरुलाई कोरोना संक्रमितको उपचारमा खटाउने

समाचार, स्वास्थ्य
कोरोना संक्रमितको संख्या थेग्न नसक्नेगरि बढ्न थालेपछि सरकारले डाक्टरी पढ्दै गरेका सबै विद्यार्थी तथा शिक्षकहरुलाई उपचारमा खटाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णय सार्वजनिक गर्दै मेडिकल कलेजहरुलाई र विश्व विद्यालयहरुलाई यस्तो व्यवस्था मिलाउन भनेको हो ।  अब यसअघि पीसीआर परिक्षणमा लगाउँदै आएका बन्देजहरु पनि स्वास्थ्य मन्त्रालयले खोलेको छ । विदेश जानेहरु पीसीआर परिक्षण गर्न केहि निश्चित अस्पतालहरुको नाम सहितको सूची नै सार्वजनिक गरेको मन्त्रालयले अब न्युनतम एक सय बेड भएका अस्पतालमा आधारित रहेका पीसीआर परिक्षण केन्द्रलाई समेत विदेश जानेको पीसीआर गर्न अनुमति दिएको छ ।  त्यसैगरि, मन्त्रालयले ए वर्गमा पर्ने सबै प्रयोगशालाहरुको पीसीआर रिपोर्टलाई पनि विदेश जाने प्रयोजनका लागि मान्यता दिने जनाएको छ । हाल अध्ययन विदामा रहेका सबै स्वास्थय कर्मीहरुलाई आ–आफ्नो दर...
सरकारले सोमबार रातिदेखि आन्तरिक उडान बन्द गर्ने

सरकारले सोमबार रातिदेखि आन्तरिक उडान बन्द गर्ने

समाचार, समाज
सरकारले आन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि भारतसँगको हवाई सेवा पनि केही समयका लागि बन्द गर्ने निर्णय गरिएको छ। यस्तै, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यस्तै, बैशाख २२ देखि अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय पनि भएको छ। ...
आज बैशाख २० गते सोमबारको राशिफल

आज बैशाख २० गते सोमबारको राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईं आफैलाईआनन्दको मूडमा पाउनुहुनेछ। आज, एक विपरीत लिङीको सहयोगमा, तपाईंले व्यापार वा जागिरमा आर्थिक लाभहरू पाउने सम्भावना छ।  आफ्नो प्रियजनको  भावनात्मक मागहरू मानिदिदा राम्रो हुनेछ । अन्य ब्यक्ती सँग  कुराकानी गर्दा समझदारी र धैर्यताको साथ सावधान हुनुहोस्। बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) जीबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण ...
आज सुनको मूल्य बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार

आज सुनको मूल्य बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार

आर्थिक, समाचार
आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको छ । मुल्य बढेसँगै आज सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ८९ हजार ५ सय रपैयाँ रहेको । यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको भाउ आज २० रुपैँयाले घटेर प्रतितोला १२ सय ९५ रुपैयामा कारोबार हुने छ । ...
सरकारले निषेधाज्ञा जारी गरेका जिल्लाको संख्या थप सातसँगै ३० पुगे

सरकारले निषेधाज्ञा जारी गरेका जिल्लाको संख्या थप सातसँगै ३० पुगे

समाचार, समाज
 कोरोना संक्रमण तीब्र बनेसँगै थप सात जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले निषेधाज्ञा जारी गरेका जिल्लाको संख्या ३० पुगेको छ । आइतबार (आज) देखि लागू हुने गरी मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, उदयपुर र बाजुरामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका हुन् । काभ्रे र मकवानपुरका मुख्य राजमार्ग र आसपासको क्षेत्रलाई केन्द्रित गरी निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै, गोरखाको भीमसेन थापा गाउँपालिका–७ र ८ तथा बाजुराको हिमाली गाउँपालिकामा पनि निषेधाज्ञा जारी गरिएको छ । गोरखा र प्यूठानमा वैशाख २४ गतेसम्म, उदयपुर र गुल्मीमा २५ गतेसम्म, काभ्रेमा २६ गतेसम्म, मकवानपुर र बाजुरामा ३१ गतेसम्म निषेधाज्ञा लागू हुने स्थानीय प्रशासनले जनाएका छन् । काठमाडौं उपत्यकाका तीनसहित देशका २३ जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको सरकारले जनाएको छ । काठमा...