प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ ।

कांग्रेसका प्रवक्ता शर्मालाई लक्षणसहितको कोरोना संक्रमण
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्टार हस्पिटलमा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार बेलुका स्वाब दिएको र आज रिपोर्ट पोजिटिभ आएको प्रवक्ता शर्माले जानकारी दिएका छन् । लक्षणले च्यापे पनि मनोबल उच्च रहेको उल्लेख गर्दैै उनले सबैलाई सजग बन्न आग्रह गरेका छन् ।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ । बिहानिपख रिपोर्ट आयो– पोजिटिभ,’ प्रवक्ता शर्माले जानकारी दिएका छन्, ‘टेकुका डा. मित्र अनुप बाँस्तोलाको निर्देशनअनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन्, तर मनोबल उच्च छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here