आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जानेहरुको भिड

अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जानेहरुको भिड

समाचार, समाज
सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जानेहरुको भिड बढेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाई उडान सुचारु थियो । आन्तरिकतर्फको सम्पूर्ण उडान मंगलबारबाट बन्द गरिएको छ भने अन्तर्राष्ट्रिय उडान बिहीबारदेखि रोकिंदैछ । अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भिड विमानस्थलमा बढेको हो । बिहीबारदेखि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडि नै यात्रु उडाउन लागेका छन् । कोरोनाको संक्रमण झन बढ्दै गएपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी गरेको छ । वैशाख १६ गतेदेखि एक हप्ताको लागि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा पुनः एक...
आज पनि सुनको मूल्य वृद्धि

आज पनि सुनको मूल्य वृद्धि

आर्थिक, समाचार
आज पनि सुनको मूल्य बढेको छ । हिंजो ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज थप २०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने मंगलबार प्रति तोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । ...
काठमाडौं उपत्यकामा बैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय

काठमाडौं उपत्यकामा बैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय

समाचार, स्वास्थ्य
काठमाडौं निषेधाज्ञाको अवधि थप गरिएको छ। ३ वटै जिल्लाका सिडिओहरुको बैठकले बैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। यसअघि २ दिन अघि मात्र मन्त्रिपरिषदको बैठकले २ हप्ता निषेधाज्ञा थप गर्न प्रशाशनलाई निर्देशन दिएको थियो। यसको साथै आजको बैठकले उपत्यकामा बिहान १० बजेबाट पसल खोल्ने समय घटाएर बिहान ९ बजे बन्द गराउने निर्णय गरेको छ। साँझ पसल खोल्न नपाईने भएको छ। नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो। सात दिनका लागि जारी गरिएको निषेधाज्ञा भोली राति १२ बजे सकिदैछ। अब हुने निषेधाज्ञा थप कडा हुने जनाइएको छ। ...
अक्सिजन सिलिन्डरको अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने

अक्सिजन सिलिन्डरको अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए । “हामीसँग अक्सिजन ग्यासको कमी छैन”, उनले भने, “तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पुर्‍याउन कठिन भएको हो ।” मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड)नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्न...
महानगरले कोभिड नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माण समिति गठन

महानगरले कोभिड नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माण समिति गठन

समाचार, समाज
काठमाडौँ महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा वडा नं ६ का अध्यक्ष दीपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी रहेका छन् । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ६१औँ कार्यपालिका बैठकमा ‘कोभिड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा छलफल गरी कोभिड अस्पताल सञ्चालनमा जोड दिइएको हो । समितिले आइसोलेसन सञ्चालन वडा तहबाट गर्ने कि महानगर तहबाट गर्ने, बिरामीलाई अक्सिजन मात्र दिएर सामान्य उपचार गर्दा हुने र जटिल स्वास्थ्य समस्या भएकालाई उपचार गर्न आवश्यक उपकरणसहितको उपचारकक्ष निर्माण गर्ने विषय...
कोरोना भाइरस संक्रमण तीब्र बनेसँगै ‘लकडाउन’ हुने जिल्लाकाे संख्या ४५

कोरोना भाइरस संक्रमण तीब्र बनेसँगै ‘लकडाउन’ हुने जिल्लाकाे संख्या ४५

समाचार, समाज
कोरोना भाइरस संक्रमण तीब्र बन्ने क्रमसँगै ‘लकडाउन’ हुने जिल्लाकाे संख्या पनि बढीरहेकाे छ । आज देखि थप सात वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ । याे सँगै ‘लकडाउन’ हुने जिल्लाकाे संख्या ४५ पुगेकाे छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ । निषेधाज्ञा घोषणा भएका जिल्लामध्ये दार्चुला, मोरङ, काभ्रे, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा सङ्क्रमण बढी भएका जिल्लामा मात्रै निषेधाज्ञा लगाइएको छ भने झापा र सुनसरीमा गाडीमा जोरबिजोर प्रणाली लागू भएको छ । बाजुरा र महोत्तरीमा भोलिदेखि निषेधाज्ञा शुरु हुँदैछ । मन्त्रिपरिषद्को गएको वैशाख १३ ...

राष्ट्रिय जनगणना स्थगित

समाचार
राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले मकालु खबरलाई दिएको जानकारीअनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ २५ बाट हुने भनिएको राष्ट्रिय जनगणना स्थगित भएको हो । ‘मन्त्रिपरिषद्ले निर्णय गरेको भन्ने कुरा छ,’ रेग्मीले भने– ‘आधिकारिक सूचना आउला अनि स्थगित होला ।’ उपमहानिर्देशक रेग्मीकाअनुसार हाल सुपरिवेक्षकको तालिम पनि स्थगित भएको छ । संक्रामक कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकासँगै देशका ठूला शहरमा गरेको निषेधाज्ञाका कारण सुपरिवेक्षकको तालिम रोकिएको हो । उपमहानिर्देशक रेग्मीले भने– ‘सुपरिवेक्षकको तालिम रोकिसकेको छ । यसपछि अब स्वाभाविक रुपमा अन्य कारबाहीहरु रोकिएलान् ।’ हरेक १० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना आगामी जेठ २५ देखि असार ८ सम्म सञ्चालन हुँदै थियो । ...
विश्वासको मत लिन नसके राजीनामा दिने प्रधानमन्त्रीको मनस्थिति

विश्वासको मत लिन नसके राजीनामा दिने प्रधानमन्त्रीको मनस्थिति

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिनेगरी प्रतिनिधि सभाको अधिवेशन आह्वान भएकोबारे चर्चा र अनुमानहरु भइरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि बोलाएको प्रतिनिधि सभाको अधिवेशनबाट केपी शर्मा ओलीले विश्वासको मत पाउलान् ? पाएनन् भने के होला ? भन्ने अनुमानहरु भइरहेका बेला उनका विश्वास पात्रहरुले भने विश्वासको मत लिन नसके प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने दाबी गरेका छन् । एमालेका शीर्षस्थ नेता मध्येका एक र प्रधानमन्त्री ओलीका अति नै विश्वास पात्रमध्येका एक नेताले मकालु खबरलाई दिएको जानकारीअनुसार संसद्मा विश्वासको मत लिन नसके प्रधानमन्त्री ओली राजीनामा दिने तयारीमा छन् । प्रधानमन्त्री ओलीले केही दिनअगाडि बसेको एमाले स्थायी कमिटी बैठकमा पनि यसबारे जानकारी गराइसकेका छन् । ‘अब सदनबाट विश्वासको मत लिन्छु,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती न...
गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस

राजनीति
सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले बतायो ।उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् । ...
गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त

राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त  पदमुक्त भएका छन् । ...