आज पनि सुनको मूल्य बढेको छ । हिंजो ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज थप २०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने मंगलबार प्रति तोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here