शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जानेहरुको भिड

सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जानेहरुको भिड बढेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।

संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाई उडान सुचारु थियो । आन्तरिकतर्फको सम्पूर्ण उडान मंगलबारबाट बन्द गरिएको छ भने अन्तर्राष्ट्रिय उडान बिहीबारदेखि रोकिंदैछ ।

अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भिड विमानस्थलमा बढेको हो । बिहीबारदेखि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडि नै यात्रु उडाउन लागेका छन् ।

कोरोनाको संक्रमण झन बढ्दै गएपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी गरेको छ । वैशाख १६ गतेदेखि एक हप्ताको लागि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा पुनः एक हप्ता थपिएको छ । काठमाडौं उपत्यकाबाहिर पनि ४० बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *