आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने

सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने

समाचार, समाज
सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो । कोभिड–१९ को सङ्क्रमण अवधिभर (वैशाख १५–३१ गतेसम्म) बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धी अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने बैठकले निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । बैठकले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा उपयुक्त देखिएको काम कारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधी...
प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका करीव ५० केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा

प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका करीव ५० केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका करीव ५० केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । ऊर्जा, सिचाइँ तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझी र एमालेका केन्द्रीय सदस्य विष्णु रिजाललाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । कोरोना संक्रमण भएका मन्त्री रायमाझी मन्त्रिपरिषद र एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए । केन्द्रीय सदस्य रिजाल पनि बालुवाटारको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए । नेता रिजालले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको भन्दै सम्पर्कमा आएकाहरूलाई सर्तक रहन अनुरोध गरेका थिए । बैठकका क्रममा रिजालसहितका एमालेका नेताहरूले प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासहितका नेताहरूसँग मास्क नलगाएर सामूहिक तस्वीर खिचाएका थिए । केन्द्रीय कमिटीको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । ...
नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने

राजनीति, समाचार
नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । कोरोना महामारीका कारण १४ औं महाधिवेशन फेरि प्रभावित हुने देखिएपछि बैठक बस्न लागेको हो । आगामी भदौमा महाधिबेशन गर्ने भनिएपनि अहिलेसम्म क्रियाशिल सदस्यता इन्ट्री हुन सकेको छैन । कोरोना महामारीको दोस्रो लहर बढेपछि महाधिवेशन प्रभावित हुने देखिएको छ । बैठकमा महाधिवेशनका अलवा कोरोना महामारी र संघ र प्रदेश सत्ता समीकरणका सन्दर्भमा पनि छलफल हुने बुझिएको छ । आइतबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा १४ औं महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर केन्द्रीय समितिमा छलफल गर्ने सहमति भएको थियो । काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म नेकपा एमाले नेतृत्वको सरकार विस्थापनका लागि अग्रसरता लिएको देखिन्छ । केन्द्र र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)मा देखिएको विवादले सरकार विस्थापनमा जटिलता खडा भएको छ । जसपा अनि...
स्वास्थ्य मापदण्ड पूरा गरी रामभक्त हनुमान जन्मजयन्ती पूजा आराधना

स्वास्थ्य मापदण्ड पूरा गरी रामभक्त हनुमान जन्मजयन्ती पूजा आराधना

समाचार, समाज
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज पूजा, आराधना एवं पाठ गरी देशभर मनाइएको छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने परम्परा छ । हनुमान जयन्तीका अवसरमा गरिने शोभायात्रा भने यस वर्ष कोरोनाबाट बच्नका लागि साङ्केतिकरूपमा मात्र गरी विधि पूरा गरिएको छ । हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा दूरी कायम गरी पूजा आराधना गरेका छन् । सरकारले जारी गरेको स्वास्...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन

समाचार, स्वास्थ्य
 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सुचारु राख्न भनिएको जानकारी दिए । आज एकै दिन चार हजार ५२४ जना कोरोना सङ्क्रमित भएको र १८ जनाको निधन भएको छ । मन्त्रालयले आजै कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्नसमेत निर्देशन दिएको थियो ...
आज नेप्सेमा हरियाली

आज नेप्सेमा हरियाली

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) हरियाली छाएको भएको छ । सोमबार भने ६५.५८ अंकले घटेर दुई हजार पाँच सय ६ दशमलब ६२ विन्दुमा थामिएको थियो ।    आज नेप्से ९२.४६ अंकले बढेर दुई हजार पाँच सय ९९ दशमलब ०८ विन्दुमा पुगेको छ भने ५ अर्ब १० करोड ४५ लाख बराबरको कारोबार भएको छ ।   आज कारोबार भएका एउटा सबै समूह हरियाली भएका छन् भने ११ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।  ...
सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

समाचार, समाज
सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द भएको छ। कोरोना महामारी फैलिएसँगै यातायात व्यवस्था विभागले अनलाइन आवेदन बन्द गरेको हो। कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो। विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको बताए। ...
सरकारको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने  निर्णय प्रति यातायात व्यवसायीहरु असन्तुष्टि

सरकारको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय प्रति यातायात व्यवसायीहरु असन्तुष्टि

समाचार, समाज
सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ। सरकारको निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन्। कोरोना संक्रमणको अवस्था भयावह छ भने अत्यावश्यक बाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ। महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वस्फूर्त अवज्ञा हुने चेतावनी समेत दिए। अघिल्लो वर्ष लामो समय बन्द गरिदा यातायात क्षेत्र धरासयी भएको भन्दै व्यवसायीहरुले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने बताइरहेका छन्। सार्वजनिक यातायात बन्द गरेर मात्रै कोरोना संक...
नेपालमा आज देशभरमा ४५२४ जनामा संक्रमण पुष्टि

नेपालमा आज देशभरमा ४५२४ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा आज देशभर ४५ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्‍यकामा मात्र १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कुल संक्रिय संक्रमितको संख्या २६,२२५ छ। जसमध्ये आईसीयुमा ३१५ र भेन्टिलेटरमा ८४ जना छन्। यस्तै अस्पतालमा २,८७३ र २३,३५२ जना कोरोना संक्रमित घरमै रहेको मन्त्रालयले जनाएको छ। ...
देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द

देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द

राजनीति, शिक्षा
देशभरका विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । दोस्रो लहरको कोरोना महामारी भयावह बन्दै गएपछि सरकारले देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द गराएको हाे । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार अर्काे निर्णय नहुँदासम्म मुलुकभरकै शिक्षालय बन्द राख्ने निर्णय गरेको हो । यसअघि भने शहर र संक्रमण बढी फैलिएका क्षेत्रका विद्यालय मात्र बन्द गरिएका थिए । अबदेखि विद्यालयहरूलाई भर्चुअल (अनलाइन) माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै सबै प्रकारका परीक्षा पनि गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । ...