आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

उपत्यकाको निषेधाज्ञा दोस्रो दिन आजदेखि थप कडा गर्ने प्रशासनको तयारी

बिहिबारबाट लागू गरिएको उपत्यकाको निषेधाज्ञा दोस्रो दिन आजदेखि थप कडा गर्ने प्रशासनले तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाए पनि शुक्रबारदेखि थप प्रभावकारी बनाउन लागेको हो ।

निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केहि भीड देखिएपनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाए पनि नियमानुसार पास नभएका थुप्रै नीजि तथा यात्रुबाहक सावरी साधनहरु चेकमा परेका थिए ।

उपत्यकाभित्रका ती सवारी साधनहरुलाई सडकमै होल्ड गरिएकाे थियाे । तर प्रहरीले राजमार्गमा होल्डमा परेका यात्रुहरुलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुराइसकिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

उनले कलंकी र बसपार्कमा पनि अलपत्र परेको यात्रु नभेटिएको भएपनि कोहि यात्रु अलपत्र परेको पाइए उद्धार गरिने जानकारी दिए । उनले शुक्रबारदेखि निषेधाज्ञालाई थप कडाई गरिने बताएका हुन् ।

त्यस्तै प्रशासन कार्यालयमा पासका लागि भिड भएको भन्दै उनले अत्यावश्यक कामका लागि प्रहरीले सहजीकरण गर्ने र पासका लागि प्रशासन कार्यालय आउन नपर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *