भदौ २४ पछि निषेधाज्ञा थप नहुने
भदाै २३ काठमाडौं। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा तीनवटै जिल्लाका प्रजिअले भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन्। भदौ तीन गतेबाट सुरु भएको निषेधाज्ञालाई २४ गतेसम्मलाई लम्ब्याइएको छ। उपत्याकका तीनवटै जिल्लाका प्रजिअहरुले कोरोना खोजिम कम गर्न दशैंसम्म निषेधाज्ञा लम्ब्याउनुपर्ने बताएका छन्।
तर उद्योगी र व्यावसायीले भने अब निषेधाज्ञा लम्ब्याउन नहुनेमा जोड दिएका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी र व्यापारीसँग छलफल गरेका थिए। उक्त छलफलमा व्यापारीले निषेधाज्ञा नलब्याउन आग्रह गरेका थिए। व्यावसायीको आग्रहलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको बताएका थिए।
प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट मानिसको ज्यान बचाउनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै सरकार मध्यमार्गी बाटोमा हिँड्ने बताएका थिए।सोमबार नेकपा अध्यक्ष समेत रहेका प्रधा...









