आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आज पनि घट्याे सुनचाँदीको भाउ

भदाै २३ काठमाडौं । आज (मंगलबार) सुनचाँदीको भाउ घटेकाे छ । आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिंजो (सोमबार) सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज (मंगलबार) तेजावी सुनको प्रतितोलाको मूल्य ९५ हजार ३०० रुपैयाँ रहेको छ । हिंजो (सोमबार) तेजावी सुनको प्रतितोलाको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ रहेको थियो ।

मंगलबार चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी प्रति तोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, हिंजो (सोमबार) चाँदी प्रति तोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *