आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

पाँच करोड ३९ लाख लागतमा ‘बञ्जी जम्प’ हेलम्बुमा

पाँच करोड ३९ लाख लागतमा ‘बञ्जी जम्प’ हेलम्बुमा

आर्थिक, समाचार
भदौ २३ । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गन्तव्य हेलम्बु गाउँपालिकामा नयाँ साहसिक खेल ‘बञ्जी जम्प’ को लागि झोलुङ्गे पुल निर्माण हुने भएको छ ।हेलम्बु गाउँपालिका–१ स्थित ङिमादावा पाङ्गाङमा निर्माण गरिने १७३ मिटर उचाइ र ३७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार उमा–थानी हिमशिखर जेभीसँग रु दुई करोड ३५ लाखमा ठेक्का सम्झौता भएको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय सडक पूर्वाधार निर्देशनालयबाट गएको असार महिनामा १८ महिना अवधिमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको ठेकेदार नरहरि खडकाले बताए । उनका अनुसार हाल कोरोना भाइरसका कारण देशैभरी निषेधाज्ञा जारी भएकोले आगामी दशैंपछि मात्र काम शुरु गरिने कार्यक्रम रहेको छ । बढी भन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आफू न...
२२५ श्ययाको आइसोलेसन नेपाली सेनाको वीरदल गणले एकै दिनमा तयार पार्यो

२२५ श्ययाको आइसोलेसन नेपाली सेनाको वीरदल गणले एकै दिनमा तयार पार्यो

समाचार, समाज
-नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारेको हो । नेपाली सेनाको उपत्यका पृतनाअन्र्तगत वीरदल गणले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बिबीए ब्लकमा १५० र गणमा ७५ श्यया गरी कुल २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको हो । गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले महाविद्यालयको भवनको २५ कोठामा प्रति कोठा छदेखि १०सम्म बेड रहेको १५० श्ययाको आइसोलेशन वार्ड एकदिनमा तयार पारेको बताउनुभयो । यहाँ भोलीदेखि नै सङ्क्रमित सैनिकलाई राखेर उपचार शुरु गर्ने भएको छभने सूर्यविनायकस्थित वीरदल गणमा तयार पारेको ७५ श्यया क्षमताको आइसोलेसन भ...
पुरानै अवस्थामा  पर्यटन व्यवसाय फर्किन पाँचवर्ष लाग्ने

पुरानै अवस्थामा पर्यटन व्यवसाय फर्किन पाँचवर्ष लाग्ने

आर्थिक, समाचार
काठमाडौं। कोभिड–१९ का कारण धरासायी भएको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्किन चार/पाँचवर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन्। कोभिडका कारण ठूलो संख्यामा पर्यटक आउने अवस्था नभएकाले नयाँ कन्सेप्टमा जानुपर्ने उनीहरुले औंल्याएका छन्। नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने बताए। ‘अबमास टुरिज्मको इरा गयो’, उनले भने, ‘अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ जहाँ कुनै विषेश इन्ट्रेस्टको आधारमा सेवा दिन सकिन्छ।’ श्रेष्ठले पर्यटन क्षेत्रमा केही नयाँ आविस्कार गर्न सके पर्यटक भित्र्याउन सकिने बताए। सरकारले २०२० लाई नेपाल भ्रमण बर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। त्यसैलाई लक्...
कक्षा–१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

कक्षा–१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

शिक्षा
भदाै २३ काठमाडाैं ।  कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझाबसहितको प्रतिवेदन सचिवालयले बोर्डमा बुझाएको छ । बोर्डका एक अधिकारीका अनुसार प्रतिवेदनमा चरणबद्ध रूपमा परीक्षा सञ्चालनलाई पहिलो प्राथमिकता दिइएको छ । त्यस बाहेक ओपन बुक पद्धति अपनाउने, त्यसमा पनि कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने र अनलाइनबाट प्रश्न पठाएर विद्यालयले परीक्षा लिने विकल्प प्रतिवेदनमा सुझाइएको छ ।अझै ढिलो गर्दा हिमाली भेगमा हिउँदमा परीक्षा सञ्चालन गर्न कठिन हुने र शैक्षिक सत्रसमेत जोखिममा पर्ने भएकाले छिटो गर्नुपर्ने सुझाब प्रतिवेदनमा छ । केही सरोकारवालाले अवस्था सामान्य भएपछि परम्परागत रूपमै परीक्षा सञ्चालन गर्न सकि...
निषेधाज्ञा हटेपछि पाल्पाको बुद्ध पार्कमा चहलपहल बढ्दो

निषेधाज्ञा हटेपछि पाल्पाको बुद्ध पार्कमा चहलपहल बढ्दो

समाचार
भदाै २३ । पाल्पाको तानसेन नगरपालिका श्रीनगरस्थित परिलेक सामुदायिक वनको बुद्ध पार्कमा बढ्दो चहलपहल । पाल्पामा शनिबारदेखि निषेधाज्ञा हटेपछि पर्यटकीय स्थलमा आन्तरिक पर्यटक देखिन थालेका छन् । तस्वीर कृष्ण दर्नाल, रासस
शिक्षकले नै गरे १७ वर्षीया छात्रामाथि बलात्कार

शिक्षकले नै गरे १७ वर्षीया छात्रामाथि बलात्कार

अपराध
भदाै २३ । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ ।जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो ।सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको हो । केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ ।तीनै जनाले ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आरोप लगाएका छन् छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरे...
रुसले बनाएकाे कोरोना भाइरस विरुद्धको खोप भारतमा पनि परीक्षण गरिने

रुसले बनाएकाे कोरोना भाइरस विरुद्धको खोप भारतमा पनि परीक्षण गरिने

अन्तराष्ट्रिय, स्वास्थ्य
भदाै २३ । रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ ।स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् (युएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।यो खोपको पहिलो र दास्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो । यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने उहाँले जानकारी दिनुभयो ।सो कोषले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो । सो घोषणासँगै विश्वभरी आशा र खुशीयाली छाएको थियो ।अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपय...
कोरोनाकाे प्रकोप अनि फिजियोथेरापि

कोरोनाकाे प्रकोप अनि फिजियोथेरापि

शिक्षा, स्वास्थ्य
भदाै २३ काठमाडाैं । आज सेप्टेम्बर ८ तारिक, विश्व भरका फिजियोथेरापिष्टहरुले विश्व फिजियोथेरापि दिवसका रुपमा मनाउँदै आइरकेका छन् । प्रत्येक वर्ष झै यस वर्ष डब्लु सीपीटीले यो दिवस मनाउनका लागि रिह्याविटेशन आफटर कोभिड भन्ने थिम दिएको छ । फिजियोथेरापि भनेको एक उपचार पद्धती जसले उचित शारीरिक क्षमता मुल्याङ्कन गरी मानिसको जिवनस्तर (क्वालिटी अफलाइफ) उकास्नका लागि मद्दत गर्दछ । यसले विभिन्न रोग लाग्नबाट रोकथामका साथै बचाउन र लागि सकेकालाई त्यस समस्याबाट बाहिर निस्कन र जसको विभिन्न रोगका कारण शारिरीक र मानसिक कमजोरी भई दैनिक क्रियाकलाप गर्न कठिन छ, त्यस्ता व्यतिहरुलाई पुनस्र्थापना गरी दैनिकीलाई सहज र सक्षम बनाउन मद्दत गर्दछ । तर आज यो समय सम्म आईपुग्दा जन मानसमा फिजियोथेरापि उपचार पद्धतीका बारेमा त्यती राम्रो ज्ञान भएको पाइँदैन । साधारण मानिस मात्र नभई कतिपय स्वास्थ्यकर्मीहरुलाई पनिफिजियोथेरापिक...
नेपाल–भारत सीमा दशगजा क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपाल–भारत सीमा दशगजा क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

समाचार
कञ्चनपुर, २३ भदौ- कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो । दशगजा क्षेत्रमा भारतीयहरुले कालो प्लाष्टिकमा माटो बाँधेर ब्राउन सुगर नेपाली सीमातर्फ फालेका थिए । उक्त स्थानमा रहेका डगौरा र चौधरीको खानतलासी लिँदा उनीहरुको साथबाट ब्राउन सुगर बरामद भएको थियो । नियन्त्रणमा लिइएका दुवैलाई बिओपी भुड...
आज भदाै २३ गते मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य

आज भदाै २३ गते मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य

राशिफल
आजको पञ्चाङ्ग–वि.सं.२०७७ भदौ -२३,मंगलवार, ई.सं.२०२० September – ८ , शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि -षष्ठी , २०:१७ बजे उप्रान्त सप्तमी,नक्षत्र-भरणी , ०६:३२ बजे उप्रान्त कृत्तिका,योग-व्याघात , १६:४६ बजे उप्रान्त हर्षण,करण-गर ०७:२४ बजेदेखि वणिज , २०:१७ बजे उप्रान्त वालव,चन्द्रराशि-मेष, आनन्दादि योग-मुसल, सूर्योदय-५:४६, सूर्यास्त-१८:१५,दिनमान-३१ घडी ११ पला,षष्ठी श्राद्ध। शिक्षा तथा साक्षरता दिवस। सर्वार्थसिद्धि योग ६:१७ देखि २०:१७ बजेसम्म। त्रिपुष्कर योग २०:१७ बजेपछि। राशिफलमेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – नयाँ काममा योजना बन्नेछ । पुरानो काम थाति बस्नेछन् । नातागोता रमाइलोमा रमिनेछ । शत्रु हरु पनि मित्र बन्न सक्छन,सानातिना कामको झमेला आउनसक्छ ,परिवारमा शान्ति हुनेछ,आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक १० रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा...