आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

कोरोना भाइरसबाट संक्रमित भए स्टार खेलाडी केलियन एमबाप्पे

कोरोना भाइरसबाट संक्रमित भए स्टार खेलाडी केलियन एमबाप्पे

अन्तराष्ट्रिय, स्वास्थ्य
भदाै २२ काठमाडाैं । युवा स्टार खेलाडी केलियन एमबाप्पे कोरोना भाइरसबाट संक्रमित भएका छन् । फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी एमबाप्पेमा संक्रमण पुष्टि भएको हो । उनमा संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ । गएको हप्ता पिएसजीका ६ खेलाडीमा संक्रमण देखिएको थियो ।एमबाप्पेमा पनि संक्रमण देखिएपछि लिग वानको सिजन पनि अन्यौलमा आएको छ। २१ वर्षका एमबाप्पेले नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा एक गोल गरेका थिए । एमबाप्पेलाई सोमबारदेखि टिमका खेलाडीबाट पर राखिएको थियो र त्यसपछि घर पढाइएको छ । ...
सागर थापासहित पाँच जना खेलाडी निर्दोष ठहर

सागर थापासहित पाँच जना खेलाडी निर्दोष ठहर

अपराध, खेलकुद
भदाै २३ काठमाडौं। मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका नेपाली राष्ट्रिय फुटबल टिमका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको सोमबार पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनाले सफाई पाएको उल्लेख छ । “आरोपित कसूरबाट सफाई दिने गरी गरेको विशेष अदालतको फैसला मिलेको छ वा छैन र नेपाल सरकारको पुनरावेदनमा जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने अन्तिम प्रश्नतर्फ हेर्दा संक्षेपमा प्रस्तुत मुद्दामा ती प्रतिवादीले म्याच फिक्सिङको जुन कार्य गरेको भनिएको छ”, पूर्णपाठमा भनिएको छ, “सो राष्ट्रको स्वाभिमान, प्रतिष्ठा र समस्त नेपालीको भावनासँग जोडिएको विषय हुँदा अत्यन्त गम्भीर छ, तर त्यति हु...
कम्बोडियामा पुनः विद्यालयहरु खुल्न थाले

कम्बोडियामा पुनः विद्यालयहरु खुल्न थाले

शिक्षा
एजेन्सी । कोरोनाभाइरसको महामारीका कारण बन्द भएका कम्बोडियाका विद्यालयहरू पुनः खुल्न थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारबाट पुनः सञ्चालन हुन थालेको जानकारी दिएका छन् । शिक्षा मन्त्री हाङ चौन नारोनले विद्यालय सञ्चालन गर्दा आधारभूत स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । पठनपाठन गराउने विद्यालयहरूका लागि सरकारले छुट्टै निर्देशिका पनि बनाएको र त्यसको पूर्ण पालना गराउनुपर्ने शर्त राखिएको उनले बताए । सो निर्देशिका स्वास्थ्य मन्त्रालयले तयार पारेको हो । निर्देशिकामा हरेक शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनु पर्ने, तापक्रम परीक्षण गरिने, नियमितरूपमा हात धुनुपर्ने वा ‘सेनिटाइजर’को प्रयोग गर्नुपर्ने र सामाजिक दुरी कायम गर्नु पर्ने व्यवस्थाहरु समावेश गरिएको छ ।  सामाजिक दुरी कायम गर्नका लागि साढे एक मिटर...
कोरोनाबाट पत्रकारको मृत्यु

कोरोनाबाट पत्रकारको मृत्यु

स्वास्थ्य
भदाै २२ काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । कपिलवस्तुका ६२ वर्षीय एक पत्रकारको कोरोनाबाट सोमाबार मुत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पाैड्यलले जानकारी दिए । मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र साझा रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।उनको शव व्यवस्थापन लागि अहिले लागि रहेको उनले बताए । ...
स्पेनिस फरवार्ड अन्सु फाटीले तोडे  रेकर्ड

स्पेनिस फरवार्ड अन्सु फाटीले तोडे रेकर्ड

अन्तराष्ट्रिय, खेलकुद
भदाै २२ काठमाडाैं । स्पेनिस फरवार्ड अन्सु फाटीले ९५ वर्ष पुरानो राष्ट्रिय रेकर्ड तोडेका छन्।१७ वर्षीय फाटीले आइतबार राति भएको युइएफए नेसन्स लिगअन्तर्गत युक्रेनविरुद्धको खेलमा गोल गरेर देशका लागि कान्छा अन्तर्राष्ट्रिय गोलकर्ताको रेकर्ड बनाएका हुन्। खेलमा स्पेनले युक्रेनलाई ४-० गोलले पराजित गर्‍यो। उसका लागि सर्जियो रामोसले खेलको तेस्रो र २९ मिनेटमा पेनाल्टीमा गोल गरे।फाटीले ३२ मिनेटमा स्पेनका लागि तेस्रो गोल गरेका थिए। यस्तै फोरान टोरेसले ८४ मिनेटमा स्पेनका लागि चौथो गोल गरे। युक्रेनविरुद्ध गोल गर्दा फाटी १७ वर्ष ३ सय ११ दिन उमेरका थिए। जससँगै उनी स्पेनका लागि अन्तर्राष्ट्रिय गोल गर्ने कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल भए।यसअघि यो रेकर्ड जुवान इराक्विनको नाममा थियो। उनले सन् १९२५ मा स्विट्जरल्यान्डविरुद्ध १८ वर्ष ३ सय ४४ दिनको उमेरमा गोल गरेर रेकर्ड बनाएका थिए। बार्सिलोनाका फर...
नेपालमा भित्रियो विद्युतिय मोटरसाइकल , कति पर्छ मूल्य हेर्नुहोस् ।

नेपालमा भित्रियो विद्युतिय मोटरसाइकल , कति पर्छ मूल्य हेर्नुहोस् ।

आर्थिक
काठमाडाैं । योमा मा इ मोटर्सले नेपाली बजारमा जिनियस र टेल्जी ब्राण्डका विद्युतीय दुईपांग्रे सवारी बिक्री सुरु गरेको छ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन्। यी सवारीमा ४ हजार वाटको मोटर रहेको छ। यो ब्याट्रीलाई सामान्य घरको बिजुलीमा फुल चार्ज गर्न साढे ३ घण्टा लाग्नेछ। एकपटकको फुलचार्जमा यसले १०० किलोमिटर यात्रा गर्न सकिन्छ। जिनियस एक्स ४६ को मूल्य ४ लाख २६ हजार र जिनियस एक्सवाइ ४६ को मूल्य ४ लाख १६ हजार रहेको कम्पनीले जनाएको छ। ...
नेपाली बजारमा नोकियाले ल्यायाे ५.३माेडल

नेपाली बजारमा नोकियाले ल्यायाे ५.३माेडल

आर्थिक
भदाै २२ काठमाडाैं । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले ‘नोकिया ५।३’ नेपाली बजारमा ल्याएको छ। नोकिया फोनको उत्पादक संस्था एच्एमडी ग्लोबलका अनुसार यसमा विभिन्न प्रकारका मौलिक विशेषता तथा फिचर सहित बढी क्षमता समावेश गरिएको छ। यसमा क्वाड क्यामेरा जडान गरिएको छ। ६.५५ इञ्चको डिस्प्ले रहेको छ। यसको ब्याट्री क्षमता ४ हजार एमएएचको रहेको छ। यसको नेपाली बजारमा मूल्य २३ हजार ४ सय ९९ तोकिएको छ। ...
बिपीजयन्ती मनाउने भयाे नेविसङ्घले

बिपीजयन्ती मनाउने भयाे नेविसङ्घले

राजनीति, समाचार
भदौ २२ काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्ती मनाउने भएको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी जननायक बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती भदौ २४ गते देशभर मनाउन नेविसङ्घ जिल्ला समितिलाई निर्देशन दिएका हुन् । नेविसङ्घले बिपी जन्मजयन्तीका अवसरमा विभिन्न प्रविधिका माध्यमबाट कोइरालाको योगदान तथा व्यक्तित्व सम्बन्धमा गोष्ठी, छलफल गर्ने, वृक्षरोपण, रक्तदान, वृद्ध र बिरामीलाई फलफूल वितरण गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्र गरेको छ । यस्तै नेविसङ्घले अविरल वर्षासँगै गएको बाढी, पहिराका कारण विस्थापित भएका तथा लामो समयको बन्दाबन्दी र निषेधाज्ञाका कारण दैनिक जीवनयापन कष्टकर भएकालाई राहत तथा विभिन्न सहयोग गर्न आह्वानसमेत गरेको छ । अध्यक्ष ...
रिचार्ज नगरेका डिसहोममा पनि विद्यार्थीले निःशुल्क पढ्न पाउने

रिचार्ज नगरेका डिसहोममा पनि विद्यार्थीले निःशुल्क पढ्न पाउने

शिक्षा
भदाै २२ काठमाडाैं । रिचार्ज नगरेको कारणबाट सेवा बन्द गरिएको डिसहोममा विद्यार्थीहरुका लागि शैक्षिक सामग्री निःशुल्क रुपमा उपलब्ध हुने भएको छ । डिसहोमले कक्षा ९ र १० का विद्यार्थीलाई निःशुल्क अध्ययनको सुविधा दिने घोषणा गरेको छ ।डिसहोमले कोरोना महामारीका कारण विद्यालय बन्द भई घरमै बस्न बाध्य विद्यार्थीहरुलाई लक्षित गरी सेवा बन्द भएका टिभीमा समेत निःशुल्क रुपमा अध्ययन गर्न पाउने व्यवस्था गरेको जनाएको छ । डिसहोम मिडिया नेटवर्कका महाप्रवन्धक रमेश सापकोटाका अनुसार कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिकरुपमा प्रभावित डिसहोमका नियमित तथा अनियमित सबै ग्राहकलाई निःशुल्करुपमा ९ र १० को अध्ययन गर्ने सुविधा प्रदान गरिने छ ।डिसहोमको च्यानल नं. १०१ मा यी कक्षाहरु सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । ...
अबको अर्थमन्त्री पौडेल कि पाण्डे ?

अबको अर्थमन्त्री पौडेल कि पाण्डे ?

राजनीति, समाचार
भदाै २२ काठमाडौँ । राष्ट्रियसभामा दोस्रो कार्यकाल नियुक्त नभएपछि डा. युवराज खतिवडाले शुक्रबार राजीनामा दिएसँगै नेकपाभित्र भावी अर्थमन्त्रीको खोजी भइरहेको छ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको उत्कट इच्छाविपरीत खतिवडालाई पुनः नियुक्ति गर्न पार्टीले अस्वीकार गरेपछि बाँकी अवधिका लागि नयाँ व्यक्तिले अर्थमन्त्री बन्ने अवसर पाउने भएका छन्। तत्कालका लागि प्रधानमन्त्री ओलीले आफैँले अर्थमन्त्रालयको जिम्मेवारी लिए पनि अब स्थायी समिति बैठकलगत्तै मन्त्रिपरिषद् पुनः गठन हुने पक्कापक्की जस्तै भएको छ।पार्टीभित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनलाई सचिवालयले अनुमोदन गरेर कार्यान्वयनको ठोस कार्ययोजनासहित स्थायी समितिमा पेश गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिइएको छ। सोमबार बिहान ओली र प्रचण्डबीच यही भदौ २६ गते पार्टी स्थायी समितिको ब...