आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

भारतले विकास गर्‍यो हाइपरसोनिक प्रविधि

भारतले विकास गर्‍यो हाइपरसोनिक प्रविधि

अन्तराष्ट्रिय
भदाै २२ काठमाडाैं । भारतले हाइपरसोनिक प्रविधि विकास गरेको बताएको छ।भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले हाइपरसोनिक प्रविधिको सफलतापूर्वक परीक्षण गरेको जानकारी दिएको छ। भारतमै तयार गरिएको यस हाइपरसोनिक टेक्नोलोजी डेमोन्स्ट्रेटर भेइकल ‘एचएसटीडीभी’ बाट लामो दुरीसम्म पुगेर मार हान्नसक्ने क्षेप्यास्त्र तथा हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गर्न सकिन्छ।ध्वनीको गतिमा कुद्ने प्रविधिलाई हाइपरसोनिक टेक्लोलोजी भनिन्छ। यससँगै भारत थप शक्तिशाली बनेको बताइएको छ। भारतको यस प्रविधि भने ध्वनीभन्दा ६ गुण छिटो भएको बताइएको छ।भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि हाइपरसोनिक प्रविधि विकास हुनु देशको लागि ठूलो उपलब्धि भएको बताएका छन्। बीबीसी हिन्दी ...
बलिवुडका नायक सञ्जय दत्त  क्यान्सर उपचार पछि काममा फर्किए

बलिवुडका नायक सञ्जय दत्त क्यान्सर उपचार पछि काममा फर्किए

मनोरन्जन
भदाै २२ काठमाडाैं ।फोक्सोको क्यान्सर भएका सञ्जय दत्त सोमबार रणवीर कपूरसँग ‘शमशेर’ चलचिको छायांकनमा आएका छन्। क्यान्सर पहिचान भईसकेपछि उनले एक थेरापी शेसन लिएका छन् र उनलाई पहिलाको भन्दा राम्रो अनुभूत भईरहेको छ। सञ्जयले क्यान्सरको उपचार कोकिलाबेन अस्पतालमा गराईराखेका छन्। काममा फर्केका सञ्जय देश बाहिर नजाने भएका छन्। उनले आफू स्वस्थ्य भएको कारणले छायंकनमा फर्केको बताएका छन्। उनी अधुरो रहेको चलचित्रको छायंकन पूरा गर्न चाहन्छन्। उनले केही प्रोजेक्टहरुमा ‘डबिङ’ गर्ने सम्झौता गरेका थिए, सञ्जय यो काम पनि पूरा गर्न चाहन्छन्। ...
गैरपत्रकार व्यक्तिलाई प्रेस कार्ड बनाएर बेच्ने गिरोह पक्राउ

गैरपत्रकार व्यक्तिलाई प्रेस कार्ड बनाएर बेच्ने गिरोह पक्राउ

अपराध
भदाै २२ काठमाडाैं । काेरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडान तथा निषेधाज्ञा बेला सहज रुपमा आवागमन गर्ने भनेर गैरपत्रकार व्यक्तिलाई पनि प्रेस कार्ड बनाएर बेच्ने एक गिरोह पक्राउ परेको छ ।राजधानी काठमाडौंबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रिका, मूलधारका अनलाइन, टिभी र रेडियो तथा अन्य सञ्चारकामाध्यमको नाममा प्रेस कार्ड बनाएर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला समिति समेतको सहयोगमा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बागबजारस्थित कालिका डिजाइनबाट एक गिरोहका व्यक्तिलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनीहरुले सामाजिक सञ्जाल फेसबूकको विभिन्न म्यासेन्जर ग्रुपमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क राखेर प्रेस कार्ड बनाइ घरमै गएर बेच्ने गरेका थिए । उनीहरुले त्यस्ता प्रेस कार्डको प्रति कार्ड ५ सय रुपैयाँदेखि २ हजार रुपै...
कोरोनाबाट एक हजार बढीको मृत्यु भएपछि इजरायलमा कर्फ्यु

कोरोनाबाट एक हजार बढीको मृत्यु भएपछि इजरायलमा कर्फ्यु

अन्तराष्ट्रिय
भदौ २२ जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने आइतबार घोषणा गर्नु भएको छ । इजरायली वरिष्ट अधिकारीहरुको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको थियो । देशभर एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सरकारले नयाँ नियमहरु घोषणा गर्नु परेको हो । पछिल्ला दिनहरुमा इजरायलमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । यस्तो कफ्र्यु सोमबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म लाग्नेछ । तर यो कर्फ्यु कति समयसम्म जारी रहनेछ भन्ने स्पष्ट भइसकेको छैन । मानिसहरुलाई आफ्ना घरबाट ५०० मिटरभन्दा टाढा नजान र अत्यावश्यकभन्दा बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न भनिएको छ । इजरायलले कोरोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रुपमा लिएका थिए । तर मे महि...
भोलिदेखि बैंकका सबै शाखा  बिहीबारसम्म खुला गर्न निर्देशन

भोलिदेखि बैंकका सबै शाखा बिहीबारसम्म खुला गर्न निर्देशन

आर्थिक, समाचार
 काठमाडौं । मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ । ‘सिमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ, सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो’ बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने । अहिले बैंकले एकदमै कम सिमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् । अब शाखा कार्यालय तथा काउन्टरहरु खोले पछि सुरक्षा सतर्कतामा भने विशेष ध्यान दिनु पर्ने कार्यकारी निर्...
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा दोहोरो अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा दोहोरो अंकको गिरावट

आर्थिक
भदौ २२ काठमाडौं। धितोपत्र बजारमा शेयर कारेबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने लगातार ओरालो लागिरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १२..१७ बिन्दुले घटेर एक हजार ४८७.८१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले घटेर २९८.६४ मा पुगेको छ । कूल १९२ कम्पनीको ५५ लाख ९५ हजार ५५१ कित्ता शेयर रु दुई अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ मूल्यमा खरिद बिक्री भए । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरोलो लागेको छ । व्यापार २२.९६, वित्त ०.३, अन्य ३.७९ र लघुवित्त १.१५ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १७.३६, होटल २.५६, विकास बैंक १५.५८, जलविद्युत् ३.५३, निर्जीवन बीमा ४६.७६, उत्पादन १७.६८, जीवन बीमा ९२.५४ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले घटेको छ...
निषेधाज्ञा तोडेरै भए पनि व्यवसाय सञ्चालन गर्ने नाडाको निर्णय

निषेधाज्ञा तोडेरै भए पनि व्यवसाय सञ्चालन गर्ने नाडाको निर्णय

आर्थिक
भदौ २२ काठमाडौं । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । नाडाले सरकारसँग कोरोना सङ्क्रमणबाट बच्न सुरक्षात्मक उपायको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसाय सञ्चालन गर्न प्रेस विज्ञप्तिमार्फत आग्रह गरेको हो । ‘जनता स्वयं आफ्नो दुःख पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना बढी भएको छ, यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल जारी गरिएको निषेधाज्ञाबारे पुनर्विचार गर्न अनुरोध गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण देशको अर्थतन्त्रलाई धराशायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्यासमेत उत्पन्न भएको छ ।’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बेरोजगारीको समस्या सरकारले सम्बोधन गर्न नसकेको जनाउँदै निषेधाज्ञाको अवधि थपिँदै जाँदा अरु भयावह हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन् । ‘बन्दाब...
भोलिदेखि तीन दिनसम्म बैँकहरुका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

भोलिदेखि तीन दिनसम्म बैँकहरुका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

आर्थिक, समाज
भदाै २२ काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ।राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै राजस्व संकलनका लागि २३, २४ र २५ गते राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न निर्देशन दिएको हो। राजस्व संकलन गर्ने एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकालगायत कतिपय जिल्लाका स्थानीय निकायले निषेधाज्ञा जारी राखेका छन्। तर सरकारलाई बुझाउनुपर्ने अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउनुपर्नेछ। व्यवसायीहरुले भने लामो समय बन्दाबन्दी रहेकाले अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने समयावधि बढाउन स...
विदेशबाट सोमबार मात्र ७०३ जना नेपाल फर्किए

विदेशबाट सोमबार मात्र ७०३ जना नेपाल फर्किए

समाचार
भदाै २२ काठमाडौं । सोमबार विदेशबाट ७०३ जना नेपाल फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार १४ जना विदेशी र कुटनीतिज्ञसहित ७०३ जना नेपाल आएका हुन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज पाँच अन्तर्राष्ट्रिय उडानमार्फत स्वदेश फर्किएका हुन्। केन्द्रकाअनुसार साउदी अरवियाबाट १५४ जना, कतारबाट २२५ जना, मलेसियाबाट १४० जना , कतारबाट १४५ जना फर्किएका छन्। त्यसैगरी ५ कुटनीतिज्ञ, ५ पाकिस्थानी नागरिक र ४ जना सार्कसचिवालयका गरी २९ जना पाकिस्थानबाट नेपाल आएका छन्।  मलेसियाबाट २ वटा श;व ल्याइएको छ। उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगेर आवश्यक सोधपुछ र परीक्षण पश्चात सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउने तयारी भएको छ। लकडाउन भएदेखि आइतबारसम्म ५८, ०४६ जनाको नेपाल आएका थिए। ...
फेरि बढे कोभिड १९ सङ्क्रमित बेलायतमा

फेरि बढे कोभिड १९ सङ्क्रमित बेलायतमा

अन्तराष्ट्रिय, स्वास्थ्य
भदाै २२ । बेलायतमा फेरि पनि कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्न थालेको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा निकै धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ गएको मे महिनाको २२ तारिखका दिनमा ३ हजार २८७ जना सङ्क्रमित देखिएका थिए । त्यसपछि यति ठूलो संख्या आइतबार त्यहाँ नयाँ सङ्क्रमितहरु थपिएका बताइएको छ । यहाँ अहिलेसम्मका सङ्क्रमितको संख्या ३ लाख ४७ हजार १५२ जना पुगेको छ । यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५५१ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट हानकोकले आइतबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक भएको बताए । उनले केही समययता देखि यहाँ सङ्क्रमित...