आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि

उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि

स्वास्थ्य
भदाै २२ काठमाडाैं । उपत्यकामा पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २९३, भक्तपुरमा १३ र ललितपुरमा २० जनामा संक्रमण पुष्टि भएको हो।आइतबार उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि भएको थियो। ...
नेपालमा आज १७ सय ३६ जनाले कोरोनालाई जितेर घर फर्किए

नेपालमा आज १७ सय ३६ जनाले कोरोनालाई जितेर घर फर्किए

स्वास्थ्य
भदाै २२ काठमाडौं । नेपालमा सोमबार १ हजार ७ सय ३६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३०६७७ पुगेका छन् । यो ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा आज सक्रिय संक्रमितको संख्या १६२५९ जना रहेका छन् । त्यस्तै संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयलका अनुसार होम आइसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन् । ...
२४ घन्टामा  थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि

२४ घन्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
भदाै २२ काठमाडौं । सोमबार देशभर ९७९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ९७९ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको छ। हालसम्म २० हजार ६७७ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १७ सय ३६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ३०० पुगेको छ। गत २४ घण्टामा ९ हजार २१८ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ७३९ जना क्वारेन्टिनमा रहेका छन्। ...
भदौ २४ पछि  निषेधाज्ञा हुँदैन : प्रधानमन्त्रीको संकेत

भदौ २४ पछि निषेधाज्ञा हुँदैन : प्रधानमन्त्रीको संकेत

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा अहिलेकै स्वरुपमा अब निषेधाज्ञाको अवधी थप नहुने संकेत गरेका छन्। सत्तारुढ नेकपाको डेढ महिनादेखि स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते आयोजना गरेर प्रधानमन्त्री ओलीले २४ पछि निषेधाज्ञा अन्त्य हुने संकेत दिएका हुन्। निषेधाज्ञा अन्त्य भएपछि मात्रै आयोजना गर्ने भनिएको स्थायी कमिटी २६ गते राख्न सोमबार बिहान नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच सहमति भएको हो। ‘अहिले तेस्रो हप्तामा चलिरहेको निषेधाज्ञा २४ गतेसम्म रहन्छ, त्यसपछि यही स्वरुपमा निषेधाज्ञा नगर्ने तयारी अुनसार नै संभवतः २६ गते स्थायी कमिटी बैठक राखिएको हो’, प्रधानमन्त्री ओली निकट नेकपाका एक नेताले भने। पछिल्लो पटक काठमाडौं उपत्यकामा तीन हप्तादेखि निषेधाज्ञा जारी रहेपनि कोरोना संक्रमितको संख्या घटेको छैन। अर्कोतिर बजार व्यवसाय ठप्प हुँदा सयौं मानिस बेरोजगार भएर खान नपाउने...
कर्णालीका प्रदेश सांसद श्रेष्ठलाई कोरोना पुष्टि

कर्णालीका प्रदेश सांसद श्रेष्ठलाई कोरोना पुष्टि

स्वास्थ्य
भदौ २२ सुर्खेत । कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो । जुम्लाबाट निर्वाचित श्रेष्ठ एक महिनादेखि खलंगा बजारमै रहेका थिए । ‘जुम्लामा दिनहुँ संक्रमणको दर बढ्दो छ । मलाई भेट्न धेरै कार्यकर्ता आउन थालेपछि पीसीआर परीक्षण गरेको थिएँ,’ अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कोरोना संक्रमण पुष्टि भएको खबर आएको छ ।’ अहिले आफू होम आइसोलेसनमा रहेको कुनै लक्षण नदेखिएको अध्यक्ष श्रेष्ठले बताए । ‘मलाई कोरोनाको लक्षण देखिएको छैन । म घरमै आइसोलेसनमा बसिरहेको छु,’ उनले भने, ‘मेरो सम्पर्कमा रहेकाहरुलाई पनि नआत्तिन आग्रह गर्छु । सबैको पीसीआर परीक्षण गर्ने काम हुन्छ ।’ ...
२० सेप्टेम्बरमा दिल्लीको  पहिलो खेलमा सन्दीप लामिछाने

२० सेप्टेम्बरमा दिल्लीको पहिलो खेलमा सन्दीप लामिछाने

अन्तराष्ट्रिय, खेलकुद
भदाै २२ काठमाडौं । सन्दीप सम्मिलित दिल्लीले २०२० आईपीएलको पहिलो खेल २० सेप्टेम्बरमा किंग्स ११ पंजाब बिरुद्व सुरु गर्देछ । श्रेयस अय्यरको नेतृत्वमा रहेको दिल्लीले यसपटक आफ्नो पहिलो आईपीएल उपाधि जित्ने दाउमा रहेको छ । कोरोना कालमा दिल्ली क्यापिटल्सले यो खेल उनीहरूको बेस दुबईमा बायो सेक्युरिटी बबल बिच खेल्नेछ। दिल्लीले प्रतियोगताका सात खेल दुबई, चार खेल अबुधाबि र तिन खेल शारजाहमा खेल्नेछ । प्रतियोगिताको पहिलो खेल २० सेप्टेम्बरमा सुरुवात गर्ने दिल्लीले आफ्नो दोस्रो खेल २५ सेप्टेम्बरमा दुबईमै चेन्नई सुपर किंग्स बिरुद्व खेल्नेछ । दिल्ली क्यापिटल्सका खेलाडीहरु : श्रेयस अय्यर (कप्तान), शिखर धवन, पृथ्वी शाह, अजिंक्य रहाणे, ऋषभ पन्त, रविचन्द्रन अश्विन, कागिसो रबाडा, मार्कस स्टोनिस, सन्दीप लामिछाने, इशान्त शर्मा, शिमरोन हेटमेयर, चेमो पल, डेनियल सेम्स, एलेक्स क्यारी, एनिच नार्टजे, अमित मिश्रा ,...
कंगनालाई मोदी सरकारले दियो ‘वाइ’श्रेणीको सुरक्षा

कंगनालाई मोदी सरकारले दियो ‘वाइ’श्रेणीको सुरक्षा

अन्तराष्ट्रिय, समाचार
मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतलाई मोदी सरकारले ‘Y’श्रेणीको सूरक्षा प्रदान गरेको छ। महाराष्ट्रको सत्ताधारी दल शिवसेनाका नेताहरु र अभिनेत्री कंगनाबीच भइरहेको विवादका कारण कंगनामाथि ज्यानको खतरा रहेको निष्कर्ष निकाल्दै भारतको केन्द्रीय गृहमन्त्रालयले Y श्रेणीको सुरक्षा प्रदान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। शिवसेनाका नेता संजय राउत र कंगनाबीच पछिल्लो समय विवाद बढ्दो छ। नेता राउतले कंगनालाई मुम्बई नआउन चेतावनी दिइसकेका छन्। तर, कंगनाले मुम्बई जाने निर्णय गरेर राउतलाइनै चुनौती दिएकी छन्। कंगना ९ सेप्टेम्बरमा मुम्बइ जाँदैछिन्। शिवसेनाको प्रदर्शनपछि त्यहाँ उनीमाथि हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै भारतको केन्द्र सरकारले उनलाई ‘वाइ’ तहको सुरक्षा उपलब्ध गराएको छ। Y वर्गको सुरक्षा पाएपछि कंगनाले अब कुनैपनि फाँसीवादीले देशभक्तको आवाजलाई कुचल्न नसक्ने बताएकी छन्। सा...
रातो मच्छिन्द्रनाथ यात्राको साइत जुर्‍यो

रातो मच्छिन्द्रनाथ यात्राको साइत जुर्‍यो

समाचार, समाज
भदाै २२ काठमाडौं । रातो मच्छिन्द्रनाथको  रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ ।  सोमबार पाटन मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबीच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मति लैजाने निर्णय भएको हो । ज्योतिष कृति किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेट भित्रको शुभ साइतमा रथबाट मच्छिन्द्रनाथको  मुर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको बताए । यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मुर्तिलाई बुङमती पुर्याएको चारदिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उनले बताए ।  वैशाख शुक्लपक्षको शुभ साइतमा निकाल्नुपर्ने रथयात्रा यस वर्ष कोभिड १९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना रथ तान्न...
अर्थशास्त्रको भर्चुअल कक्षामा  पढाउँदै  पूर्वमन्त्री

अर्थशास्त्रको भर्चुअल कक्षामा पढाउँदै पूर्वमन्त्री

शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारीपछि अर्थतन्त्रमा पारेको प्रभावबारे बाह्य स्रोत व्यक्तिसहित नियमित कक्षा सञ्चालन भइरहेको छ । विभागका प्राडा दिलनाथ दङ्गालले कोरोना महामारी र बन्दाबन्दीयता हालसम्म जुम प्रविधिबाट नियमित विद्यार्थी र अन्य व्यक्तिलाई पनि लाभ पुग्ने गरी सामाजिक सञ्जालमा समेत शेयर गरेर हालसम्म ८१ वटा यस्ता कक्षा सञ्चालन गरिसकेका छन् । नेपालमा कर र यससँग सम्बन्धित विषय, बैङ्किङ प्रणाली, कोरानाले अर्थतन्त्रमा प्रभावबारे हालसम्म पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, औद्योगिक क्षेत्रमा पारेको प्रभावबारे हेटौँडा औद्योगिक क्षेत्रका प्रमुख, कृषि क्षेत्रमा पारेको प्रभावबारे पूर्वमन्त्री एवं ड्रागन फ्रुटका उत्...
भदौ ३१ गतेसम्म लम्बियो बैतडीमा निषेधाज्ञा

भदौ ३१ गतेसम्म लम्बियो बैतडीमा निषेधाज्ञा

समाचार
भदाै २२ बैतडी। बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो। बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा निषेधाज्ञाका बेला गर्न पाउने र नपाउने कुरा उल्लेख गरिएको छ। अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको जारी आदेशमा उल्लेख गरिएको छ। यस्तै सवारी साधनको हकमा जोरबिजोर प्रणालीअन्तरगत सञ्चालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णयसमेत भएको प्रजिअ जोशीले बताए। उनले भने, “हामीले जनजीवनलाई केही सहज हुने गरेर निषेधाज्ञा खुकुलो पारेका छौँ। यसको अर्थ स्वास्थ्...