आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

जग्गाको कित्ताकाट फुकुवा

जग्गाको कित्ताकाट फुकुवा

आर्थिक
भदाै २२ काठमाडाैं । सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । यसअघि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरी सम्बन्धित कार्यालयहरुलाई परिपत्र समेत जारी गरेको हो । १८ भाद्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कित्ताकाट फुकुवा गर्ने मन्त्रिस्तरीय निर्णय गरेकी हुन् । त्यसपछि १९ भाद्रमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्र पठाउँदै यसअघि कृषियोग्य जग्गाको खण्डीकरणबारेको पूर्व निर्णयहरु बदर गरिएको पत्र पठाएको थियो । विभागहरुले जिल्ला र स्थानीय तहका कार्यालयहरुलाई परिपत्र जारी गरी कित्ताकाट खुलाइएको जानकारी दिएका थिए । यसअघि कृषियोग्य जमिनको खण्डीकरण रोक्न तत्कालिन भूमि व्यवस्थामन्त्री गोपाल दहितले २०७४ साउनमा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । कित्ताकाट खोल्नुमा जग्गा कारोबारीहरुको स्वार्थ गाँसिएको बताइएको छ । घरजग्गा व्यवसायलाई बढाएर सर...
काठमाडौँमा घट्यो कोरोना संक्रमितको संख्या, ललितपुर र भक्तपुरमा पनि घट्यो

काठमाडौँमा घट्यो कोरोना संक्रमितको संख्या, ललितपुर र भक्तपुरमा पनि घट्यो

समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौँमा आज २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुर र भक्तपुरमा क्रमश ३२ ३२ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित गरेर काठमाडौँ उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा आज अहिलेसम्मकै धेरै १ हजार ८ सय १४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८९४१ पुगेका छन् । यो ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा आज १७ हजार २७ सक्रिय संक्रमित रहेका छ । नेपालमा होम आइसोलेसनमा देशभर ७ हजार २६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १०३८२ जनाको पिसिआर परिक्षण गरिएको छ । ...
काठमाडौंको बुद्धनगरमा एक व्यक्ति मृत फेला

काठमाडौंको बुद्धनगरमा एक व्यक्ति मृत फेला

अपराध
भदाै २२ काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक सैलुनका सञ्चालक सैलुनभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा प्रमुख डिएसपी दक्षबहादुर बस्नेतका अनुसार, न्यू मनोकामना हेयर ड्रेसरका सञ्चालक ३७ वर्षीय अशोक ठाकुर सैलुनभित्रै मृत अवस्थामा फेला परेका हुन् । डिएसपी बस्नेतका अनुसार, सोमबार बिहान करिव ९ः१५ मा उनको शव भेटिएको थियो । प्रहरी पुग्दा उनको शैलुनको आधा सटर खुलेको थियो। उनको कुनै कारण आकस्मिक मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।उनको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल दुवाकोट लगिएको छ। ...
मालपोत कार्यालय खुलाउने तयारी

मालपोत कार्यालय खुलाउने तयारी

समाचार
भदौ २२ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गतेपछि पनि थप भए मालपोत कार्यलयहरु खुलाउने तयारी थालिएको छ ।भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले काठमाडौं उपत्यकामा २४ गतेसम्मका लागि निषेधाज्ञा २४ गतेपछि पनि निषेधाज्ञा थप भए पनि मालपोत कार्यालयहरु भने खुलाउनका लागि तयारी सुरु गरेको हो । लामो समय मालपोत कार्यालयहरु बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेको भन्दै मन्त्रालयले यस्तो तयारी गरेको हो । ‘निषेधाज्ञा थप थपिने जस्तो स्थिति देखिएकोले मालपोत कार्यालयहरु कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ मन्त्रालय स्रोतले बताएको छ । ...
सञ्चारमन्त्रीमा फेरि गोकुल बास्कोटालाई ल्याउने प्रम ओलीको प्रयास

सञ्चारमन्त्रीमा फेरि गोकुल बास्कोटालाई ल्याउने प्रम ओलीको प्रयास

राजनीति, समाचार
भदौ २२ काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अभियोग लागेका पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटा फेरि पनि सञ्चार मन्त्री बन्ने प्रयास भइरहेको छ । ७० करोड घुस मागेको अडियो सार्वजनिक भएसँगै सञ्चार मन्त्रीपदबाट राजिनामा दिएका बास्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: उही पद दिनका लागि अख्तियारको परेको उजुरीलाई चोख्याउने प्रयास भैइरहेको बुझिएको छ । प्रम ओलीले गत हप्ताको मन्त्रीपरिषद्को बैंठकमा तत्काल मन्त्रिमण्डल पुर्नगठन नहुने भन्दै खाली रहेको मन्त्रालयमा मात्र केही नयाँ नियुक्ती गर्ने बताएका थिए । उक्त रिक्त रहेको मन्त्रालयमा सञ्चार मन्त्रालय पनि एक हो । जुन बास्कोटाले राजिनामा दिएपछि अर्थमन्त्री युवराज खतिवडाले हेर्दै आएका थिए । खतिवडाको पनि यही भदौ २० गते मन्त्रीपदको कार्यकाल सकिएकाले अहिले उक्त पद खाली रहेको छ ।उक्त सञ्चार मन्त्री पदको लागि नेकपा अन्य...
नेकपाको स्थगित स्थायी कमिटी बैठक भदौ २६ मा

नेकपाको स्थगित स्थायी कमिटी बैठक भदौ २६ मा

राजनीति, समाचार
भदाै २२ काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बारम्बार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार (२६ भदौ)मा हुने भएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडलसहितको छलफलले २६ भदौमा स्थायी कमिटी बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । स्थायी समितिको बैठक १३ साउनमा स्थगित भएको थियो ।  ...
चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजारमाथि

चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजारमाथि

समाचार, स्वास्थ्य
भदाै २२ चितवन। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ। आइतबार राति चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। चितवनका १९ सहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। जिल्लाका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको हो। चितवन मेडिकल कलेजको नतिजाअनुसार सङ्क्रमित हुने अन्यमा मकवानपुरका आठ, तनहुँका दुई र नवलपुरका एक जना रहेका छन्। हालसम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र सङ्क्रमितको सङ्ख्या ६५७ जना पुगेको छ। यस्तै जिल्लाका पाँच नगरपालिकामध्ये रत्ननगरमा १२२, राप्तीमा ९७, खैरहनीमा ५४, माडीमा ५२ र कालिकामा १९ जना पुगेका छन्। इच्छाकामना गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या चार रहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये १८० जना कोरोना सङ्क्रमणमुक्त भए...
१७ औँ निजामती सेवा दिवस आज मनाइँदै

१७ औँ निजामती सेवा दिवस आज मनाइँदै

समाचार, समाज
काठमाडौं । आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ। ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो। कोभिड– १९ जोखिमका कारण सरकारले यसपटक कुनै औपचारिक कार्यक्रम राखिएको छैन । सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाउन भनिएको बताए। मन्त्रालयले कोभिड– १९ प्रकोप नभएको ठाउँमा भने कार्यक्रम गर्न भनेको छ । यसपटक निबन्ध र कविता प्रतियोगिता मात्र केन्द्रले राखेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु सवै राष्ट्रसेवक कर्मचारीको दायित्व भएको बताए। उनले निजामती सेवामा संलग्न कर्मचारीको सेवा प्रवाहक...
सुशान्त आत्महत्या प्रकरणमा नयाँ ‘ट्विस्ट’  बाहिरियो यस्तो रहस्य

सुशान्त आत्महत्या प्रकरणमा नयाँ ‘ट्विस्ट’ बाहिरियो यस्तो रहस्य

अन्तराष्ट्रिय, समाचार
भदाै २२ काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रस्थित आफ्नै घरमा झुण्डिएर आ;त्मह;त्या गरे । त्यसपछि उनको आ;त्मह;त्या प्रकरणबारे अनुसन्धान भईरहेको छ ।अहिले सीबीआईले उनको आ’;त्मह;त्या प्रकरण अनुसन्धान गरिएको छ । सुशान्त आ;त्मह;त्या प्रकरणमा एकपछि अर्को खुलासा भईरहेको छ। सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले आफूले सुशान्तका लागि ड्रग्स मगाउने गरेको पनि स्विाकारेकी छन् । साथै अन्य खुलासा पनि भईरहेका छन् ।ड्रग्स कनेक्सनमा सम्मिलित ६ जनालाई अहिले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रियाबा भाई शोविक र सुशान्तकी हाउस म्यानेजर स्यामूअल मिराण्डासहित अन्य रहेका छन् । यसैबीच सुशान्तको मृ;त्यु भन्दा एक दिन पहिला सुशान्तले आफ्ना तीन रोटविलर्स (कुकुरको एक प्रजाती) अमर, अकबर र एन्थनीको नाममा फण्ड्स पठाएका थिए । यो कुरा अनुसन्धानको क्रममा पत्ता लागेको बताइएक...
भदौ २४ पछि निषेधाज्ञा नहुने प्रधानमन्त्रीको संकेतः

भदौ २४ पछि निषेधाज्ञा नहुने प्रधानमन्त्रीको संकेतः

समाचार
भदाै २२ काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा अहिलेकै स्वरुपमा अब निषेधाज्ञाको अवधी थप नहुने संकेत गरेका छन्।सत्तारुढ नेकपाको डेढ महिनादेखि स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते आयोजना गरेर प्रधानमन्त्री ओलीले २४ पछि निषेधाज्ञा अन्त्य हुने संकेत दिएका हुन्। निषेधाज्ञा अन्त्य भएपछि मात्रै आयोजना गर्ने भनिएको स्थायी कमिटी २६ गते राख्न सोमबार बिहान नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच सहमति भएको हो।‘अहिले तेस्रो हप्तामा चलिरहेको निषेधाज्ञा २४ गतेसम्म रहन्छ, त्यसपछि यही स्वरुपमा निषेधाज्ञा नगर्ने तयारी अुनसार नै संभवतः २६ गते स्थायी कमिटी बैठक राखिएको हो’, प्रधानमन्त्री ओली निकट नेकपाका एक नेताले भने। पछिल्लो पटक काठमाडौं उपत्यकामा तीन हप्तादेखि निषेधाज्ञा जारी रहेपनि कोरोना संक्रमितको संख्या घटेको छैन। अर्कोतिर बजार व्यवसाय ठप्प हुँदा सयौं मानिस बेरोजगार भए...