कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मा आकस्मिक रक्तदान सम्पन्न
भदाै २२ काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मा आकस्मिक रक्तदान सम्पन्न भएको छ ।सुर्य संदेश बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बि २ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं फुलबारी सहआयोजक रहेर रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा भाद्र २० गते शनिबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ को मनमोहन (फोर्स पार्क) मा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
बिहान ७ :३० बजे देखि बिहान १०:३० बजे सम्म आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन भएको उक्त रक्तदानमा १ सय ५ जनाले रक्तदान गरेको सहकारीका अध्यक्ष शैलेन्द्र रायमाझीले जानकारी गराए ।
सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु पुडासैनी सिंखडा, वडा नं. ७ का अध्यक्ष जीवन थापा, सदस्य लक्ष्मण पुर...









