शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

बिरामीमा कोरोना पोजेटिभ देखिएपछि पाल्पा अस्पताल सिल

भदाै २२ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि पाल्पा अस्पताल सिल गरिएको छ ।अस्पतालमै उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको अस्पतालका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिए ।

अस्पतालका अनुसार अघिल्लो हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आउनुभएकी तानसेन नगरपालिका वडानम्बर ११ बस्ने ८२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको को हो ।संक्रमित पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमा भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि बिरामी, उनकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *