३०१ जना नेपाली कतारबाट कोरोनाका कारण अलपत्र परेका स्वदेश फर्किए
भदाै २२ काठमाडौं । कतारबाट ३०१ नेपाली स्वदेश फर्किएका छन् । कोरोनाका कारण अलपत्र परेका ३०१ जना नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।आइतबार हिमालय एयरलाइन्सको उडानबाट १५६ जना तथा सोमबार हिमालय एयरलाइन्सबाटै १४५ नेपाली स्वदेश फर्किएका हुन् ।
उनीहरु सबैको पिसिआर परिक्षण गरिएको र सबैको रिर्पोट नेगिटिभ आएको बताइएको छ ।अब हिमालय एयरलाइन्सको दोहा(काठमाण्डौ लागि सेप्टेम्बर ८ र २३ मा उडान गर्ने तय भएको बताइएको छ ।
...









