आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

कोरोना भाइरसको जोखिमका कारण सीमित मानिसहरुको उपस्थितिमा मच्छिन्द्रनाथको रथ तान्दै

कोरोना भाइरसको जोखिमका कारण सीमित मानिसहरुको उपस्थितिमा मच्छिन्द्रनाथको रथ तान्दै

समाचार
भदाै २१ काठमाडाैं । ललितपुरको पुलचोकमा आइतबार रातो मच्छिन्द्रनाथको रथ तान्दै स्थानीय जनताहरु । यस वर्ष कोरोना भाइरसको जोखिमका कारण सीमित मानिसहरुले उपस्थितिमा रथ तानिएको छ । तस्वीर , रोशन सापकोटा, रासस
खोपले कसरी काम गर्छ  ?

खोपले कसरी काम गर्छ ?

समाचार, स्वास्थ्य
भदाै २१ काठमाडाैं । कोरोना भाइरस बिरुद्धको रुसले तयार गरेको खोपबारे विश्वमा चासो छ । कतिपयले उक्त खोपको विश्वसनियताबारे पनि प्रश्न उठाइरहेका छन् । यद्यपि पछिल्लो खबरले भने खोपबारे केही उत्साह जगाइदिएको छ । चर्चित मेडिकल जर्नल द लासेन्टमा प्रकासित एक अध्ययन अनुसार रुसले बनाएको कोरोना भाइरस बिरुद्धको खोपले सकारात्मक संकेत देखाएको छ । रुसले तयार गरेको ‘स्पुतनिक–५’ नामक उक्त खोप मान्छेमा परीक्षण गरिएको थियो, जसमा कुनैपनि गंभीर हानी देखिएन । जति व्यक्तिमा यो खोप परीक्षण गरिएको थियो उनीहरु सबैका एन्टीबडी विकसित भएको पाइयो ।रुसले पछिल्लो महिना कोरोना बिरुद्धको यस खोपलाई स्विकृति दिएको थियो । त्यसपछि विश्वभर यसबारे चर्चा–परिचर्चा भएको थियो । खोपको पहिलो चरणको परीक्षण कुल ७६ जनामाथि गरिएको थियो । ४२ दिनमा यसले राम्रो नतिजा दिएको छ । यस परीक्षणमा सहभागी सबै व्यक्तिमा २१ दिनभित्र एन्टीबडी वि...
बिहान १० देखि ५ बजेसम्म पसल खोल्न पाइने

बिहान १० देखि ५ बजेसम्म पसल खोल्न पाइने

आर्थिक, समाचार
भदौ २१ जनकपुरधाम । सर्लाहीमा निषेधाज्ञालाई खुकुलो बनाई विहान १० देखि अपरान्ह ५ बजेसम्म बजार खोल्न दिइएको छ ।आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाई पसलहरु १० देखि ५ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । प्रशासन कार्यालयले जिल्लाभर लाग्ने हाटबजार र मेला भने सञ्चालन नहुने, होटल र मदिराजन्य पदार्थ बिक्री गर्ने पसल पनि नखोल्ने निर्णय गरेको छ । उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानी गर्ने साधन सूर्योदयदेखि सूर्यास्तसम्म सञ्चालन गर्न पाइनेछ ।प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अब सोमबारदेखि आवतजावतमा मात्रै कडाइ गरिने भएको छ । जिल्लामा अत्यावश्यक काममा बाहेक यातायातका साधन भने सञ्चालन हुने छैन । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि सर्लाहीमा साउन २६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो । ...
आईपीएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

आईपीएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
भदाै २१ काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइतबार १३ औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ । उद्घाटन खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ । कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ । लिग चरणको २४ खेल दुबईमा हुनेछ । यस्तै २० खेल आबुधावी र १२ खेल सारजाहमा हुनेछ। प्ले अफ र फाइनल खेलको तालिका र भेन्यु भने सार्वजनिक गरिएको छैन । हेर्नुहाेस खेल तालिका ...
१५ दिनभित्र फ्रान्समा संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी

१५ दिनभित्र फ्रान्समा संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी

अन्तराष्ट्रिय, समाचार
भदाै २१ काठमाडाैं । फ्रान्समा अबको १५ दिनभित्र कोरोनाभाइरस संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी दिइएको छ ।पछिल्ला केही दिनमा फ्रान्समा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ ।वेरनले एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा राष्ट्रव्यापी लकडाउनको आवश्यकतालाई खारेज गर्दै फ्रान्ससँग भाइरससँग प्रतिस्पर्धा गर्न अन्य तरिका पनि भएको जानकारी दिएका छन् । उनले भने, ‘म लकडाउनको कल्पना गर्न सक्दिनँ । लकडाउन भक्भकी उम्लिरहेको खानालाई ढाकेको जस्तै थियो ।’फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्या बढेर ३ लाख ४७ हजार २ सय ६७ रहेको छ । यस्तै कोभिडका कारण मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३० रहेको छ । ...
शिक्षामन्त्रालय विगत ६ महिनादेखि सचिवविहीन

शिक्षामन्त्रालय विगत ६ महिनादेखि सचिवविहीन

राजनीति, शिक्षा, समाचार
काठमाडौं। कोरोनाका कारण चालु शैक्षिक सत्र अन्योलमा रहेको छ। गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउनका कारण यो शैक्षिक सत्र सुरु हुन पाएको छैन। एसईई लगायतका परीक्षाहरु स्थगित गर्दै रोकिएको पठनपाठन अझै सुचारु हुन सकेको छैन। गत असार १ गतेदेखि निजी विद्यायलयहरुले अनलाइनका माध्यामबाट पठनपाठन सूचारु गरेका छन्। सामुदायिक विद्यालयले पनि रेडियो र टेलिभिजनबाट पठनपाठन सुचारु गरेका छन्। सरकारले असार १ गतेदेखि बैकल्पिक सिकाइ प्रणाली लागू गरेपछि अहिले निजी र सामुदायिक विद्यालयले वैकल्पिक सिकाइ प्रणालीमार्फत अध्यापन गराइरहेका छन्। तर, रेडियो, टेलिभिजन र इन्टरनेटको पहुँच नपुगेको स्थानका विद्यार्थीको समस्या ज्यूँ को त्यूँ छ। संचार तथा सूचना प्रविधिमन्त्रालयको एक रिपोर्टका अनुसार नेपालमा करिव ८७ प्रतिशत जनसंख्यामा रेडियोको सुविधा पुगेको छ। यस्तै, ६७ प्रतिशतमा इन्टरनेटको सुविधा पुगेको छ भने करिव ७२ प्रति...
नेपालमा २४ घण्टामा थपिए ९८० कोरोना संक्रमित

नेपालमा २४ घण्टामा थपिए ९८० कोरोना संक्रमित

समाचार, स्वास्थ्य
भदाै २१ काठमाडानेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ थियो ।पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७ हजार १२७ थियो ।मन्त्रालयका अनुसार शन...
दुई हजार भन्दा बढी  प्रहरीमा देखियाे कोरोना सङ्क्रमिण

दुई हजार भन्दा बढी प्रहरीमा देखियाे कोरोना सङ्क्रमिण

समाचार, स्वास्थ्य
भदाै २१ काठमाडौं । नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए । काठमाडौँ उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ सङ्क्रमित भएका छन् । त्यसमध्ये ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ सङ्क्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, वाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा सङ्क्रमण देखिएको छ । प्रहरी वरिष्ठ...
उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
भदाै २१ काठमाडौं ।उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २९० तथा ललितपुर र भक्तपुरमा ३२–३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यस्तै उनले पछिल्लो २४ घण्टामा देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको बताए ।  यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका  छन् । पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । यस्तै आज पीसीआर १० हजार ३८२ जनाको भएको छ ।  ...
बार्सिलोना छोडेर जुभेन्टसबाट खेल्ने भए लुईस सुआरेजले

बार्सिलोना छोडेर जुभेन्टसबाट खेल्ने भए लुईस सुआरेजले

खेलकुद, समाचार
भदाै २१ काठमाडौं । बार्सिलोनाका फरर्वाड लुईस सुआरेजले बार्सिलोना छोडने भएका छन । उनी बार्सिलोना छोडेर जुभेन्टस जाने भएका छन । सुआरेज र मेस्सीबीच जुभेन्टस जाने सहमति भएको जनाईएको छ । सुआरेजले बिना ट्रान्सफर वा कम शुल्कमा युभेन्टस जाने सम्भावना रहेको छ । उरुग्वेका यी खेलाडीको अहिले पनि बार्सिलोना संगको सम्भौता अझै एकबर्ष बाँकी रहेको छ । सुआरेज ६ बर्षअघि ईङलिश क्लब लिभरपुल छोडेर बार्सिलोनामा प्रवेश गरेका थिए । सन २०१४–१५ मा बार्सिलोनालाई यूएफा च्याम्पियन, ला लिगा र कोपा डेलरे जिताएका सुआरेजले २८३ खेलमा १९८ गोल गरेका छन । अर्कोतर्फ बार्सिलोनाका सबैभन्दा महंगा खेलाडी मेस्सी बार्सिलोनामै रहने भएका छन । महंगो स्थानान्तरण रकमको कारण उनले यो निर्णय गरेका हुन । उनको सम्भौंता सन २०२१ सम्म रहेको छ । ...